• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मन्त्री ज्वालाको राजीनामा आउला त !


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेका छन् ।

    Advertisement

    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेका छन् ।

    १३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालाई समेत दोषी किटान गरिएको छ । मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ ।

    प्रतिवेदनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै विशेष समय लिएर मन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमाथि प्रश्न उठाएको थियो । प्रधानमन्त्री प्रचण्डले भने बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको जवाफ दिए ।

    गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आफूले सरकारलाई बझाउने हो कि पार्टीहरुलाई भनेर प्रश्न गरे । त्यसपछि कांग्रेस उपसभापति समेत रहेका रक्षामन्त्री खड्काले यो एउटा दलको सरकार हो कि गठबन्धनको हो भन्ने प्रश्न गरे ।
    जाँचबुझ आयोगको प्रतिवेदन आफूले आज मात्र बुझ्ने भन्दै उनले भने, ‘अहिलेसम्म मैले हेरेको छैन, आज क्याबिनेट बस्दैछ । अध्ययन गरेपछि कारबाही गरिन्छ ।’

    साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्यो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन आएको भन्दै प्रधानमन्त्रीलाई बुझ्न आग्रह गरे ।

    बैठकमा भौतिक पूर्वाधारमन्त्री ज्वाला पनि थिए । उनले आफूलाई दोषी करार गरेर प्रस्तुत गरिएको भन्दै प्रतिवेदनमा के छ भन्ने आफूहरुले थाहा पाउनुपर्ने बताए ।

    गृहमन्त्री श्रेष्ठले भने आफूहरुले मन्त्रीहरुलाई बाँड्ने नभई प्रधानमन्त्रीलाई बुझाउने जवाफ दिएपछि अर्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि बहसमा प्रवेश गरे । मन्त्रीहरुलाई थाहा नभएको, तर बाहिर बाहिर रिपोर्टको चर्चा भएको भन्दै उनले आफूहरुले पनि थाहा पाउनुपर्ने र दलमा छलफल गर्नुपर्ने बताए ।

    गृहमन्त्रीले भने आफूले सरकारलाई बझाउने हो कि पार्टीहरुलाई भनेर प्रतिप्रश्न गरे । त्यसपछि भने कांग्रेस उपसभापति समेत रहेका खड्का रिसाए । उनले यो एउटा दलको सरकार हो कि गठबन्धनको हो भन्ने प्रश्न गरेका थिए ।

    मन्त्रीहरुको बहस चर्किने संकेत देखिएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेको एक मन्त्रीले सुनाए । उनले प्रतिवेदन आफूले पाएको र अध्ययन गर्ने भन्दै बैठक अन्त्य गरे ।

    ‘उपप्रधान तथा गृहमन्त्रीज्यूले प्रधानमन्त्रीलाई आज प्रतिवेदन बुझाउनु भएको छ । त्यसउपर क्याबिनेटले अध्ययन गर्छ । अध्ययन गरिसकेपछि आवश्यक कार्यान्वयन गर्ने कुरा हुन्छ’ मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवत्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘आजबाट क्याबिनेटमा अध्ययन सुरु भयो भनेर प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।’

    मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डले दुई उपप्रधानमन्त्री खड्का र श्रेष्ठसँगै भौतिक पूर्वाधारमन्त्री ज्वालासँग संयुक्त छलफल समेत गरेका थिए । त्यो छलफलमा प्रधानमन्त्रीले आफूले पनि प्रतिवेदन अध्ययन गर्ने र कानुनी परामर्श समेत गर्ने भन्दै मन्त्री ज्वालालाई भनेका थिए, ‘तपाईं पनि सोच्नुस् ।’

    प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रतिवेदनमा मन्त्रीलाई बर्खास्त गर्ने गरी सिफारिस छैन । तर पूर्वन्यायाधीशको नेतृत्वमा बनेको जाँचबुझ आयोगले नै नैतिक प्रश्न उठाएकाले मन्त्री आफैंले निकास दिए सहज हुन्थ्यो भन्ने प्रधानमन्त्री प्रचण्डको सोच छ । यसबारे ज्वालाको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेर निष्कर्षमा पुग्ने एक नेताको दाबी छ ।

    के हो बालकुमारी घटना ?

    गत १३ पुसमा पानी जहाज निर्माणका लागि कोरिया जान भाषा परीक्षा दिएर फेल भएकाहरुले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा भएको आगजनी ।
    रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको कार्यालय बालकुमारीमा नै रहेकाले युवाहरुले त्यहाँ प्रदर्शन गरेका थिए । युवाहरुले गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधारमन्त्री ज्वाला गाडीमा त्यहीँ पुगेका थिए ।

    एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वाला कोटेश्वरको एक पार्टी प्यालेसमा चलिरहेको पार्टीको बैठकमा सहभागी भएर फर्किएका थिए । सडकमा मन्त्रीको झण्डावाल गाडी देखेपछि प्रदर्शनकारीले रोके । मन्त्री गाडीबाट ओर्लिएर पुनः पार्टीको बैठकस्थलतर्फ लागे ।

    तर मन्त्रीको गाडी तोडफोड र आगलागी भएको हुनसक्ने सूचना पाएपछि प्रहरी बल प्रयोग गर्दै अघि बढ्यो । त्यसक्रममा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाहको ज्यान गयो भने दैलेखका सुजन रावतको पनि मृत्यु भएको थियो । गोली चलेपछि आक्रोशित प्रदर्शनकारीले मन्त्रीको गाडीमा समेत आगजनी गरे ।

    घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा आयोग बनायो । आयोगले घटना हुनुमा भौतिक पूर्वाधार मन्त्रीसँगै डीएसपी लम्साल र मन्त्रीका पीएसओलाई जिम्मेवार मानेको छ । डीएसपी लम्साल र पीएसओ अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । दुबै घटनापछि निलम्बनमा परेका थिए ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer