• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम: सभामुख


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई थियो ।

    Advertisement

    राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे ।

    उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताए । उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

    सभामुख घिमिरेले भने, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढङ्गले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक सङ्घ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन । यो जानकारी राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरूले आम जनताको बीचमा यो स्वास्थ्य बीमा भनेको के हो ? र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरू के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यस भित्र देखा परेका विकृतिहरू के हुन् ? यसको बारमा पनि मसिनोसँग तल जनताको बीचमा लगियो भने यी धेरै कुराहरू नियन्त्रण हुन सक्छन् । मैले यो चर्चा गरिरहँदाखेरी राजनीतिक कर्मीहरू अथवा अहिले निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न तहको सरकारमा काम गरिरहेका जनप्रतिनिधिहरूको भूमिका जाँदै महत्त्वपूर्ण हुन्छ । हिजो यी सबै प्रणाली नहुँदा नहुँदै पनि मैले आफैले पनि सम्झिँदाखेरि विफर भन्ने रोग ठाउँ अनुसार विभिन्न भनियो । खटिरा आउने र मान्छेहरू मर्ने क्रम थियो । त्यो परिवारमा मात्रै सीमित नभएर टोल टोलमा पनि मानिसहरू मरेर गए । त्यसको निराकरण नै हुन सक्दैन भनेर ईश्वरलाई पुकार्ने चलनहरू पनि थिए । हामो देशमा त्यसको निर्मूल नै गर्ने कामहरू भयो । टिभी रोगको पनि हल भएर गयो । एवं रूपले अहिले चर्चा गर्दा खेरी क्यान्सर जुन रूपबाट आएको छ । मलाई के भन्न मन लाग्छ भने यो डरलाग्दो रोग हो । यो एकदम भयावह रूपबाट बढिरहेको छ । त्यस मानेमा पनि हामीले यसलाई हेर्नुपर्छ । तर यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका उपायहरू खोज्न सकिन्छ । अहिले धेरै व्याख्या गरे । यसको आधारबाट पनि यो रोग लाग्नु भन्दा अगाडि नै समय समयमा चेक गर्ने यसको आवश्यकतालाई हामीले बुझाउन सकिरहेका छैनौँ । यस मानेमा पनि जनप्रतिनिधिहरूले यसलाई बुझाउने कुरालाई भयावह छ भनेर आत्तिएर बस्ने होइन कि त्यस रोगको उपचारको तयारी गर्ने । त्यो रोग लाग्न नदिने गरी चेतना फैल्याउने काम जनप्रतिनिधिहरूले गर्नुपर्छ ।’

    कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन् । क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएका उनले किशोरीहरूलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गरिन् ।

    सभापति थापाले भनिन्, ‘क्यान्सर रोगलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गर्दछौँ । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौँ । किशोरीहरूका लागि पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न सरकारसँग माग गर्दछौँ ।’

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए । उनले काठमाडांै उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए ।

    सांसद सुवालले भने, ‘काठमाडौं उपत्यकाका जनतालाई फोक्सोको क्यान्सर लाग्छ है भनेर सचेत गराउनुपर्ने भयो । गरिब क्यान्सरका कारण धेरै मरेको देखियो । यो समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने देखियो । यो रोग नियन्त्रणका लागि प्रमुख दलको शीर्ष नेताहरूको ध्यान जानुपर्ने देखियो । ’ सांसद सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरूका लागि विशेषे सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताए ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer