• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारको आलोचना, कांग्रेसबाट नै


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • काठमाडौं । मन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले निरन्तर घेरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले पनि सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले सरकारको कामकारबाहीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।

    Advertisement

    ६ फागुनयता बसेका प्रतिनिधिसभाको हरेक बैठकमा विपक्षी दलहरुले बालकुमारी घटनालाई लिएर भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको समेत राजीनामा मागेको छ ।

    आइतबार भने सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका सांसदहरुले पनि मन्त्रीहरुको आलोचना गरे ।

    कांग्रेस सांसद सञ्जयकुमार गौतमले सरकार भएको अनुभूति गर्न नसकेको बताए । ‘आफ्नै गठबन्धनको सरकार छ । सरकार भएको अनुभूति गर्न सकेका छैनौं’, विशेष समय लिएर बोलेका गौतमले भने, ‘जताततै निराशा छ । यो देश सिण्डिकेटले चलेको छ भन्ने आम भाष्य छ । मलाई पनि त्यस्तै त्यस्तै लाग्छ ।’

    सञ्जय गौतम
    किसानले मल, बिउ मात्र होइन, उत्पादनको बजार समेत नपाएको भन्दै उनले अगाडि भने, ‘यति विकराल छ परिस्थिति, तर सरकार के मा रमाएको छ ? के मा अडिएको छ ?’

    आफूलाई मतदाताले बबई नदीमाथि जब्दीघाट पुल कहिले बन्छ भनेर सोधिरहेको भन्दै उनले भने, ‘जनतालाई के जवाफ दिऊँ । मन्त्रीजी फाइल अर्थ मन्त्रालय गएको छ भन्नुहुन्छ । अर्थमन्त्रीजी फाइलै आएको छैन भन्नुहुन्छ । कर्मचारी मन्त्रिपरिषदले निर्णय नगरी पैसा हाल्न सकिँदैन भन्छन् । कसको कुरा पत्याउनु ? आफ्नो मन्त्रीको कुरा पत्याउँ कि गठबन्धनको मन्त्रीजीको कुरा पत्याऊँ ? यसरी यो मुलुक चल्छ सभामुख महोदय ?’

    सांसद गौतम विकास निर्माणसँग सम्बन्धित १५ बुँदे माग राखेर वैशाख पहिलो साता बर्दियामा अनशन बसेका थिए । यो पुल २०७४ सालमा भत्किएको थियो । बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनसन बसेका गौतमले सारेको मागको पहिलो बुँदामै जब्दीघाट पुल थियो ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि अलि गम्भीर हुन आग्रह गरेका छन् ।

    पर्यटन मन्त्रीमाथि प्रश्न

    कांग्रेसका सांसदहरु सांसद रामहरि खतिवडा, श्यामकुमार घिमिरे, सुनिल शर्मा लगायतले नेपाल वायु सेवा निगमको नयाँ जहाज खरिद प्रक्रिया र राजनीतिक नियुक्तिहरुलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीमाथि गम्भीर प्रश्न उठाए ।

    ‘अहिले निगम ४८ अर्ब घाटामा डुबेको छ । साँवाको त कुरै छोडौं चार वर्षदेखि ब्याज तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडीको ३४ अर्बको ब्याज तिर्न सकिएको छैन’, मन्त्री किरातीको भूमिकामाथि सांसद खतिवडाले आशंका गरे ।

    झण्डै ८ अर्बमा लिइएको ६ चिनियाँ जहाज लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन नसकेको, एउटा अर्को जहाज १० वर्षदेखि बिग्रिएर थन्किएको, निगमका बाँकी चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी घाटामा चलिरहेको सांसद खतिवडाले बताए ।

    यस्तो अवस्थामा थप जहाज किन्ने र भाडामा लिने प्रक्रिया अगाडि बढेको भन्दै उनले प्रश्न गरे, ‘आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पु‍याउने हो ?’

    रामहरि खतिवडा
    नेपाल वायु सेवा निगमले नै गरेको अध्ययनमा नयाँ जहाज ल्याउन सक्ने अवस्था नरहेको देखिए पनि खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै कांग्रेस सांसद खतिवडाले भनेका छन्, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ, जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’

    पर्यटनमन्त्रीले वायु सेवा निगममा अनावश्यक रुपमा ६२ जना कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्त गरेको पनि उनले आरोप लगाए । लुम्बिनी विकास कोषको उपाध्यक्ष ल्हारक्याल लामा र पशुपति विकास कोषमा भएको नियुक्तिमा पनि खतिवडाले प्रश्न उठाए ।

    ‘चाहे नेपाल एयरलाइन्समा भएको नियुक्ति होस्, चाहे पशुपति विकास कोष वा लुम्बिनी विकास कोषमा होस्, त्यहाँ भएका नियुक्ति एकचोटी हेरियोस्’ कामका आधारमा नभई दामका आधारमा नियुक्त हुन थालेको भन्दै उनले भने, ‘गौतम बुद्ध शान्तिका दूत । शान्तिका दूतको नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्त गरेपछि देशको हालत के होला सभामुख महोदय ?’

    दुई तारे होटेललाई चार तारे बनाउँदा पनि चलखेल भएको भन्दै कांग्रेस सांसद खतिवडाले प्रश्न गरे, ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’

    मन्त्रीले सस्तो लोकतप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गरेर भिडियो हालेर राम्रो देखिन खोजेको उनले बताए ।

    कांग्रेसकै सांसद श्यामकुमार घिमिरेले पनि नयाँ जहाज खरिद प्रक्रियामै प्रश्न उठाए । ‘जहाज किन्ने र भाडामा लिने काममा पर्यटनमन्त्री लाग्नुभएको छ’, उनले भने, ‘विगतमा जति पनि यस्तो काममा लागेका मन्त्रीहरु थिए, सबै अख्तियारमा पुगिसके । फेरि वर्तमान मन्त्री किन यसमै लागेको होला ?’

    प्रधानमन्त्री आफ्नै वचनमा दृढ रहेनन्

    कांग्रेस सांसद घिमिरेले प्रधानमन्त्रीमाथि समेत आफ्नै वाचाहरु बिर्सिएको आरोप लगाए । ‘प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा भागवण्डा अन्त्य हुन्छ भन्नुभयो, जनतामा आशा जागृत भयो । तर प्रधानमन्त्री आफ्नै वचनमा दृढ रहनुभएन र फेरि भागवण्डा गर्नुभयो’ सांसद घिमिरेले भने, ‘यसरी त मुलुक चल्दैन ।’

    सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध चर्को कुरा गरिरहेपनि जनतामा हरेक काममा भ्रष्टाचार हुन्छ भन्ने भाष्य स्थपित हुँदै गरेको कांग्रेस सांसद घिमिरेको विश्लेषण छ । उनले अगाडि भनेका छन्, ‘यहाँ हरेक चिजमा भ्रष्टाचार र अनियमितता हुन्छ भन्ने भाष्यले नभएको ठाउँमा पनि शंका लाग्ने भयो ।’

    श्याम घिमिरे
    फागुनमै संसदमा प्रिबजेट छलफल चलाउने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै उनले यसमा धोकाधडी नगर्न सुझाए । ‘प्रधानमन्त्रीले प्रि बजेट छलफल फागुनमै गराउँछु भन्नुभएको छ । यो पूरा गर्नुहोस्’, सांसदका सुझाव र प्राथमिकताका आधारमा बजेट बन्नुपर्नेमा जोड दिँदै घिमिरेले भनेका छन् ।

    कांग्रेसकै सांसद सुनिल शर्माले सरकारले एक वर्षमा गर्न सक्ने काम पनि नगरेको बताए । उनको प्रश्न छ, ‘…सुकुम्बासीहरुका समस्या, द्वैध स्वामित्वको समस्या आजसम्म किन निराकरण भएन ? कहिलेसम्ममा हुने हो ? यो सरकारको पालामा, हाम्रो कार्यकालमा हामीले देख्न पाउने हो वा अर्को चुनाव पर्खिनुपर्ने हो ?’ प्रधानमन्त्री र उनको पार्टीले कांग्रेसको काँधमा बन्दुक राखेर जनतालाई यस्तै बेबकुफ बनाउने काम गरिरहेको त होइन भनेर शर्माले शंका गरे

    नेपाल आउने पर्यटकले २५ हजार रुपैयाँ भन्दा बढी भारु ल्याउन नपाउने नीति पुनरावलोकन गर्न पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेको उनको गुनासो छ ।

    ‘प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको ?’ उनले भने, ‘एक रुपैयाँ पैसा नभएका …लाई मात्रै ल्याएर टुरिजम इण्डस्ट्री चलाउने हो ? होइन भने यो कानुन÷नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ ।’

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer