• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शाकाहारी गाउँको शताब्दी यात्रा


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • धनकुटा । एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ ।

    Advertisement

    धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् ।

    जनजाति समुदायका उहाँले शाकाहारी भोजन र सात्त्विक जीवनशैली अँगाल्नुभएको छ । “हामी माछामासु नखाने मात्र हैन, मासुजन्य पशुपन्छीसमेत पाल्दैनौँ । किनभने प्राणी प्रेम र अहिंसा हाम्रो मूल मन्त्र हो । यो अहिलेबाट सुरु भएको चलन होइन, पहिलेबाटै यही परम्परा छ,” उहाँले भन्नुभयो ।

    छिमेकी रूपलाल राईको पनि संस्कृति–रहनसहन भरतलालसँग मिल्दोजुल्दो छ । जीविकोपार्जनको माध्यम कृषि नै भए पनि उहाँहरूका घरमा मासुजन्य पशुपन्छी पालिँदैनन् । उहाँहरू फलफूल, तरकारी तथा अन्नबाली उत्पादन मज्जाले गर्दै आउनुभएको छ । दुध, दही, महीका लागि गाईभैँसी पाले पनि राँगा पाल्न बर्जित छ । पूजाआजा र वैदिक कार्यमा फूल, फलफूल तथा नरिवल चढाइन्छ ।

    रूपलालले भोजभतेरमा पनि मासु र मादक पदार्थ नचल्ने बताउनुभयो । “हामी भोजभतेरमा पनि मासु र मादक पदार्थ चलाउँदैनौँ । शाकाहारी भोजन र सात्त्विक जीवनशैली अँगाल्नेबाहेक माछामासु, मादक पदार्थ प्रयोग गर्नेहरू कहाँ गएर पनि खाँदैनौँ,” उहाँले भन्नुभयो । सहिदभूमि गाउँपालिकामा यस्ता बस्ती पनि छन् जहाँ माछामासु खान त परैको कुरा मासुका लागि प्रयोग हुने पशुपन्छी पनि पालिँदैन । साम्बुगाउँसहित गुर्धम, रातमाटे, सुन्तलाबारी, पोखरे, अखुवाटार, सिरवानीमा १५० परिवारको बसोबास छ । माछामासु बर्जित यी क्षेत्रका प्रत्येक घरमा तुलसीका मठ र सेता ध्वजा देखिन्छन् । बालकदेखि ज्येष्ठ नागरिकसम्म सबैले ठाडो सेतो टीका निधार र घाँटीमा लगाउने गरेका छन् । प्रत्येक दिन बिहान आफ्ना गुरुको पूजा गरिन्छ ।

    सन्त कबिरपन्थ अँगालेका त्यहाँका बासिन्दा प्राणी प्रेम र अहिंसाप्रतिको सनातन आस्थामा अडिग छन् । प्राणी हत्या पाप हो; हत्या गर्नुहुँदैन भन्ने विश्वास रहेको स्थानीय यमकुमार राईले भन्नुभयो । “अहिले पशुबलिको विरोध हुने गरेको छ तर हामी त पहिलेदेखि नै यसको विरोधी हाँै । पशुबलि राम्रो संस्कृति नै होइन,” उहाँले भन्नुभयो ।

    स्थानीयवासीका अनुसार ती गाउँमा यो प्रचलन सुरु भएको एक शताब्दीअघिदेखि नै हो । त्यसबेला भारत पुगेका पुर्खाले सन्त कबिरपन्थ अँगालेर धनकुटाको आहाले आई यसका बारेमा प्रचारप्रसार गरेपछि केही परिवारले यो प्रचलन मान्न थालेका थिए । त्यहीँबाट झाँगिँदै गई अन्य गाउँमा पनि पुगेको छ । डेढ हजारभन्दा बढी व्यक्तिले यो धर्म मान्ने गरेको बताइन्छ ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer