• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

म्याग्दे गाउँपालिका, सुन्तला बेचेर नै भित्र्यायो पाँच करोड बढी


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढि रकम भित्राएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।

    Advertisement

    समितिका अध्यक्ष निर्मल अधिकारीका अनुसार गत वर्ष चार करोड ५० लाखको बिक्री भएकोमा यस वर्ष पाँच करोड बढीको बिक्री भएको छ । यसवर्ष दाना ठुला लागेको र धेरै फलेकाले बढी आम्दानी भएको अधिकारी बताउनुहुन्छ ।

    बिक्रीका लागि कुनै समस्या नभएको र ठेकदार गाउँमै आएर व्यापारीले सुन्तला खरिद गरी लगेको उहाँको भनाइ छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् ।

    सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढ लगायत जिल्लामा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत उमाचोकको सुन्तला बिक्री हुने कृषकहरु बताउँछन् ।

    सुन्तला मीठो र दाना पनि ठुला भएकाले सुन्तलाका ठेकेदारहरु गाउँसम्मै लिन आउने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यहाँको ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र २३५ घर आवद्ध भएका छन् भने ३० हजारभन्दा विरुवा लगाइएको समितिले जनाएको छ ।

    तनहुँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । यसवर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषक यस वर्ष ३० करोड रुपियाँ आम्दानी लिएका छन् । उत्पादन र मूल्यामा वृद्धि सुन्तला खेतीमा विस्तार भएकोले गत वर्षभन्दा चार करोड सुन्तला बढी बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।

    खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको परियारले बताउनुभयो । परियारले भन्नुभयो, ‘‘गत वर्ष २६ करोड रुपियाँ आम्दानी गरेका थिए यस वर्ष चार करोड वृद्धि भएर ३० करोड बिक्री भएको छ ।’’

    जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार छ सय ८७ हेक्टरमा खेती गरिएकोमा नौ हजार आठ सय छ मेट्रिक टन सुन्तला उत्पादन गरि २६ करोड आम्दानी गरेको यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानीमा वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो ।

    आव २०७८/७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मनग्य आम्दानी हुन थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिईने गरिएको छ ।

    देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । कृषकलाई उत्साहित बनाउनका लागि बगैंचा व्यवस्थापना मद्दत गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो । खाल्टो खन्न, सिँचाइका लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरु काट्ने मेसिन तथा घरदैलोमा ने पुगेर प्राविधिक ज्ञान दिने गरिएको लामिछानेले जानकारी दिनुभयो ।

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer