• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फागुन लागिसक्यो सल्लेरीमा हिउँ परेको छैन, गाउले चिन्तित


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • सोलुखुम्बु । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?’ उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलो पटक अनुभव गरेको बताउँछन् ।

    Advertisement

    उनले भने, ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।’ हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।

    सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन । मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ । कार्यालयका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम अहिले सात डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

    पछिल्लो पाँच दिनदेखि यहाँको तापक्रम क्रमशः उकालो लाग्न थालेको उनले बताए । यस वर्षको हिउँदमा सोलुखुम्बुमा बितेका वर्षहरूमा झै चिसोको महसुस नभएको स्थानीय बताउँछन् ।

    करिब चार वर्ष अघिसम्म पुस-माघमा अधिक चिसो हुने गरेकामा यस वर्षको त्यति धेरै चिसो नभएको गार्माका ल्हाक्पा शेर्पाको अनुभव छ ।

    उनले भने, ‘मलाई थाहा हुँदासम्म पनि पुस-माघमा पूरै हिउँ पर्ने भएकाले असाध्यै चिसो हुन्थ्यो, हिउँ पग्लिन तीन-चार दिन समय लाग्थ्यो तर अहिले त्यस्तो छैन, चिसो भए पनि खासै पहिलाको जस्तो धेरै चिसो आभास नै भएन यो वर्ष ।’

    हिमपात नहुँदा सल्लेरीबाट देखिने डाँडा तथा हिमाल मरुभूमिजस्ता हुँदै गएका छन् भने मौसमले समेत तराईको झल्को दिन लागेको तामाखानीका शान्तमाया घिमिरेले बताए ।

    हिमपात र वर्षात्को प्रतिक्षामा रहेका यहाँका किसान निराश बन्दै गएका छन् । मङ्सिर-पुसमा हिमपात नभए पनि माघमा पक्कै हिमपात तथा वर्षात् हुन्छ भन्ने आशामा बसेका जिल्लाका किसान फागुन लाग्दासमेत हिमपातको सम्भावना नदेखिँदा उनीहरूमा निराशा छाएको हो ।

    फागुन लागेपछि मौसम तातिन थालेकाले अब हिउँ र पानी पर्ने आश मर्दै गएको बेनीका डम्बरबहादुर विश्वकर्माले बताए ।

    हिमपात नहुँदा गहुँबाली बारीमै सुकेर सोतर भएको छ । उनले भने, ‘बारीको बालीनाली सुकेर सोतर भयो, पानी लगाउनलाई पनि पानीका मुहान सुकेर छैन, एक ठाउँमा मात्रै भए पो पानी लगाएर हुन्थ्यो सबैको त्यस्तै छ, खेती लगाउनेलाई यसवर्र्ष याम परेन, बीउ जोगाउनै मुस्किल पर्ने भो ।’ खडेरीका कारण यहाँका किसानमा भोकमरीको चिन्ताले सताउन थालेको छ ।

    लेकाली भोगमा लगाउने गहुँ, आलु, जौँ, उवाजस्ता बाली यस वर्ष सङ्कटमा परेको किसान बताउँछन् । साथै जिल्लाको पश्चिमी भेगमा उत्पादन हुने अलौँचीसमेत खडेरीको चपेटामा परेको लिखुपिकेका किसान लिखुपिके गाउँपालिका-४ का प्रेमकुमार बस्नेतको भनाइ छ ।

    अलैँचीको बोटलाई ओसिलो ठाउँ आवश्यक पर्ने भए पनि खडेरीले रुखका छहारीसमेत सुक्खा हुँदा अलैँची मर्न थालेको उनी चिन्ता व्यक्त गर्छन् ।

    जिल्लाको लिखुपिके, सोताङ, महाकुलुङ, माप्यदूधकोशी र नेचासल्यान क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा एक सय ५८ हेक्टर क्षेत्रफल जमिनमा अलैँचीखेती भएको थियो । यस वर्ष पनि सोही हेक्टर जमिनमा अलैँचीखेती गरिएको छ ।

    पर्यटन व्यवसायी चिन्तित

    जिल्लाको खुम्बुक्षेत्र जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । सो क्षेत्रमा पनि यस वर्ष हिमपात हुनसकेको छैन । खुम्बुको माथिल्लो भेगमा माघमध्यतिर हल्का हिमपात भए पनि त्यो पर्याप्त नभएको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

    ‘यो वर्ष हिउँ परेकै छैन भन्दा पनि हुन्छ, अस्ति माघ दोस्रो सातातिर होला माथिल्लो क्षेत्रमा अलिअलि हिउँ पर्लाजस्तो भएको थियो, हल्का परेको पनि एकैछिनमा बिलाएर गइहाल्यो, अहिले त पूरै सुक्खा छ’, उनले भने । हिमपात नहुँदा खुम्बुक्षेत्र पर्यटनमा समेत असर गर्ने व्यवसायीको चिन्ता छ ।

    हिउँले पूरै ढाकिनुपर्ने हिमाल तथा डाँडापाखा सुक्खा हुँदा पर्यटकीय क्षेत्रको सौन्दर्यता गुम्दै गएको लुक्लाका दामु शेर्पाले बताए ।

    खुम्बुक्षेत्रमा हिउँ हेर्ने र भ्रमणका लागि नै विदेशी तथा स्वदेशी आउने भएकाले यो वर्ष खुम्बुमा पनि सुक्खा रहेको उनको भनाइ छ । शेर्पाले भने, ‘लुक्लाबाट देखिने डाँडा तथा हिमालमा हिउँ सकिँदै गएको छ, सबै सुक्खा छ, सगरमाथा क्षेत्र त यस्तो छ, झन् अरु ठाउँको अवस्था के होला ?’

    वर्षात् र हिमपात नहुँदा मौसम सुक्खा हुँदै गएको छ भने वनजङ्गलमा आगलागीको जोखिम वृद्धि भएको छ ।

    गत शनिबारमात्रै जिल्लाको माप्यदूधकोशी गाउँपालिका–५ काँकुस्थित खाम्दिङ मुलाबारी सामुदायिक वन र सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सास्थित मेन्दोपाके सामुदायिक वनमा डढेलो लाग्यो ।

    कारण पत्ता लाग्न नसकेको उक्त डढेलोबाट हजारौँ बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रामजी शाहले बताए ।डढेलोले वनक्षेत्रमा रहेका जीवजन्तुसमेत हताहत भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    सुक्खा मौसम र पानीका मुहानसमेत सुक्दै गएकाले डढेलो नियन्त्रणमा सकस परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रले बताए ।

    प्रहरी र स्थानीयको दिनभरको प्रयासपछि साँझतिरमात्रै आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । मौसममा देखिएको फेरबदलले सामुदायिक वन क्षेत्र डढेलोको जोखिममा परेको सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य पेम्बा शेर्पाले बताए ।

    सुक्खाग्रस्त हुँदै गएकाले यस्तो बेला आगोजन्य स्रोतहरूको ख्याल गर्न सकिएन भने डढेलोको जोखिम उच्च हुने उनको भनाइ छ ।

    उनले भने, ‘यो समयमा फोहर जलाउँदा तथा आगो बाल्दा एकदमै ध्यान दिन सकिएन भने ठूलो जनधनको क्षति हुने सम्भावना हुन्छ, वनमा फैलिएको आगो नियन्त्रणमा लिनलाई पानीका मुहान सबै सुक्दै गएको छ, अनि माटोले निभाउन माटोसमेत चिसो छैन सबै सुक्खा हुँदै गएको छ, त्यसैले वन क्षेत्र जोखिममा देख्छु ।’

    जिल्लाको कुल भू-भागको एक लाख पाँच हजार तीन सय ३० हेक्टर क्षेत्रफलमा सामुदायिक वनक्षेत्र फैलिएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा एक सय ७२ सामुदायिक वन छन् ।

    वनमा लाग्ने डढेलोले बोटबिरुवामात्रै नभई त्यहाँ रहेका जीवजन्तु, मानवबस्तीदेखि पर्यवरणमा समेत गम्भीर असर पुर्याउने वातावरणविज्ञ राजन थापाले बताए । पानी नपरेको समयमा डढेलो लाग्दा त्यहाँबाट निस्कने धुँवाले अझ ठूलो असर गर्ने उनको भनाइ छ ।(सा. सं)

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer