• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साढे दुईतले घर बनाउन कति हुन्छ खर्च ? जानौं


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • काठमाडौं । घर निर्माणका लागि सुरूमै चाहिने सामग्री हो छड । छडबिना हामी आरसिसी (पक्की) घरको कल्पना पनि गर्न सक्दैनौं।

    Advertisement

    तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति छड चाहिन्छ र खर्च कति लाग्छ भन्ने जिज्ञासा होला।

    यहाँ हामीले निर्माण व्यवसायीहरूको सहयोगमा साढे दुईतले घरमा लाग्ने छडको मात्रा र खर्चबारे जानकारी दिएका छौं।

    घर बनाउन टिएमटी छड प्रयोग हुन्छ। यो छड विभिन्न ब्रान्डमा पाइन्छ। ब्रान्डअनुसार मूल्य पनि फरक हुन्छ।

    छड विभिन्न आकारका हुन्छन्। छडको आकारले पनि मूल्यमा फरक ल्याउँछ। सामान्य घर बनाउन ८, १०, १२, १६, २० एमएम (मिमी) को छड प्रयोग हुन्छ। त्यस्तै अपार्टमेन्ट, हाउजिङ लगायत ठूला परियोजनामा ३२ एमएम (मिमी) सम्मको छड प्रयोग हुन्छ।

    पछिल्लो समय संरचना निर्माणको काम सुस्त छ। त्यसैले निर्माण सामग्रीहरूको माग घट्दो छ। मूल्य पनि धेरै हेरफेर भएको छैन। माग नहुँदा छडको मूल्य भने घट्दो क्रममा छ।

    पछिल्लो दुई सातामा डन्डीको मूल्य प्रतिकिलो चारदेखि पाँच रूपैयाँ घटेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले जानकारी दिए।

    उनका अनुसार दुई साताअघि डन्डी प्रतिकिलो ९७ देखि ९८ रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले घटेर प्रतिकिलो ९३ देखि ९४ रूपैयाँमा कारोबार भइरहेको छ।

    ‘खासै माग छैन। त्यसैलेर प्रतिकिलो ५० पैसा, एक रूपैयाँ गरेर मूल्य घटाइरहेका छन्,’ उनले भने, ‘माग बढेन भने अझै घट्न पनि सक्छ।’

    उनका अनुसार पञ्चकन्या ब्रान्डको डन्डी अन्यको तुलनामा प्रतिकिलो १५ देखि २० रूपैयाँ महँगो छ। तर पहिलेको तुलनामा यसको पनि भाउ घटेर एक सय १६ रूपैयाँमा कारोबार भइरहेको छ।

    छडको मूल्य आकार अनुसार दुई प्रकारले निर्धारण गरिएको हुन्छ — आधार दर (बेस रेट) र आधार दरमा थप साढे तीन रूपैयाँ।

    १०, १२ र १६ एमएम (मिमी) को डन्डीको भाउलाई आधार दर मानिन्छ। त्यस्तै ८, २० र २५ एमएम (मिमी) को डन्डीको भाउमा आधार दरमा थप साढे तीन रूपैयाँ जोडिन्छ।

    अहिले बजारमा डन्डीको आधार दर अर्थात् १०, १२ र १६ एमएमको किलोको ९३ देखि ९४ रूपैयाँ छ। अनि ८, २० र २५ एमएमको डन्डीको ९६ देखि ९७ रूपैयाँ ५० पैसा छ। यिनको तुलनामा अपार्टमेन्ट लगायत ठूला भवन बनाउने डन्डी किलोमा ७ देखि ८ रूपैयाँ महँगो हुन्छ।

    ‘यो भाउ ब्रान्ड र कम्पनी अनुसार थोरै फरक हुन्छ,’ साखःले भने।

    साढे दुईतले घर बनाउन छडमा कति पैसा छुट्ट्याउनु पर्ला?

    यहाँ हामीले आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपालका सह–संस्थापक आर्किटेक्ट इञ्जिनियर सत्येन्द्र भट्टराईको सहयोगमा साढे दुईतले घर बनाउँदा छडमा लाग्ने खर्चको विवरण निकालेका छौं।

    यो नौ सय वर्गफिट क्षेत्रफलमा बन्ने घरको लागत अनुमान हो।

    भट्टराईका अनुसार छडको अनुमान डिजाइनले निर्धारण गर्छ। घरमा राखिने पिलर, स्ल्याब र बिमको आकारले खर्च घटबढ गराउँछ।

    डन्डी धेरैजसो पिलर, बिम, स्ल्याब र भर्‍याङमा प्रयोग हुन्छ। आवश्यकता अनुसार फरक–फरक आकारका राखिन्छ।

    ‘घरको लोड (भार), पिलरबीचको दुरी र घरको उचाइ अनुसार डन्डीको आकार निर्धारण हुन्छ,’ उनले भने।

    स्ल्याबमा १० र ८ एमएमको डन्डी प्रयोग हुन्छ। त्यस्तै बिममा ८, १२ र १६ एमएमको प्रयोग हुन्छ भने पिलरमा १२, १६ र २० एमएमको लाग्छ। रिङ बाँध्न पनि ८ एमएमकै डन्डी प्रयोग गरिन्छ।

    ‘यसको आधारमा भन्दा साढे दुईतले घरका लागि जगदेखि छतसम्म १४ हजार किलो डन्डी प्रयोग हुन्छ,’ आर्किटेक्ट इञ्जिनियर भट्टराईले भने।

    अहिलेको मूल्यअनुसार १४ हजार किलो डन्डीका लागि साढे १३ लाखदेखि साढे १३ लाख रूपैयाँसम्म खर्च छुट्ट्याउनुपर्छ।

    यो खर्चमा छड किनेको ठाउँदेखि घर बनाउन लैजाने ठाउँसम्मको लगेको ढुवानी ज्याला जोडिएको छैन।

    त्यस्तै घरको तला अझै थप्ने हिसाबले बनाइएको छ भने, डन्डीको मात्रा र खर्च दुवै बढ्न सक्छ।

    यो सामान्य फ्ल्याट सिस्टममा बनाइने घरको लागत अनुमान हो। घरको डिजाइनले पनि खर्च घटबढ हुन्छ।

    डन्डी किन्दा यी कुरामा ध्यान दिनुहोस्

    साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। ग्रेडले डन्डीको बलियोपन बुझाउँछ। उच्च ग्रेडको भए थोरैले काम चल्छ र बलियो पनि हुन्छ। लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन मद्दत गर्छ।

    योसँगै छडको गुणस्तर, भारवहन क्षमता र लचकताबारे पनि उत्तिकै सचेत हुनुपर्छ।

    निर्माण कम्पनीले छडको प्रयोगशाला परीक्षण नगरी बजार पठाउन पाउँदैन। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।

    त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम छ। त्यसैले प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन।

    अनि, घर बनाउनुअघि आफ्नो आवश्यकता के हो भन्नेबारे कुशल इञ्जिनियरसँग सुझाव लिनुपर्छ। घर निर्माणमा लाग्ने खर्च, घर कस्तो बनाउने भन्ने कुरामा भर पर्दछ ।(सा स)

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer