• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फोहोरबाट कम्पोस्ट मल बनाउदै काठमाडौं महानगरपालिका


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ । यसका लागि महानगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गरिएको हो ।

    Advertisement

    वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार किलोग्राम जैविक फोहोर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ् गरिएको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गरिन्छ,छुट्टै ढुवानी गरिन्छ । व्यवस्थापन पनि छुट्टाछुट्टै गरिन्छ ।

    घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी यस वडाबाट गरिएको हो । ५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जन भन्नुहुन्छ, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ मल उत्पादन हुने प्रक्रियाका विषयमा थप्दै महर्जन भन्नुहुन्छ, ‘फोहोरलाई एक हप्तामा एक पटक पल्टाउनु पर्छ ।’

    वडा नं. २७ मा फोहोर वर्गीकरण गरेर माघ २१ गतेबाट टेकु ल्याउन थालिएको हो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्ममा ४ वटा पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

    ‘फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहोर उत्पादनको स्वरुपमा परिवर्तन आएको छ ।’ विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘फोहोर छुट्याउन थालेपछि कुहिने फोहोरलाई उत्पादक आफैँले मल बनाउन थाल्नु भएको छ । नकुहिने फोहोर बेच्न र पुनःप्रयोग गर्न थाल्नु भएको छ । फोहोर एकै ठाउँमा हुँदा चाहिँ मल बनाउन झन्झट, विक्री पनि नहुने थियो । अब मल बनाउन पनि मिल्छ विक्री गर्न पनि मिल्छ । यसकारण संकलन हुने फोहोरको मात्रा नै घटेको छ ।’

    वडा नं. २७ ले फोहोर वर्गीकरण र ढुवानीका लागि निरन्तर निगरानी गरिरहेको छ । उत्पादकलाई वर्गीकरणका लागि प्रोत्साहन गर्ने, सचेतना वढाउने र सहभागी गराउने कामलाई निरन्तर सञ्चालन गरिरहेको छ ।

    यसरी उत्पादन हुने फोहोर संकलन गर्न महानगरपालिकाको रङ्ग संकेतसहितको सवारी साधन जान्छ । एउटै गाडीको हरियो रङ्ग भएको कोठामा कुहिने र नीलो रङ्ग भएको कोठामा नकुहिने फोहोर संकलन गरेर ल्याउँछ । संकलित फोहोरलाई छुट्टाछुट्टै ठाउँमा खन्याएर प्रशोधन गर्ने गरिएको छ ।

    वडाबाट संकलन हुने फोहोर मिसिएर आउने क्रम धेरै घटेको छ । कहिलेकाही कसैले मिसाउने गरेका छन् । यसलाई न्यूनीकरण गरेर मिसावटलाई शून्य बनाउने अबको काम हो ।

    जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर

    भान्छाबाट कुहिने र नकुहिने गरी २ खालको फोहोर उत्पादन हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोरलाई पुनःप्रयोग गर्न वा बेच्न सकिन्छ । कुहिने फोहोरबाट मल बनाउन सकिन्छ । आफूले यसरी प्रयोग गर्न सकिएन भने महानगरपालिकाले पठाएको फोहोर संकलन गर्ने सवारी साधनमा छुट्टाछुट्टै राखेर पठाउन सकिन्छ ।

    तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हो ।

    प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हो ।

    यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, घरमा ल्याइएका म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।-मेट्रो न्युज

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer