काठमाडौँ । ओठ मानिसको सुन्दरताको प्रतिरुप हो। विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन्।सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन्। यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ।
युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् ।
तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुमपान असरले ओठ कालो भइदिन्छ । चुरोटको सेवन, महिलाको हकमा थरी थरीका लिपिस्टिक लगाउँदा र कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।
पछिल्लो समय गुलाबी ओठ बनाउनका लागि युवा युवतीहरू विभिन्न प्रकारका कस्मेटिक सामग्रीहरूको प्रयोग गर्ने गर्छन् । यसरी साइड इफेक्ट गर्ने गरेको पनि धेरै उदाहरणहरू देख्न सकिन्छ ।
गुलाबी ओठ बनाउन केही घरेलु नुस्का पनि अपनाउन सकिन्छ । जुन सामग्री र तरिका यस्ता छन्–
गुलाबको पात: गुलाबको पातलाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाएर बनेको घोललाई नियमित रूपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने गरेमा ओठ गुलाबी र चम्किलो हुन्छ ।
चिनी र जैतुनको तेल: एक चम्चा चिनीमा जैतुनको केही थोपा तेल मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ र ओठको सौन्दर्य बढ्छ ।
तिलको तेल र बेसारको लेप: थोरै बेसारमा तिलको तेल मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने । यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।
कागती: कागती निचोरेको खोस्टोले बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने गर्दा पनि ओठ गुलाबी हुन्छ ।




