• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ताप्लेजुङमा चिराइतो निकासीमा वृद्धि, किसान उत्साहित


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो ।

    Advertisement

    जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भएपनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रुपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।

    डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो । यस्तै आर्थिक वर्ष २०७९÷८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ । अघिल्लो दुई वर्षभन्दा पछिल्लो अर्थात यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो ।

    पछिल्लो केही वर्षयता चिराइतोको मूल्यमा आएको गिरावटसँगै धेरै किसानले खेती लगाउन छाडेको पाइएको डिभिजनल वन अधिकृत साहले बताउनुभयो । किसानले खेती लगाउन छोडेसँगै उत्पादन घट्दै गएको भए पनि निकासीका हिसाबले बितेको दुई वर्षको तुलनामा यो वर्ष निकासी वृद्धि भएको उहाँको भनाइ छ ।

    यस वर्षका चिराइतो निकासीबाट प्रतिकिलोग्राम १५ रुपियाँका दरले ८७ हजार ३०० रुपियाँ राजस्व सङ्कलन भएको पनि डिभिजन वन कार्यालयले जानकारी दिएको छ । चिराइतो उत्पादनमा कमी आउन थालेपछि निकासी घट्दै गएको र चिराइतो निकासीबापत सङ्कलन हुने राजस्व रकम पनि घटेको वन कार्यालयले जनाएको छ । यता चिराइतोको मूल्य पनि यो वर्ष केही वृद्धि भएको छ । स्थानीय व्यापारीका अनुसार गत वर्षको तुलनामा यसवर्ष प्रतिमन (४० किलोग्राम) पाँच हजार रुपियाँसम्म मूल्य वृद्धि भएको छ । गत वर्ष चिराइतो प्रतिमन ४२ हजार रुपियाँ सम्ममा कारोबार भएको स्थानीय व्यापारी टासी शेर्पाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष भने ४५ देखि ४८ हजार रुपियाँ प्रतिमनका दरले चिराइतोको कारोबार भएको छ ।

    हाल यहाँ उत्पादन हुने चिराइतो भारत निर्यात हुँदै आएको स्थानीय व्यापारीले जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उत्तरी नाका टिपताला भञ्ज्याङ बन्द भएपछि चिराइतो भारततर्फ निर्यात हुन थालेको हो । टिपताला नाका खुला हुँदासम्म तिब्बतका व्यापारीसँग चिराइतोको कारोबार गर्दा यहाँका व्यापारीले निकै राम्रो अर्थात प्रतिमन ७५ देखि एक लाख रुपियाँसम्म पाउने गरेका थिए ।

    टिपताला नाका बन्द भएसँगै भारततर्फ निर्यात हुन थालेपछि चिराइतोको मूल्य पनि घटेको स्थानीय व्यापारी शेर्पाको भनाइ छ । उहाँका अनुसार तिब्बतमा अहिले पनि चिराइतोको मूल्य राम्रै भएको बताउनुभयो । टिपताला नाका खुलेमा यहाँका किसान तथा व्यापारीले चिराइतोबाट राम्रै मूल्य आर्जन गर्ने र खेती बिस्तार भई उत्पादन पनि बढ्ने स्थानीय व्यवसायी बताउँछन् ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer