• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यालयले गर्यो विद्यार्थीलाई बाख्रा सहयोग, किन


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • तनहुँ । धेरै जसो विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप कापी, कलम तथा नगद दिने गरिएको छ तर तनहुँको एक विद्यालयद्वारा बाख्रा प्रदान गरेको छ । यस्तो प्रदान गर्नेमा आँबुखैरेनी गाउँपालिका–१ सत्र सय स्थित मित्रता माध्यमिक विद्यालय रहेको छ । ‘माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउनु पर्छ’ भन्ने भनाइलाई मनन गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनको लागि खर्चको जोहो गर्न बाख्रा प्रदान गरिएको विद्यालयले जनाएको छ । दीर्घकालीन आम्दानी भई अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने उपेक्षा विद्यालयले लिएको छ ।

    Advertisement

    विद्यालयको ५३औँ वार्षिकोत्सव समारोहमा हालै विद्यालयले प्रदान गरेको हो । संविधान प्रदत्त शिक्षा प्राप्त गर्ने मौलिक अधिकारलाई सुनिश्चित गर्ने दायित्व र जिम्मेवारी विद्यालयको पनि भएको महसुस गरी छात्रवृत्ति वितरणको कार्यलाई प्रभावकारी र दिगो बनाउन बाख्रा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताउनुभयो । बोगटीले भन्नुभयो, दीर्घकालीन रूपमा आय आर्जनसँग जोडने उद्देश्यका साथ बाख्रा वितरण गर्ने अवधारणा कार्य प्रारम्भ गरेका छौँ ।

    नगद प्रदान गर्दा छिटो खर्च हुने, पुन उही समस्या दोहोरिने र फेरी अर्को वर्ष पनि उही विद्यार्थीलाई दिई रहन पर्ने अवस्थाको अन्त्यको नयाँ अवधारणा ल्याइएको बोगटी बताउनुहुन्छ । उत्पादनमूलक कार्यको लागि बाख्रा सहयोग गरेको र यस छात्रवृत्तिबाट विद्यार्थी र अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा विद्यालयले लिएको छ ।

    विद्यालयमा स्थापना गरिएको दुई छात्रवृत्ति कोषबाट प्राप्त हुने २१ हजार रुपियाँको तीन वटा बाख्राको पाठी खरिद गरिएको हो । बोर र जमुनापारि जातका पाठी कक्षा ८ को छात्रा सपना भट्ट, कक्षा ७ को छात्रा रोजना रोका र कक्षा ६ को छात्रा सृष्टि गुरुङलाई आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रदान गर्नुभयो । सो अवसरमा अध्यक्ष चुमानले पढ्दै कमाउँदै र शिक्षासँग सिप कार्यमा अन्तर्गत यस्ता छात्रवृत्ति उपयुक्त हुने बताउनुभयो ।

    काराखेती, अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्र छात्रवृत्ति कोषबाट विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि उपलब्ध हुँदै आएको सो कोषको रकमबाट बाख्रा खरिद गरिएको विद्यालयले जनाएको छ । अक्षयकोष दाता र छात्रवृत्तिलाई उत्पादनसँग जोड्न र दीर्घकालीन रूपमा समस्या हल गर्न कार्य प्रारम्भ गरिएको प्रधानाध्यापक बोगटी बताउनुहुन्छ । बोगटीले भन्नुभयो, ‘विकासवादी सिद्धान्त भात होइन थाल दिऔँ, माछा होइन जाल दिऔँ भन्ने यथार्थतालाई व्यवहारमा कार्यान्वयनमा ल्याएका छौँ ।’

    प्राविधिक धारका विद्यार्थीले पठाई खर्च आफै जुटाउँदै

    यसैबिच सोही विद्यालयमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले पढाइ खर्च आफैले जुटाउन थालेका छन् । प्राविधिक धारअन्तर्गत डिप्लोमा इन एग्रिकल्चरमा अध्ययनरत विद्यार्थीले तिहारको समयमा फुल बेचेर आम्दानी लिएका थिए । विद्यालयले विद्यार्थीलाई आयआर्जन र सीप दिन कृषि फर्म सञ्चालन गरेपछि पढाइसँगै कृषिमा आबद्ध भएका हुन् ।

    विद्यार्थीले आम्दानीका अतिरिक्त विद्यालयमा सिकेको आधुनिक कृषि सीपलाई घर तथा समाजमा पनि सिकाउन सकुन् भनेर कृषि फर्म सञ्चालन गरिएको विद्यालयका कृषि संयोजक तथा शिक्षक सुजन लामिछानेले जानकारी दिनुभयो । विद्यालयमा सिकेको कृषिको आधुनिक सीप घरमा पनि सिकाइरहेकाले हाल घरमा पनि सुरु गरिएको व्यावसायिक कृषि फर्मले उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । ४० जना विद्यार्थी कृषिमा आबद्ध भएका छन् भने अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरित गरिरहेको शिक्षक लामिछानेले बताउनुभयो ।

    आठ रोपनीमा सयपत्री फूल खेती गरिएको थियो भने र दुई रोपनीमा गोलभेँडा खेती भइरहेको र हाल च्याउ खेतीको लागि विद्यार्थी तल्लीन भइरहेको लामिछानेले बताउनुभयो । फर्ममा विद्यालयले लगानी गरेता पनि मुनाफा भने विद्यार्थीले पाउने गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत तीन लाख रुपियाँ कोष स्थापना गर्न रकम प्रदान गरेको विद्यालयले जनाएको छ । शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालयलाई रकम सहयोग गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो ।

    चुमानले भन्नुभयो, ‘शिक्षालाई व्यावहारिक बनाउन पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्न फर्म सञ्चालन गर्न रकम प्रदान गरेका हौँ ।’ यस क्षेत्रमा मुख्यगरी कृषि व्यवसाय नै आम्दानीको मुख्य स्रोत भएकाले डिप्लोमा इन एग्रिकल्चर सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार प्राविधिक धारमा तनहुँका अतिरिक्त गोरखा, लमजुङ र सुर्खेतका विद्यार्थी अध्ययन गर्छन् ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer