• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धान खेतमा माछा पालन, यसरी गर्न सकिन्छ


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • धान खेतमा माछा खोज्दै मार्दै हिड्ने चलन नेपालमा नौलो होइन तर व्यवसायिक रुपमा धान खेतीसंगै माछा पालन भने अझै नौलो रुपमा लिइन्छ । चिनको सान्धी प्रोभिन्सको उत्खानन्मा भेटिएको पुरातात्विक लिखित दस्तावेजले धान खेतमा माछा पालनको इतिहास २००० वर्ष पुरानो (वान डाइनेस्टि) रहेको देखाएको छ । भारत लगायत दक्षिण पुर्वी एशियाली मुलुकह रुमा १५०० वर्ष अगाडी देखी नै धान-माछा खेतिको सुरुवात भएको देखिन्छ । यस्को इतिहास धेरै पुरानो भएता पनि नेपालमा भने यो प्रविधी वि.स. २०२९ साल तिर भित्रीएको हो । हाल नेपालको चितवन, कास्की , भक्तपुर्, धादिङ, गोरखा, नुवाकोट, तनहुँ, स्याङ्जा, मकवानपुर जिल्लाहरुमा अभ्यास गरिदै आएको छ।

    Advertisement

    धान खेतमा माछा पालन भन्नाले धान खेतमा माछा राखी धान बालीसंगै गरिने माछा खेतिलाई जनाउँछ । यस परिभाषा भित्र माछा भन्नाले खेतमा बढ्न र हुर्कन सक्ने सबै प्रकारका खाना योग्य जलचरहरु जस्तै माछा ,ताजा पानीको प्राउन , गंगटा, कछुवा, भ्यागुता , र केहि कीरा फट्याङ्ग्रा समेतलाई बुझ्नुपर्छ । यो प्रणालीमा एकैपटकमा धान सँगै माछा खेती वा एउटै जग्गामा धान पछी माछा खेती पर्दछ । वा एउटै पानीलाई उपायोग गर्ने गरी भिन्दा भिन्दै जमिनमा धान र माछा खेती समेतलाई यस खेती भित्र राखिन्छ । “जहाँ पानी त्यहाँ माछा” को अवधारणा अनुसार धान खेतिमा खेर जाने पानीलाई प्राकृतिक आहारा र ठाउँको अझ बढी सदुपयोग गर्न धान खेतिमा माछा पालन एक निर्विकल्प खेती प्रणाली को रुपमा लिन सकिन्छ ।

    धान खेती बारेमा धेरै थोरै ज्ञान भएता पनि अधिकांस किसानलाई माछा पालनको सामान्य जानकारी समेत नहुनु प्राविधिक ज्ञानको अभाव, सामाजिक समस्या परम्परागत खेती प्रणाली ,विषादिको बढ्दो प्रयोग, प्रभावकारी प्रसारको कमी जस्ता कारणले गर्दा यो खेती फाइदाजनक र उत्साहावर्धक हुँदा हुँदै पनि ओझेलामा परेको छ ।

    यस एकिकृत खेती प्रणालिमा धान मुख्य बाली हो भने माछा सहयोगी बाली हो । एकै पटकमा दुई थरिका खेतिबाट आय आर्जन गर्न सकिने यो पद्द्ती सरल्, सुलभ र जैविक वातावरणीय दृष्टिकोण बाट पनी हितकारी छ । धान -माछा खेती प्रणाली मार्फत धान उत्पादन वृद्दी गर्न सकिन्छ । अध्ययन अनुसार यस प्रणाली मार्फत धानको उत्पादकत्व १५% सम्म वृद्दी हुन्छ ।

    माछाले धानमा लाग्ने केहि किरा फट्याङ्ग्राको लार्भा खाएर रोगको प्रकोपलाइ कम गर्छ । कृषि क्षेत्र रासायनिक विषादिको विकल्प खोजिमा रहेको बेला यो जैविक किट नियन्त्रण पद्दति वातावरण मैत्री अभ्यास हो जसले उत्पादन लागत र स्वस्थकर खाद्यन उत्पादनमा टेवा पुर्याउँदछ । माछाले माटो तथा धानको बोट चलाइराख्ने हुँदा धानको बोटमा गोड्ने काम भै उर्बरा शक्ति बढाइ बोट गाँजिलो र माछाको बिस्टा तथा माछालाइ दिइ खेर गएको दाना मलको रुपमा प्रयोग भै धानको उत्पादन वृद्दि हुन्छ । माछाले लेउ र् झारपात नियन्त्रण गरि बालिको लागि आवश्यक पर्ने प्रकाश र पोषण तत्वको उपलब्धतामा अभिवृद्दि गराउँछ । यस खेति प्रणालिमा पानी रहिरहने हुदा धानमा लाग्ने स्टिम बोरर किरा तथा मुसा समेत नियन्त्रण हुन्छ ।

    माछा प्राणी प्रोटिनको प्रमुख श्रोत हो । यस प्रविधिको विस्तारले देशमा विधमान खाद्य सुरक्षाको चुनौतिलाई केहि हद सम्म कम गर्न सहयोग पुर्याउँदछ । नेपालमा अहिले पनि स्वदेशी उत्पादनले ४५ % मात्र माग धानेको छ ।बाँकि छिमेकि मुलुक भारत सहित बंगलादेश,थाइलेन्ड, भियतनाम आदि देशहरु बाट आयात गर्नु पर्ने बाध्यता छ ।व्यवसायिक रुपमा यो प्रणालि मार्फत माछा पालन गर्ने सके व्यापार घाटा समेत कम गर्न सकिन्छ ।

    कृषि उत्पादनलाई धेरै तत्वले प्रभाव पारि रहेका हुन्छन् ।कुनै बेला धान खेति फस्टाउन नसके पनि माछा खेतिको उत्पादनले आर्थिक नोक्सानिलाई कम गर्न सकिन्छ । यसरी आम्दानिको श्रोत र रोजगारिको सुनिश्चितता प्रदान गर्ने धान-माछा खेति प्रणालि मार्फत साना ,मझौला र ठुला सबै कृषक लाभान्वित हुन् सक्छन् ।

    व्यवस्थापन

    ठाउँको छनोट र पानिको व्यवस्थापन

    माछा पालन गर्ने धान खेतको छनौट गर्दा आफुले निगरानि राख्न सक्ने ठाँउ हुन् पर्दछ । पानि अड्ने लिसाइलो,मोलिलो र ६.५ देखि ९ पि.एच भएको माटो हुनु पर्दछ । पानिको स्थायि श्रोत र सिचाइको राम्रो व्यवस्था भएको हुनु पर्द्छ । पानिको तापक्रम २५-३० डि.से हुनुपर्दछ र् स्थिर तापक्रम उपयुक्त हुन्छ। सबै भन्दा महत्वपुर्ण कुरा बाढि आउने खेतमा मत्स्यपालन गर्न हुदैन् किनकि बाढिले पालिएका माछा र सम्पुर्ण धान नै बगाई दिन सक्छ ।

    धान खेतको तयारी

    आलिको निर्माण

    माछा पाल्ने धान खेत र माछा नपाल्ने धान खेतको बनावटमा केहि संरचनात्मक फरक छन् ।धानखेतमा पानिको गहिराई बढाउन डिल वा आलि चौडा र अग्लो गरि मजबुत बनाउन पर्छ । माछा पाल्ने धानखेतको आली ४०-५० से मी सम्म अग्लो र ३०-४० सिमी चौडा हुनु पर्दछ।यसो हुदा आलि मजबुत हुनुका साथै अग्लो डिलबाट खेतका माछाहरु उचाइ नाघेर जान सक्दैनन् । आलि बनाउने माटो हामिले माछाको आश्रय स्थल बनाउदा निस्कने माटोलाइ प्रयोग गर्न सक्छौं।

    ट्रेन्चको निर्माण

    ट्रेन्च भनेको धान खेत भित्र माछालाइ विभिन्न जोखिमको बेला सुरक्षित राख्न निर्माण गरिने एक प्रकारको नाला वा कुलो हो । पोखरीको चारैतिर आलिको करिब २ फिट पर १ फिट गहिरो र २ फिट जति चौडाई भएको ट्रेन्च खन्नु पर्द्छ अथवा खेतको कुनै एक स्थानमा खाल्डो खने पनि हुन्छ जसले गर्दा खेतमा पानि सुक्दा वा बाली भित्र्याउँने बेलामा खेतको पानी सुकाउँदा उक्त ट्रेन्च अथवा खाल्डोमा पानी सुकेको हुदैन र त्यहाँ माछा सुरक्षित किसिमले रहन्छ ।ट्रेन्चको एक छेउमा सिंचाइको प्रवेश र अर्को छेउमा पानि निकासको व्यवस्था मिलाउन पर्दछ ।नेपालको विभिन्न स्थान्मा गरिएको अध्ययन बाट धान् खेतको लम्बाई समानान्तर हुने गरि बनाइएका ट्रेन्च हरु धान र माछा उत्पादनको दृष्टिकोणले सबैभन्दा उपयुक्त पाइएको छ।

    पानीको प्रवेश तथा निकास

    धान खेतमा माछा पालन गर्दा पानी को व्यवस्था का लागि प्रवेश ढोका र निकास हुन पर्छ तर ध्यान दिन पर्ने के छ भने यो सिधा हुनु हुदैन जसले गर्दा खेतमा लगाएको पानी सिधै बाहिर नगई खेतको पानी सँग मिसिएर चारैतिर घुम्न पाउँछ ।त्यसैगरी खेतमा उत्पन्न भएको प्राकृतिक आहाराहरु पनि सिधै बगेर जान सक्दैन । धान खेतमा राखेको माछालाई बाहिर भाग्न नदिन तथा वर्षायाममा थुप्रै स्थानिय माछा लगायत कीरा फट्याङ्ग्रा,भ्यागुताको प्रवेशलाई नियन्त्रण गर्न र कुलोमा बगि आउने झारपातको अनावश्यक आवत जावतलाई नियन्त्रण गर्न पानीको प्रवेश र निकाशद्दारमा जालि लगाउनु पर्दछ ।

    धान खेतको तयारी

    माछा पाल्ने धानखेत माछा राख्नु १०-१५ दिन अगावै तयार गर्नु पर्दछ र कम्पोष्ट बनाएको गोबरमल,रसायनिक मल,बंगुर तथा कुखुराको मल आदि बिशेषज्ञ ले सिफारिस गरे अनुसार खेतमा प्रयोग गर्दा धान् र माछा दुबै खेतिलाई लाभदायक हुन्छ ।यि मलको प्रयोगले माछालाई प्राकृतिक आहाराको उत्पादन हुन्छ।

    धान रोप्ने तरिका

    ब्याड बाट उखेलेको धानको विरुवाको जरालाई धान रोप्न भन्दा १ घण्टा अगाडि विभिष्टिन (Bevistine) को झोलमा (१ ग्राम प्रति लिटर पानीमा) डुबाइ राख्न् पर्छ। ति विरुवालाई बोट देखि २०-२५ से.मी को दुरिमा सिधा लाइनमा रोप्नु पर्दछ । प्रत्येक गाभामा ३- ४वटा मात्र विरुवा रोप्नु पर्दछ । धानको विरुवालाइ राम्ररी सप्रन दिन धान रोपेको दिन देखि १ महिना सम्म पानीको सतह ८-१० से.मी राख्न पर्दछ । त्यसपछि विस्तारै पानिको सतह १५-२० से. मी सम्म पुर्याउनु पर्छ ।

    धानको उपयुक्त प्रजाति

    धान सँग माछा पालन गर्दा धानको प्रजाति धेरै पानी खप्न सक्ने, पानी जमिरहेको ठाउँमा नढल्ने कडा डाँठ भएको हुनुपर्छ ।यिनिहरु ढिलो पाक्ने ,मध्यम होचो र पातहरु नलत्रने र कम छायाँदार भएको जात हुनु पर्दछ ।
    उपयुक्त धानका जातहरु: सावित्री,मसुलि, राधा,वर्षे-२, वर्षे-४,जानकि , कंचन

    धान खेतमा पालिने माछाको जात

    नेपालमा कमनकार्प र टिलापिया जातका माछा धान खेतमा माछा पालन को लागि सिफारिस गरिएको छ। धान खेतमा पानीको गहिराई कम हुने हुँदा पानीको तापक्रम बढ्न जाने र अक्सिजन कम हुने समस्या हुन्छ । कमनकार्प यि समस्या विच पनि छोटो अवधिमै विक्री गर्ने गरि तयार हुन्छ । यसका अतिरिक्त यो माछाले आहाराको खोजिमा धानको बोट चलाउने हुदा गोड्ने काम भै बोट पनि फस्टाउछ ।

    माछाको भुरा कहिले छोड्ने?

    धान रोपेको १५- २० दिन पछि २५-५० ग्राम साइजक भुराहरु खेतमा छोड्न सकिन्छ ।धान रोप्ना साथ माछा धान खेतमा राख्न हुन्न किनभने माछाले चलाएर धानको बोट ढाल्न सक्छन्। माछा ल्याएको भुराको प्याकेटलाइ ल्याउने बित्तिकै भुराहरु खेतमा छोड्दा तापक्रमको फरकले भुराहरु मर्न सक्छन् तसर्थ माछाको भुराको प्याक खेतको पानीमा करिव १० मिनेट जति राख्न् आवश्यक छ ।

    माछाको आहारा

    कमन कार्पले जे पनि खाने भएकाले यसलाई दिने दाना विशेष प्रकारको हुदैन। खेतमा रसायनिक र कम्पोष्ट मल प्रयोग गर्दा प्राकृतिक आहारा उत्पन्न हुन्छ ।रसायनिक मल ४० किलो र कम्पोस्ट मल अथवा प्राङ्गरिक मल ८००-१२०० किलो प्रति हेक्टरको दरले प्रयोग गर्न् पर्छ ।हामिले माछाको लागि दाना घर मै तयार पार्न सक्छौं। दाना बनाउंदा धानको ढुटो ५०% गहुँ को चोकर १०% तोरिको पिना ४०% एकै ठाउँमा मिलाई १०० % को दाना बनाउन् सकिन्छ। यसको अतिरिक्त मकैको ढुटो, कनिका , भट्मासको पिठो, जाडको छाक्रा आदि कृत्रीम आहारा दिन सकिन्छ। माछाको आहारा दिदा माछाको तौलको २-४% प्रतिशतको हिसाबले पानीमा मुछि डल्लो बनाई प्रत्येक दिन सधै एकै समयमा र एकै ठाउँमा दिनु पर्दछ।

    माछा झिक्ने तरिका

    साधरणतय माछा ठुलो भएपछि धान काट्न १०-१५ दिन अगाडि माछा झिकिन्छ तर पानीको राम्रो सँग व्यवस्था भएमा राम्रो सँग रेखदेख पुर्याउन सकेमा केहि दिनको लागि माछालाई खाल्डो वा ट्रेन्च मा राखि धान काटिसके पछि पुन: धान खेतमा पानी राखी त्यसमा माछा पालन गर्न् सकिन्छ ।

    प्रचुर सम्भावना बोकेको यस खेति प्रणाली नेपाली किसानको आर्थिक उपार्जनको आकर्षक श्रोत बन्न सक्छ । तर धान रोप्नै कै निम्ति आकाशे पानीको भर पर्नु पर्ने बाध्यता, विपन्न किसानलाई भुरा र दानाको अतिरिक्त आर्थिक भार, कीटनाशक विषादिको जथाभावी प्रयोग, भु-खण्डिकरण र राज्यको उदाशिनता यस खेति प्रणालीका प्रमुख चुनौति हुन्। यसलाई सम्बोधन गरि धान-माछा खेती प्रविधिको विकास आजको आवश्यकता हो।

     

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer