• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

१८ वर्षपछि ट्युसन फि फिर्ता माग्दै विद्यार्थी


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • पोखरा । जब कोही विद्यार्थी स्कुलबाट बिदा भएको १८ वर्षपछि हातमा प्रमाणपत्र बोकेर फर्किन्छ र आफूलाई पढाएका शिक्षकहरुसँग ट्युसन फि फिर्ता माग्छ ।

    Advertisement

    त्यो स्कुलमा पढेर आफूलाई कुनै शिक्षा प्राप्त नभएको सुनाउँछ । शैक्षिक प्रमाणपत्र बोकेर पनि आफू बेरोजगार भएर हिँड्नुपरेको सुनाउँछ । त्यो विद्यालयको शैक्षिक प्रणालीले असक्षम र गधा बनाएको सुनाउँछ ।

    ‘यदि म यहाँ पढेर धनी भएको भए यहाँ आउने थिएन । अहिले म गरिब छु । म मेरो ट्युसन फि फिर्ता माग्न आएको हुँ’, विद्यार्थीले हेडमास्टरलाई जंगिँदै भन्छ, ‘अहिले मेरो परीक्षा लिनुस् । म फेल हुन्छु ।’

    अझ आफूलाई पैसा फिर्ता नदिए ‘युट्युबर’ बोलाएर पोल खोलिदिनेेसमेत धम्की दिन्छ ।

    वर्षौंपछि स्कुलमा आएको एउटा विद्यार्थी, जो हेडमास्टरको स्मृतिबाट हराइसकेको हुन्छ । त्यही विद्यार्थीले विद्यालयमाथि नै प्रश्न उठाउँदै पैसा फिर्ता मागेपछि के हुन्छ होला ?

    अल्छी र फोहोरी हेडमास्टर हड्बडाउँछ । र, तत्कालै सबै शिक्षक, कर्मचारीलाई ‘असाधारण बैठक’ डाक्छ । सबै शिक्षकले आआफ्नो योजना सुनाउँछन् । ‘बालानन्द फेल हुनुहुँदैन । हामीले गाह्रो प्रश्न गराउँदैनौं । ऊ फेल भयो भने ऊ सफल हुन्छ । सल्लाहमै उसलाई पास गराउनेछौं’, गणित पढाउने शिक्षकले योजना बनाउँछन्, ‘उसले पैसा फिर्ता पायो भने भोलि सबै आउनेछन् ।’

    त्यसपछि ? बालानन्दका लागि पालैपालो नानाथरि प्रश्न सोधिन्छ । उसले सबैको गलत जवाफ दिन्छ । तर, सही भइरहेको हुन्छ । कसरी ? जवाफ थाहा पाउन सोमबारदेखि पोखरा नाटक घरमा सुरु भएको नाटक ‘रिफन्ड’ हेर्नुपर्छ ।

    उक्त नाटक हंगेरियन लेखक पि|mज क्यारेन्थीले सन् १९३८ मा लेखेका हुन् । कक्षा ११ को पाठ्यपुस्तकमा समेटिएको उक्त नाटकलाई नेपालीमा नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् भने परिवर्तनले निर्देशन गरेका छन् ।

    कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावकसहित नाटकपारखीका लागि उपयुक्त हुने परिवर्तनले जानकारी दिए । निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण हुने यो नाटकले सन्देशसमेत बोकेको बताए ।

    ‘नाटकले घोकन्ते शिक्षाभन्दा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ’, निर्देशक परिवर्तनले भने, ‘विद्यार्थीलाई थियटरसम्म जोड्न पनि पाठ्यपुस्तकमा भएका नाटकलाई बढी जोड दिइरहेका छौं ।’

    फागुन ३० गतेसम्म चल्ने नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।

    बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

     

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer