• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

न्युयोर्कका नेपाली उबर चालकले पाए साढे १४ लाख डलर क्षतिपूर्ति


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • न्युयोर्कका नेपाली उबर चालकले सन् २०१५ मा भएको एउटा दुर्घटनामा साढे १४ लाख डलर क्षतिपूर्ति पाएका छन् । झण्डै साढे ८ बर्षसम्मको कानूनी लडाईपछि उनले क्षतिपूर्ति पाउन सफल भएका हुन् ।

    Advertisement

    सन् २०१५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एकजना यात्रु छाडेर फर्कने क्रममा उनको गाडीलाई विमानस्थल नजिकै एयरलाइन्सको शटल बसले ठक्कर दिएको थियो । दुर्घटनामा उनी घाइते भएका थिए ।

    घाइते भएका कारण काममा जान नसक्ने अवस्था आएपछि उनले ब्लाक कार फण्डबाट अपंगता भत्ता समेत प्राप्त गरेका थिए भने ठक्कर दिने बस कम्पनीविरुद्ध मुद्दा दायर गरिएको थियो । बस कम्पनीले पनि आफ्नो गल्ती नभएको दावी गर्दै मोसन फाइल गरेको थियो । तर न्यायाधिसले उबर चालकका तर्फबाट फाइल गरेको मोसन अगाडि बढाउन स्वीकृति दिए भने बस कम्पनीका तर्फबाट फाइल गरिएको मोसन अस्वीकृत गरिदिए ।

    जुरी छनौट प्रकृयामा रहेको बेलामा बस कम्पनीले १४ लाख डलर ५० हजार डलर क्षतिपूर्ति दिन तयार भएपछि मुद्दा समाप्त भएको छ । क्वीन्स सुप्रिम कोर्टमा फाइल गरेको उक्त मुद्दामा उबर चालकका तर्फबाट नेपाली मूलका कानुन व्यवसायी दुर्गा भूर्तेलले प्रतिनिधित्व गरेका थिए । चालकलाई क्षतिपूर्ति दिलाउन सफल भएकोमा खुशी व्यक्त गर्दै कानुन व्यवसायी भूर्तेलले यसबाट पीडितलाई केही राहत मिलेको बताए ।

    कानुन व्यवसायी भुर्तेलले व्यक्तिगत चोटपटकका मुद्दाको प्रतिनिधित्व गर्दै आएका छन् भने कैयन मुद्दामा उल्लेख्य सफलता हासिल गर्दै आएका छन् । लेड मुद्दामा उनले पीडितलाई २८ लाख ७० हजार क्षतिपूर्ति दिलाउन सफल भएका थिए भने निर्माणकार्यका क्रममा घाइते एकजना नेपालीलाई २८ लाख डलर क्षतिपूर्ति दिलाएका थिए । ब्रुकलिनमा एकजना व्यक्तिलाई फेडेक्सको ट्रकले हानेको मुद्दामा उनी ४ लाख ५० हजार डलर क्षतिपूर्ति दिलाउन सफल भएका थिए ।

    त्यस्तै क्वीन्समा भवन अगाडि साइडवाकमा हिड्ने क्रममा साइडवाक भत्केका कारण घाइते भएका नेपालीलाई ४ लाख डलर क्षतिपूर्ति दिलाउन सफल भएका थिए । त्यस्तै गतबर्ष लण्ड्रीमा काम गर्ने एक नेपाली कपडा पिकअप गरेर फर्कने क्रममा अपार्टमेन्टको ढोकाले थिचेर घाइते भएपछिको मुद्दामा १२ लाख ७५ हजार क्षतिपूर्ति दिलाउन सफल भएका थिए ।

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer