• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नारा नभेट्टाएको राजनीति!


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • हरेक युगले आफ्नो समयको नारा निर्माण गर्छ । जब कुनै समाजले नारा लगाउँछ, तब त्यो समाजले आफ्नो इतिहास निर्माण गर्छ ।

    Advertisement

    जस्तो, सुकरातले भने हरेक चिजमाथि सन्देह गर, प्रश्न गर ।

    किनकि, त्यो बखतको सत्ता प्रश्नभन्दा माथि थियो । जब समाजले प्रश्न गर्न थाल्यो, सन्देह गर्न थाल्यो, तब उक्त सन्देहको सुई सत्तातिर सोझियो । अनि सत्ताले आफ्नो असली अनुहार ढाक्न सुकरातलाई मृत्युदण्ड दियो ।

    तर समयको गड्डीलाई सुकरातको मृत्युले रोक्न सकेन । समाजले आफ्नो नारा भेटिसकेको थियो । त्यही नाराले युनानी सभ्यताको इतिहासलाई बदलिदियो ।

    फ्रान्सेली क्रान्तिले स्वतन्त्रता, समानता र भातृत्वको नारा बोक्यो । तर त्यसले समाजका बहुसंख्यक श्रमजीवीहरूलाई न स्वतन्त्रता दियो, न समानता । बरू त्यसपश्चात बुर्जुवाद्वारा श्रमजीवीमाथिको असीमित शोषण सुरू भयो। एडम स्मिथ, भोल्टेयर, रूसोहरूले उत्पादन गरेका तमाम तर्कहरू श्रमजीवीका लागि भन्द बढी बुर्जुवा वर्ग हितार्थ थिए । त्यसकारण फ्रान्सेली क्रान्तिले श्रमजीवीहरूलाई स्वतन्त्रता र समानता दिन सकेन ।

    फ्रान्सेली क्रान्तिको करिब ६ दशकपछि श्रमजीवीहरूको अन्तिम किस्ताको हिसाबकिताब गर्दै कार्ल मार्क्सले नारा दिए– संसारका मजदुरहरू एक होऔं!

    निकै लामो समय सेन्ट साइमन, रबर्ट ओवेन, चार्ल्स फुरियहरू लगायत अनेक समाजवादी विचारकहरूले समानताको पक्षमा, शोषण र विभेदको विरूद्धमा तर्क, आग्रह गरिरहेका थिए। तर उनीहरूका आग्रहले समाजलाई नारा दिन सकेको थिएन।

    ती सबैको क्षतिपूर्तिसहित मार्क्सले दिएको नाराले सिंगो युरोपलाई हल्लाइदियो।

    सन् १८४८ मा मार्क्सले दिएको त्यो नाराको गुञ्ज युरोपमा मात्रै होइन, विश्वभरि नै फैलियो। धर्तीका सबै श्रमजीवीहरूले आफ्नो श्रमको मूल्य मागदाबी गर्ने नारा भेटे।

    जर्मनी, बेलायततिर बरालिएको मार्क्सको नारा नजिकैको रूसमा पुग्न करिब ५० वर्षभन्दा बढी लाग्यो। कार्ल काउत्स्की, प्लेखानोव हुँदै जब लेनिनसम्म त्यो नारा पुग्यो तब रूसी समाजले ‘जनवादी क्रान्ति’ को नारालाई मूर्त रूप दिँदै भने ‘सम्पूर्ण सत्ता सोभियतलाई’। अनि, जारशाही र केरेन्स्कीको बाँकी हिसाबकिताब पूर्ण रूपले चुक्ता गरिदिए। त्यही परिघटनाले कम्युनिस्ट आन्दोलनको इतिहास निर्माण गरिदियो।

    लेनिनले रूसमा मजदुर वर्गको नेतृत्वमा हुने ‘जनवादी क्रान्ति’ गरेर विचारमा सीमित मार्क्सको नारालाई धर्तीमा टेकाएर देखाइदिए। यसले संसारभरिका श्रमजीवीहरूले आफ्नो श्रमको मूल्य माग्ने लहर चल्यो। मध्यपूर्वका इराक, इरान, अफगानिस्तान जस्ता मुस्लिम समाजहरूले समेत आफ्नो श्रमको मूल्य माग्ने नारा भेट्टायो।

    जब त्यो नारा एसिया पुग्यो, तब अपमानको सय वर्ष भोग्दै, सिंहझैं सुतिरहेको चीन ब्युँझियो। माओ जेदुङले चिनियाँ समाजलाई नारा दिए, र किसान-मजदुरको संयुक्त नेतृत्वमा ‘नौलो जनवादी क्रान्ति’ को बाटो निर्माण गरे। अनि जनरल च्याङ काइसेकको बाँकी बक्यौता चुक्ता गरेर ताइवान टापूमा सीमित गरिदिए। जब चीन ब्युँझिएर हिँड्यो, तब अनेकौं चोटपटक सहित आज विश्वको महाशक्ति बन्ने दौडमा अघि लम्किरहेको छ।

    त्यो नारा माओको रेडबुकमा चेपिएर बनारसको गल्ली हुँदै पुष्पलालसम्म पुग्यो। नेपालका श्रमजीवी किसानहरूले आफ्नो समयको नारा भेटे। त्यो नाराको आधारमा निर्माण भएको भाषाले अनेक साहित्य सिर्जना गरे। अनि माओकै ‘नौलो जनवादी क्रान्ति’ को नारा लगाउँदै भने– जसको जोत उसको पोत!

    सामन्ती व्यवस्थाले गाँजेको नेपाली समाजमा किसानले भूमिको स्वामित्व पाउनु ठूलो कुरा थियो। यस्तो सामन्ती व्यवस्थाको शासनसत्ता राजतन्त्रको नेतृत्वमा थियो। त्यसैले नौलो जनवादी क्रान्तिमार्फत राजतन्त्र अन्त्य गर्नु र किसानलाई जमिनको स्वामित्व स्थापित गर्नु क्रान्तिको मुख्य कार्यभार बन्यो।

    तर नेपालमा लोकतन्त्रको नारा बोकेको राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसको बलियो उपस्थिति थियो। कम्युनिस्ट पार्टीभित्रैको टुटफुट र विभाजनको लहर चलिरहेको थियो।
    सोभियत रसियाको विघटनसँगै विश्व कम्युनिस्ट आन्दोलन चरम विघटनतिर धकेलिएको थियो। यसकारण, कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति हुने र कम्युनिस्ट पार्टीकै शासनसत्ता स्थापित हुने क्रान्तिको मोडल अलमल रहेको अवस्थामा मदन भण्डारीले कम्युनिस्ट पार्टीको मात्रै शासन हुने नभएर कांग्रेस जस्ता विभिन्न पार्टीहरूबीचको चुनावी प्रतिस्पर्धाबाट सरकार बनाएर पनि जनपक्षीय काम गर्न सकिने तर्कसहित ‘जनताको बहुदलीय जनवाद’ लाई अघि सारे।

    मदन भण्डारीको ‘जबज’ ले पनि पुष्पलालको ‘नौलो जनवादी क्रान्ति’ अनुरूप कै अर्धसामन्ती-अर्धऔपनिवेशिक व्यवस्था अन्त्य गर्दै जनवादको स्थापना गर्ने कार्यदिशा बोकेको थियो।
    फरक के थपियो भने – कम्युनिस्ट पार्टीले पनि चुनाव लडेर सरकार बनाउँछ।

    २०५२ सालमा माओवादीले सुरू गरेको युद्धले पनि अर्धसामन्ती-अर्धऔपनिवेशिक व्यवस्था अन्त्य गर्दै जनवाद स्थापना गर्ने पुष्पलालकालीन वा माओको ‘नौलो जनवादी क्रान्ति’ कै कार्यदिशा बोकेको थियो।

    यस्ता अनेक आन्दोलन र संघर्षहरूको जगमा २०६२/६३ को जनक्रान्तिले अर्धसामन्ती व्यवस्थाको सत्ताका रूपमा रहेको राजतन्त्र अन्त्य गरिदियो। र, २०७२ सालमा संविधान जारी भएपछि संविधानमार्फत नागरिकको आधारभूत लोकतान्त्रिक वा जनवादी अधिकारहरूको व्यवस्था गरियो।

    हरेक क्रान्तिपश्चात समाजहरू अलमलिएका छन्।
    त्यो अलमलले बाटो पाएन भने समाजले अर्को संकट बेहोर्नुपर्ने हुन्छ।

    जस्तो, फ्रान्सेली क्रान्तिपछि जुन जिलेटिनमा लुई सोह्रौंलाई गिँडिएको थियो, त्यही जिलेटिनमा क्रान्तिका नेता रोबेस्प्येरलाई नै गिँडियो। रूस, अक्टोबर क्रान्तिपश्चात ‘वार कम्युनिज्म’ मा फस्नुपर्‍यो भने चीनको जनवादी क्रान्तिपछिको अलमलले असफल ‘सांस्कृतिक क्रान्ति’ बेहोर्नुपर्‍यो।
    आज नेपालमा पनि २०६२/६३ को जनक्रान्तिपश्चात बडो अलमल र उकुसमुकुस व्याप्त छ। हिजो क्रान्ति गर्ने पार्टीहरू आजको संकट समाधानका लागि नेतृत्व गर्न असमर्थ देखिन्छन्। अनि, बजारमा ती दलहरूप्रतिको वितृष्णा पोख्दै राजनीतिमा अराजनीतिकरणको परिदृश्य उत्पादन भइरहेका छन्।

    यो अलमलको मुख्य कारण भनेको आजको राजनीतिले आफ्नो नारा नभेट्टाएर हो। त्यसमा पनि कम्युनिस्ट आन्दोलनले हिजो जसरी राजतन्त्रको अन्त्य गरेर किसानलाई ‘जसको जोत उसको पोत’ स्थापित गरिन्छ भन्ने नाराले समाजलाई भाषा दिएको थियो, त्यो भाषाले समाजलाई क्रान्तिको बाटो पनि दिएको थियो।

    नेपालको संविधान २०७२ को प्रस्तावना मै ‘नेपाल समाजवाद उन्मुख राज्य हुनेछ…’ भनेर घोषणा गरिएको छ। आज, नेपाली कांग्रेस बिपीको समाजवादको राग कहिलेकाहीँ अलाप्छ। कम्युनिस्ट पार्टीहरू समाजवादी क्रान्ति कै कुरा गर्छन्। रंगीबिरंगी समाजवादीहरू पनि समाजवादकै कोलाहल उत्पादन गरिरहेका छन्। तर समाजवादका ती तमाम कोलाहलहरूले नारा दिन सकेको छैन।

    हिजो जनवादी क्रान्तिले ‘सामन्तवादको अन्त्य गर्ने, किसानलाई जमिनको मालिक बनाउने’ भनेर जसरी प्रस्ट ढंगले आन्दोलनलाई नारा र बाटो दिएको थियो। आज समाजवादी क्रान्तिको नारा र बाटो भने प्रस्ट हुन सकेको छैन। अब विकास, समृद्धि, सुशासन जस्ता अमूर्त नाराहरूले समाजलाई त्राण दिन छाडिसक्यो। कार्य बिनाका नाराहरूले समाजलाई गिज्याइरहेको प्रतीत हुन्छ।

    हिजो जुन किसानलाई ‘जसको जोत उसको पोत’ को नाराले बाँधेर आन्दोलन उठाइएको थियो, आज त्यो किसानको छोरा पुस्ता त्यो पोत प्राप्त गरिएको खेतखलियान बाँझै राख्छ। अरब, कतारको तातो घाममा पसिना चुहाउन तयार छ । नातिनातिना उच्च माध्यमिक सकेर विद्यार्थी भिसामा युरोप, अमेरिका हान्निन सिङ उध्याउँदैछन्।

    उनीहरू आफ्नो देश छाडेर परदेशको तमाम संकट बेहोर्न किन तयार भरहेका छन्?

    उनीहरूलाई समाजवादको कुन नाराले समात्छ र देशमै बसेर आफ्नो भविष्यको ग्यारेन्टी भेट्छन्?
    उनीहरूमा राज्य र राजनीतिप्रतिको यस्तो चरम वितृष्णाको कारक तत्व के हो?

    यसको निदान गरी उपचारको बाटो नदेखाएसम्म आजको समाजवादी आन्दोलनले धर पाउने छैन।

    अरू कुनै विकल्प छैन।(सेतोपाटी)

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer