• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कामको खोजीमा मुलुक छाड्ने दैनिक २ हजार माथी


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेका छन् ।

    Advertisement

    वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो ।

    सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९/८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए ।

    यस वर्ष ७३ हजार २ सय ७८ ले श्रम स्वीकृति लिएका छन् । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।

    यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको संख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको संख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम हुन थालेको छ ।

    मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको संख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ ।

    माघमा विदेशिनेमध्ये ६ हजार १ सय ७४ महिला र ५५ हजार ९ सय ७३ पुरुष छन् । गत महिना ३९ हजार ४२ ले नयाँ श्रम स्वीकृति पाएका छन् । ‘जीटूजी’ सम्झौता भएका देश जाने नेपाली माघना १ हजार ४ सय ९४ थिए ।

    यूएई जानेको लर्को

    गत वर्ष मलेसियामा नेपालीको लर्को लागेको थियो । यसापालि भने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ ।

    साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । यूएईलाई गन्तव्य बनाएर युरोप र अमेरिकी देश जाने क्रम बढेका कारण पछिल्लो समय यूएईमा नेपालीको बढी आकर्षण देखिएको व्यवसायी बताउँछन् ।

    अर्कातर्फ, कोभिड महामारी कम भएपछि मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको संख्या बढिरहेको जनाइएको छ । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।

    माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

    मलेसियाको रोजगारी भने ह्वात्तै घटेको छ । गत महिना मलेसियामा मात्र ६ हजार ७ सय ९५ जनाको श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

    त्यस्तै कुवेतमा ३ हजार २ सय ५३, कोरिया १ हजार ६ सय ६०, रोमानिया १ हजार ३ सय ९७, जापान १ हजार २ सय ८०, इजरायल ७२, बेलायत २ सय ६, अमेरिका ३८ र पोल्यान्डमा १ सय ९७ नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ ।

    तराईबाट विदेशिन्छन् धेरै नेपाली

    माघको तथ्यांक अनुसार सबैभन्दा धेरै तराई–मधेश भेगबाट नेपाली कामको खोजीमा विदेशिएका छन् ।

    धनुषाबाट ३ हजार १ सय ४७, झापा २ जहार ९ सय ९१, मोरङ २ हजार ५ सय ७८, सिरहा २ हजार ५ सय ७२, रुपन्देही १ हजार ९ यस ५१, महोत्तरी २ हजार २ सय ७९, मुस्ताङ १५ र मनाङबाट १६ जना विदेशिएका छन् ।

    अदक्ष कामदार कति ?

    माघमा सबैभन्दा धेरै नेपाली काम सिकेर गएको देखिएको छ । तर, ११ हजार ९ सय ७८ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ ।

    ४५ हजार ६ सय ४८ नेपालीले काम सिकेर गएको देखिएको छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ४ हजार ३ सय २७ छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः १ सय ४० र ५४ मात्र रहेको तथ्यांक छ ।

    रेमिट्यान्समा भने कीर्तिमान

    यस वर्ष विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्समा भने हरेक महिना कीर्तिमान बनिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष पुस मसान्तसम्म औसत १ खर्बमाथि रेमिट्यान्स आइरहेको छ ।

    पुस मसान्तसम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अनुसार मासिक १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको छ । यो वर्ष आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै हो ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer