• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पढ्दै कमाउँदै: विद्यार्थी चित्रकलामा रमाउँदै


  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
  • तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनीषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ । चित्रकलामा रुचि भएपनि सिक्ने अवसर नपाउनुभएकी उहाँ हाल आफैँले चित्र कोर्न सक्ने हुनुभएको छ ।

    Advertisement

    आफैँले बुनेको बाँसको नाङ्लोमासमेत चित्र बनाउनुभएकी उहाँले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।” बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “कस्तो राम्रो चित्र बनाएको भनेर धेरैले हौसला दिनुभयो, मलाई यसमा लाग्न अझ प्रेरित गरेको छ ।” भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोर्नुभएको छ । भविष्यमा चित्रकलालाई निरन्तरता दिने र चित्र बिक्री गरी पढाइ खर्च व्यवस्थापन गर्ने सोच बनाएको भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अब चित्रकलालाई आम्दानीको स्रोत बनाउने सोच राखेको छु ।”

    कक्षा ११ मा अध्ययनरत भुजेलले पहिलो महिनावारीको अवस्थालाई चित्रमार्फत चित्रण गर्नुभएको छ । महिनावारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोहीअनुसारको चित्र कोरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएका बेला लजाउने प्रवृत्ति छ, यो सामान्य कुरा हो लजाउन हुँदैन भन्ने सन्देश दिन चित्र बनाएको छु ।” कक्षा ११ मा अध्ययनरत दीपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत उतार्नुभएको छ ।

    गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत प्रवर्द्धन गर्न त्यसलाई कागजमा उतारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चित्रकलालाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित चित्र बनाउन सिकेको हुँ ।” उहाँहरू जस्तै कक्षा ११ मा अध्ययनरत २० विद्यार्थीलाई चित्रकला सिकाइ तालिम दिइएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले चित्रकला सिकाइ तालिम प्रदान गरेको हो ।

    विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई सार्थकता दिन विद्यालयमा चित्रकला कक्षा सञ्चालन गरिएको चुमानको भनाइ छ । सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तररुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चित्रकला सिकाइले विद्यार्थीको कलालाई उजागर गर्नुका साथै विद्यार्थीमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्छ, चित्रकला आम्दानीको स्रोत बन्न सक्छ भनेर यसलाई अगाडि बढाएका हौँ ।” गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत् विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको प्रशिक्षक पवन नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न सीप सञ्चालन भइरहेका छन्, सोही बमोजिम विद्यार्थीलाई चित्रकला सिकाइएको हो ।”

    विद्यार्थीको सक्रिय सहभागिता र सिकाइले उत्साहित बनाएको नेपालीको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीले बनाएको चित्र खरिदका लागि माग आइसकेको छ, यसलाई व्यवस्थित गर्न सकिए चित्रकला आम्दानीको राम्रो माध्यम बन्नेछ ।” उहाँका अनुसार गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि चित्रकला प्रशिक्षण सञ्चालन गरिनेछ । विद्यार्थीले सामाजिक हिंसा, गाउँपालिकाभित्रका पर्यटकीयस्थल, समाजमा हुने घटना न्यूनीकरणजस्ता विषयलाई चित्रमार्फत वर्णन गरेका छन् । रासस

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer