सिड्नी । प्रवासी नेपाली मञ्च भिक्टोरिया (अस्ट्रेलिया) राज्य कमिटीको सातौँ अधिवेशन सम्पन्न भएको छ । भिक्टोरियाको मेलवर्न ग्लेनरोयमा आयोजना गरिएको अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले प्रवासी श्रमिकहरुका पक्षमा मञ्चले विभिन्न सहयोग तथा राहतका कार्यक्रमहरु लैजानुपर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष द्रोण पन्तको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले ५ सदस्य पछि थप गर्ने गरी २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । नव निर्वाचित अध्यक्षमा गणेश गौतम रहेका छन् भने उपाध्यक्ष क्षितिजचन्द्र राई, सचिव प्रताप लामा, उपसिचव राजकुमार कट्टेल र सुस्मिता थापा, सदस्यहरुमा लेखु अधिकारी, अनुप भण्डारी, सङ्गम देवकोटा,
सौगात डि सि, सनराइज ज्ञावाली, सन्जीव थापा मगर, किशोर पाठक, सन्जय दाहाल र विचित्र सुवेदी रहनुभएको छ ।
त्यस्तै कमिटीको आर्थिक विभाग प्रमुखमा प्रतिमा भण्डारी चयन हुनुभएको छ भने अधिवेशनले समाजका प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित ११ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ।




