• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनआरएनए विभाजनको सहयोगी बन्दै कांग्रेस


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । सर्वसहमतिमा गैरआवासीय नेपाली संघको निर्वाचन गत असोजमा काठमाडौँमा भयो। निर्वाचन गराउने विधि र कम्पनीसमेत एकमतले छनोट गरियो। यसमा कसैले असहमति, नोट अफ डिसेन्ट लेखेको सुनिएन। उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो । तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।

    Advertisement

    दुई वर्षदेखि समानान्तर कमिटीलाई घिच्याएर तानिरहेका शेष घलेहरूको विभाजन जुँगाको लडाइँ हो भने चुनावी सबै प्रक्रियामा समावेश भएर पराजित भएपछि अर्को कमिटी गठन गरेर विद्रोहको संज्ञा दिनु आर के शर्माहरूको केटाकेटीको जिद्धीपन हो। यो गैरआवासीय नेपाली संगठनभित्रको हाँडीगाउँको जात्रा जस्तो हो। ३–३ अध्यक्ष, १३ उपाध्यक्ष संसारमा कहीँकतै नदेखिएको चलन हो, न त कतै देखिएको घटना नै हो। यो रोगबाट ग्रसित मानिस आज पनि विद्रोह गरेर ८–८ महिनाको अध्यक्षीय व्यवस्था ल्याउने दाउमा छन्। यो खेलमा सकुनी र दूर्योधन संसारभरिका गैरआवासीय नेपालीले चिनेका छन्। यो स्वार्थको खेलमा नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक भनिने दल नेपाली कांग्रेसलाई धृतराष्ट्र (परराष्ट्र मन्त्रालय भएकाले) बनाइएको छ।

    विगतमा पनि परराष्ट्र मन्त्रालयले यो संस्थाको विधान विपरित पद माग्ने र लिन मिल्ने जतिलाई पदाधिकारी स्वीकार गरेर यो संस्थालाई रणमैदान बनाउने मुख्य भूमिका खेल्यो  बद्री केसीसँग पराजित नेपाली कांग्रेस समर्थित उमेदवार भनेर प्रचारित समूह यतिखेर परराष्ट्र मन्त्रालयको दैलो ढुकेर बसेको छ। एनपी साउदलाई फकाएर, रिझाएर वा बूढानीलकण्ठ होस् या सिंहदरवारलाई प्रयोग गरेर जसरी पनि निर्वाचित अध्यक्ष केसीलाई आधिकारिकता नदिने र परराष्ट्रमार्फत बिगतको जस्तै पालैपालो नेतृत्वमा गराउने रणनीतिमा छन्। यसको अगुवाइ अमेरिका, युरोप र बेलायत बस्ने एकथरि कांग्रेसीले गरिरहेका छन्। अर्काथरि कांग्रेसीहरू भने नियमसम्मत भएको निर्वाचनलाई स्वीकार गरी बद्री केसीसँग निर्वाचित कांग्रेसीहरूलाई साथमा लिएर संस्थालाई विधानसम्मत काम गर्न दिनुपर्छ भन्नेमा छन्।

    कांग्रेसको आधिकारिक प्रवासी संस्था जनसम्पर्क समितिको अवस्था र भूमिका प्रवासमा लज्जाजनक र मुख छोप्नुपर्नेखालको छ। गैरआवासीय नेपाली संघमा आफ्नो भूमिका र हिस्सा खोज्ने जनसम्पर्क समिति वा गैरआवासीय कांग्रेसीहरूको पनि चर्चा गर्नु सान्दर्भिक होला।

    कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिहरूलाई पार्टीको भातृ संस्थाका रूपमा स्वीकार गरी पार्टीको महाधिवेशनमा सहभागी गराउने भनेपछि यसको क्रियाशील सदस्यता विदेशका गल्ली/गल्लीमा दुकान लाग्यो । पार्टी र नेताका पहुँचवाला भाइ भारदारहरूले झोला झोलामा ल्याए। दिन मिल्नेलाई पनि, दिन नमिल्नेलाई पनि सदस्यता बाँडे। हुन त पार्टीलाई पैसा चाहिएकाले सिधै पैसा माग्नु भन्दा नियमसम्मत तरिकाले दिन मिल्ने जतिलाई दिनु र पार्टीको खातामा पैसा जम्मा गर्नु भन्यो। त्यो कुरा प्रवासी कांग्रेसीहरूलाई किन छुन्थ्यो र ? भूकम्पपीडितलाई भनेर उठाएको राहत अपचलन गर्ने कांग्रेसीहरूलाई क्रियाशील सदस्यता अर्को कमाइ खाने भाँडो बन्यो। युरोप अमेरिकामा रहेका राजनीतिक शरणार्थीले नेपालबाट पार्टीको साधारण सदस्यता नपाउने अवस्थामा घरदैलोमै क्रियाशील सदस्यता। यो भन्दा बढी के चाहियो ?

    कांग्रेसको क्रियाशील सदस्यता सस्तो र जसले पनि पाउने कुरा हैन । संस्थालाई बदनाम गर्नेहरू काठमाण्डू जानकै लागी क्रियाशीलको दुकानमा कुम जोडेर फोटो सेसन गर्न हीनताबोध हुनुपर्ने हो। आपसमा जति लडे पनि आफ्नो स्वार्थका लागि यिनीहरू एक ठाउँमा भैहाल्छन्। यिनीहरूको झगडा वा मित्रता संस्थाका लागि हैन, स्वार्थका लागि हो भन्ने कसैलाई पनि भ्रम छैन होला। संस्थाको ढुकुटी लुट्नेहरू क्रियाशीलको व्यापार गर्न योग्य र आधिकारिक भएको देख्दा सबै अचम्मित छन्।

    बिपी कोइरालाले कल्पना गर्नुभएको जनसम्पर्क समितिमाथि सौता थपेर ‘जय नेपाल फाउन्डेशन’ जन्माउनेहरू, कांग्रेसको विधानले नचिनेको ’विश्व सञ्जाल’ बनाउनेहरू, पटक–पटक जनसम्पर्क समिति फुटाउनेहरू, संस्थाको नेतृत्व छाडेपछि मरिन्छझैँ गर्नेहरू, कांग्रेसको पत्र र क्रियाशील सदस्यताको पसल थाप्ने बदनाम प्रवासी कांग्रेसीहरू ’एनपी दाइ यो बद्री केसी र उनको समूह एमाले हो, यसलाई मान्यता दिनुहुन्न, जसरी पनि यिनीहरूलाई खारेज गरिदिनुपर्‍यो, बाँकी हामी मिलाउँछौँ’ भनेर साउदलाई मुर्ख बनाउन काठमाण्डूमा व्यस्त छन्। एनपी साउद नेविसंघकै नेतृत्व गरिसकेको मानिस, उनले पक्कै पनि राम्रोसँग बुझेका छन्। वरिपरि बसेर कांग्रेसको हवाला दिनेहरू र बद्री केसीसँग सहकार्य गर्ने कांग्रेसीहरूको कस्ता छन् भनेर।

    कांग्रेसको नाउँमा गैरआवासीय नेपाली संघ फुटाउँदा यसको घाटा कांग्रेसलाई कति हुन्छ भनेर एनपी साउदलाई राम्ररी थाहा छ। अध्यक्ष डा. बद्री र महासचिव गौरीराज जोशीहरूलाई एमालेको बिल्ला भिराउने केही व्यापारी कांग्रेसीहरू माओवादीहरूलाई गैरआवासीय नेपाली संघको सत्ता सुम्पन काँधमा बोकेर पत्रिकाको कार्यालय फन्को मार्दैछन्। जसले जे भने पनि नेपाली कांग्रेसले २०८४ को आमनिर्वाचनमा प्रवासमा बस्ने आफ्ना सदस्य र शुभचिन्तकहरूको साथ र सहयोग लिन प्रवासमा भएका समर्थकहरूको भावनामा चोट पुर्‍याउन हुन्न। गैरआवासीय नेपाली संघको आफ्नै विधान र व्यवस्था छ, त्यसैअनुसार चल्न दिनुपर्छ र उनीहरूसँग भएको पैसा र प्रविधि देशमा लैजान प्रोत्साहन गर्नुपर्छ।

    निर्वाचित अध्यक्ष डा. बद्री केसीलाई बल लगाएर एमालेको लेप लगाउँदै गर्दा भोलि सिंगै संस्था कतै एमालेको पोल्टामा नपुगोस्। यसतर्फ प्रवासमा नेपाली कांग्रेसका नेता/कार्यकर्ता, कांग्रेसको सिंगो पार्टी, सरकारले राम्रोसँग हेक्का राख्न जरुरी छ।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer