• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जाखोर तालमा चराको उपस्थिति बढ्यो


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • धनगढी । धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ । पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।

    Advertisement

    धनगढी उपमहानगरपालिका-७ देवहरिया उद्यानमा रहेको यो ताललाई विगतमा माछा पालनका लागि ठेक्कामा दिइएपछि चराहरूको सङ्ख्या घटेको थियो । केही समययता जाखोर तालमा माछा पालन गर्न र मार्नमा रोक लगाइएको छ ।

    माछा पालन कार्य रोकिएपछि तालमा रैथाने र आगन्तुकको चराहरूको उपस्थिति बढिरहेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँस, लामऔंले, बगाले सिम कुखुरा, कर्रा साउरी, विभिन्न प्रजातिका बकुल्लाको सङ्ख्या जाखोर तालमा बढिरहेको छ ।

    यसैबिच, चरा अनुगमनका क्रममा जाखोर तालमा ३६ वटा नकटा चरा फेला परेका छन् । यो सङ्ख्या कैलालीमा दोस्रो बढी हो । यसअघि, रखौना तालमा ४७ वटा नकटा चरा भेटिएका थिए । यो प्रजातिका चराको सङ्ख्या नेपालको पश्चिम तराईमा सबैभन्दा बढी छ ।

    सुदूरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको कालीकिच तालमा सबैभन्दा बढी अभिलेख गरिएको छ । यसै वर्ष कालीकिचमा ६५ वटा नकटा चरा अभिलेख गरिएको छ । कुनै समस्या नभएमा सहर नजिकको जाखोर ताल चरा अवलोकनका लागि अत्यन्त राम्रो गन्तव्य बन्दै जाने भन्दै डङ्गौराले थप्नुभयो, “तर, तालमा रहेको जलकम्भी भने हटाउनु पर्छ ।”

    केही वर्ष पहिलो जाखोर तालमा मालक हाँस र गरुड चरा पनि अभिलेख भएका थिए । तर, ताललाई माछा पालनका लागि ठेक्कामा दिएपछि चराको उपस्थिति नै घटेको थियो । देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा जाखोर ताल फैलिएको छ ।

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer