• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कार्यसम्पादनमा लुम्बिनी प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको यस गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा हालसम्म लुम्बिनी प्रदेशमा पहिलो र देशभरमा चौंथो भएको छ ।

    Advertisement

    आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सार्वजनिक हालसम्मको नतिजा अनुसार यस रुरुक्षेत्र गाउँपालिकाले ९५.५ प्रतिशत अङ्क प्राप्त गर्दै लुम्बिनी प्रदेशसँगै यस जिल्लामा पहिलो र देशभरका स्थानीय तहमध्येबाट चौथो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.७५ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो भएको धुर्कोट गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९४.५ अङ्क प्राप्त गर्दै जिल्लामा दोस्रो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।

    लिजामा ९१.२५ प्रतिशत अङ्क प्राप्त गरेको मदाने गाउँपालिकाले एफआरएमा ९१ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९३.२५ प्राप्त गरेको चन्द्रकोट गाउँपालिकाले एफआरएमा ८८.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८२.२५ प्रतिशत अङ्क प्राप्त गरेको छत्रकोट गाउँपालिकाले एफआरएमा ८६ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८८.५ प्रतिशत अङ्क प्राप्त गरेको मालिका गाउँपालिकाले एफआरएमा ८५.५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ ।

    त्यस्तै, लिजामा ८८ प्रतिशत अङ्क प्राप्त गरेको सत्यवती गाउँपालिकाले एफआरएमा ८३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८६.२५ प्रतिशत अङ्क प्राप्त गरेको गुल्मीदरबार गाउँपालिकाले एफआरएमा ८३ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९०.२५ प्रतिशत अङ्क प्राप्त गरेको रेसुङ्गा नगरपालिकाले एफआरएमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९१.५ प्रतिशत अङ्क प्राप्त गरेको मुसिकोट नगरपालिकाले एफआरएमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९० प्रतिशत अङ्क प्राप्त गरेको कालीगण्डकी गाउँपालिकाले एफआरएमा ७९ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८५.५ प्रतिशत अङ्क प्राप्त गरेको ईस्मा गाउँपालिकाले एफआरएमा ७५.५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख छ ।

    स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्नका लागि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिन्छ । योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापन गरि पाँच वटा विषय क्षेत्रका ११८ वटा सूचकहरुमा १०० पूर्णाङ्कमा स्थानीय तहको मूल्याङ्कन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि जारी भई आर्थिक वर्ष २०७७/०७८ देखि स्थानीय तहको मूल्याङ्कन गरिएको हो ।

    कार्यविधिको दफा ७ बमोजिम स्थानीय तहले पुस मसान्तसम्म मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ । स्थानीय तहले स्वमूल्याङ्कन गरेर जिल्ला समन्वय समितिमा पठाउने व्यवस्था रहेको र प्राप्त पृष्ठपोषणको आधारमा जिल्ला समन्वय समितिबाट अन्तिम नतिजा प्रकाशन हुने व्यवस्था छ । स्थानीय सरकार आफुले सम्पादन गरेका कार्यविधिले तोकेबमोजिमका क्रियाकलापहरुको प्रमाणित कागजात पेश गरि मूल्याङ्कन गर्न सकिने व्यवस्था रहेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

    स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनका क्षेत्रमा रहेका कमी कमजोरीहरुको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न विभिन्न १० वटा विषय क्षेत्रका १०० वटा सूचकमा मूल्याङ्कन गरी स्थानिय तहको संस्थागत क्षमता मूल्याङ्कनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ जारी गरि आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गर्न थालिएको हो । स्थानीय सरकारले आफूले सम्पादन गरेको क्रियाकलापहरुसँग सम्बन्धित कागजातहरुलाई व्यवस्थित गर्न नसकेका कारण मूल्याङ्कनको नतिजा कमजोर आउन सक्ने भन्दै स्थानीय तहको मूल्याङ्कन गर्ने परिपाटिले स्थानीय तहमा प्रतिस्पर्धात्मक वातावरण सृजना भई कार्य प्रणालीमा सुधान आउने उहाँले बताउनुभयो । मूल्याङ्कनका विषयक्षेत्र र सूचक परिवर्तन गरि समग्र क्षेत्र समेट्न जरुरी देखिएको उहाँको भनाई छ ।

    जनप्रतिनिधिले नीति कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य सम्पादन गरी सम्पादन भएका कामहरुको अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउन सकिने रुरुक्षेत्र गाउँपालिकाका प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवालीले बताउनुभयो । उत्कृष्ट नतिजाको लागि प्रमुख प्रशासकीय अधिकृतको क्रियाशीलता, कार्य दक्षता, समन्वयकारी भूमिका र जनप्रतिनिधिको नीति निर्माण र कार्यान्वयनमा समन्वयकारी भूमिका रहेको खण्डमा तोकिएको लक्ष्य अनुसार नतिजा ल्याउन सकिने रुरुक्षेत्र गाउँपालिकाका सूचना प्रविधि अधिकृत इश्वरी न्यौपाने बताउनुभयो ।

    रुरुक्षेत्र गाउँपालिकाले हालै आफ्नो सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरी केही दिनमा नयाँ भवनबाट नागरिक मैत्री कार्यालय बनाई नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाउँदै क्षतिपूर्तिसहितको नागरिक वडापत्रको व्यवस्था गरि एकद्वार प्रणालीबाट नागरिकलाई सेवा गर्न लागेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनभयो । यस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्न विभिन्न सरोकारवालसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गर्नुका साथै आम नागरिकको चासो, गुनासो बुझ्न तथा सोहि अनुसार नीति कार्यक्रम तर्जुमा गर्न र सेवा प्रवाहको व्यवस्था मिलाउन सेवाग्राही सन्तुष्टी सर्वेक्षण गर्न लागेको उहाँले बताउनुभयो ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer