• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुधमाथिको राजनीतिको सिकार बन्दै किशान र उपभोक्ता, निरिह राज्य


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय दुग्धजन्य पदार्थ बिक्री हुन नसकेको भन्दै व्यवसायीले किसानलाई करिब ५ महिनायता दुधको भुक्तानी गरेका छैनन् । एकातिर सरकारले निर्धारण गरेको मूल्यभन्दा कममा किसानले दुध बिक्री गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ उपभोक्ता बढी मू ल्यमा दुध खरिद गर्न बाध्य छन् ।

    Advertisement

    कृषकले उत्पादन गरेको कच्चा दुधको मूल्य उत्पादनस्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरिएको थियो । तर हाल किसानले प्रतिलिटर ५० रुपैयाँमा समेत दुध बिक्री गरिरहेको डेरी विज्ञ डा.नारायण श्रेष्ठले बताए ।

    ‘हाल किसान ५० रुपैयाँ प्रतिलिटरमा दुध बेच्न तयार छन्,’ उनले भने, ‘हामीले दुधको मूल्य बढायौँ तर गुणस्तर बढाएनौँ ।’

    किसानबाट खरिद गरिएको प्रतिलिटर ६५ रुपैयाँको दुध उपभोक्तासम्म आइपुग्दा एक सय रुपैयाँभन्दा बढी पर्न जान्छ । दुग्धजन्य पदार्थबाट बन्ने प्रशोधित वस्तुको तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने जिम्मेवारी सरकारी निकायको रहेको नेपाल डेरीएसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले उल्लेखगरे ।

    ‘दुध विकास संस्थान, नेपाल डेरीएसोसिएसन, डेरी उद्योगसँग कति पाउडर स्टक छ भन्ने यथार्थमा ल्याउन सकेन भन्ने गुनासो आएको छ,’ उनले भने, ‘देशभर पाँच वटा पाउडर पालन्ट छ, यिनीहरुलाई तीन घण्टाभित्र चिट्ठी काटेर कुन उद्योगले साउनदेखि फागुनसम्म कति पाउडर बनायो भन्नेबित्तिकै यथार्थ कुरा आइपुग्छ ।’

    दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न उद्योगी तथा व्यवसायीले प्रशोधित दुधबाट बन्ने बटर, दुध पाउडर, घिउ, पनिर लगायत वस्तु बिक्री नभएको भन्दै किसानलाई भुक्तानी दिन नसकेको बताएका छन् । तर उनीहरुले यी वस्तुको मौज्दात कति छ भन्ने तथ्याङ्क उपलब्ध गराउन सकेका छैनन् ।

    दुग्धजन्य पदार्थमा देखिएको समस्या के हो ?

    दुधको मूल्य वृद्धि भएकाले उपभोक्ता घटेको सम्बद्ध अधिकारीले दाबी गरेका छन् । सरकारले गत वर्ष फागुनमा दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरेसँगै गुणस्तरमा ध्यान नदिएको डेरी विज्ञ डा. श्रेष्ठले उल्लेख गरे । ‘बजारको माग अनुसार दुधको गुणस्तर कायम हुन सकेको छैन,’ उनले भने ।

    बजारमा बिक्री हुने दुधको गुणस्तरभन्दा मूल्य बढी भएको डेरी विज्ञ सियाराम सिंहले बताए । ‘दुधको गुणस्तरभन्दा मूल्य बढी भयो,’ उनले भने, ‘नेपाल र भारतको एकै प्रकारको दुधको मूल्यमा ५ रुपैयाँको फरक छ। ’

    सिंहले दुध व्यवसायी र किसानबिच प्रत्यक्ष सम्पर्क नहुँदा पनि समस्या देखिएको सुनाए । ‘बजार अनुसार दुधको मूल्य निर्धारण हुनुपर्छ,’ उनले भने ।

    छैन कसैसँग वास्तविक तथ्याङ्क

    पछिल्लो समय किसानले दुध बिक्री गरेबापत रकम भुक्तानी पाउन सकेका छैनन् । तर किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्क सरकारी निकाय र दुग्ध उद्योगीसँग छैन । मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको करिब ४ अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको बताए । तर दुधसँग सम्बन्धित विभिन्न संघसंगठनले किसानले करिब ६ अर्ब रुपैयाँ रकम भुक्तानी पाउन नसकेको दाबी गरेका छन् ।

    आन्दोलनको तयारीमा किसान

    सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसान आन्दोलन गर्ने तयारीमा छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै किसानको संगठन राष्ट्रिय किसान सञ्जालले सरकार समक्ष १६ बुँदे माग राखेको छ।

    राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दुधको भूक्तानीसमेत नपाएको प्रति पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

    दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन , भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्यमात्र निर्धारण गरि एकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

    यस्तै, बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन पनि उनीहरुले माग गरेका छन् । आफ्ना माग पूरागराउन उनीहरुले दबाबमुलक कार्यक्रमसमेत घोषणा गरिसकेका छन् ।

    के गर्दैछ सरकार ?

    दुग्धजन्य पदार्थ आयातमा रोक लगाउनुका साथै दुधमा गुणस्तर कायम गर्ने तयारी गरेको सरकारी अधिकारीहरुको दाबी छ । पछिल्लो समय सरकारले स्वदेशी उत्पादन बिक्री नहुने समस्या देखिएको भन्दै दुग्धजन्य वस्तु आयातमा रोक लगाएको कृषि तथा पशु पन्छी मन्त्रालयका सहसचिव सम्झना कुमारी काफ्लेले बताइन् ।

    ‘मन्त्रालयले दुग्धजन्य वस्तु पैठारीमा रोक लगाइसकेको छ’ उनले भनिन्, ‘किसानहरुलाई के–कति रकम भुक्तानी गर्न बाँकी छ, त्यसको विवरण लिएर आउनुस्, छलफल गरौँला, सहुलियतपूर्ण ऋणको सहजीकरण मन्त्रालयले गर्नेछ ।’

    सरकारले दुधको गुणस्तर कायम गर्न तयारी गरिरहेको पशु सेवा विभागका अधिकारी रेशम ज्ञवालीले बताए । ‘दुधको गुणस्तर कायम राख्न किसानको फार्मलाई दर्ता गरी जीएसको लोगो दिने तयारी गर्दैछौँ,’ उनले भने, ‘उद्योगीसँग भएको सम्झौता अनुसार कारबाही गर्न पाउने गरी नियम बनाउँदै छौँ, यसले दुग्ध क्षेत्रमा देखिने समस्या समाधान गर्ने छ ।’

    के गर्न सकिन्छ ?

    पछिल्लो समय देखिएको समस्यालाई समाधान गर्न दुधको बजारमा ध्यान दिनुपर्ने सम्बद्ध अधिकारीले बताएका छन् । दुधको बजार राम्रो बनाउन, दुधको गुणस्तर कायम गर्न डेरी विज्ञ डा. नारायण श्रेष्ठले सुझाएका छन् । यसका साथै दुध खरिद गर्दा उपहारको व्यवास्था वा लक्षित वर्ग अनुसार बजारको अनुसन्धान गरी व्यवस्थापन गर्न उनले सुझाए।

    हाल देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायले सहुलियत दिनुपर्ने डेरी विज्ञ सियाराम सिंहले सुझाए । ‘हाल देखिएको समस्यालाई समाधान गनुपर्छ,’ उनले भने, ‘निर्यात बिन्दुमा तत्काल दुग्धजन्य पदार्थमा प्रतिकिलो एक सयदेखि १५० रुपैयाँ सहुलियत दिनु पर्छ ।’

    नेपालमा उत्पादित दुग्धजन्य पदार्थको विषयमा अध्ययन हुनुपर्ने निर्यात व्यवसायी संघका उपाध्यक्ष दुर्गा विक्रम थापाले बताए । ‘नेपालबाट कुनकुन डेरी प्रोडक्ट निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘सो विषयमा अध्ययन हुन आवश्यक छ ।’

    स्वदेशी कच्चा पदार्थ प्रयोग हुने डेरी उद्योगलाई सहुलियत खर्च पनि उपलब्ध गराउन आवश्यक रहेको उनले सुझाए । नेपालमा दैनिक कुल ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । यस्तै करिब ३० लाख घरपरिवार दुध उत्पादन क्षेत्रमा संलग्न छन् । नेपालको कुल गार्हस्थ उत्पादनमा दुधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer