• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

चीनले भन्यो, “मासु गुणस्तरीय हुनुपर्छ”


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालमा वार्षिकरुपमा लगभग एक लाख नब्बे हजार टन रांगा तथा भैसिको मासु उत्पादन हुन्छ । यति धेरै उत्पादन हुने मासु छिमेकि देशमा निर्यात गर्दा अर्थतन्त्रमा निक्कै ठुलो सहयोग पुग्ने देखिन्छ । गत असोज ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालले चीनतर्फ राँगा तथा भैंसीको मासु निर्यात गर्ने सहमति गरेको थियो । दुई देशका प्रधानमन्त्रीबिचको भेटवार्तापछि असोजमा जारी संयुक्त विज्ञप्तिमा चीन नेपालबाट राँगा तथा भैंसीको मासु आयात गर्न तयार भएको उल्लेख गरेका थिए । सोहि समय भएको सम्झौतालाई थप चांसो राख्दै चिनले मासु र त्यसको गुणस्तरीयताका बारेमा जानकारी माग गरेको छ, नेपाल सरकारसंग । चीनले नेपालबाट निर्यात गर्ने भैँसीको मासुबारे त्यसको गुणस्तरीयता, व्यावसायिकतालगायतका बारेमा जानकारी माग गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गुणस्तरीयता तथा व्यावसायिकतामा सुनिश्चितता माग गरेको हो ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला चीनले नेपालबाट तिब्बतका लागि मासु आयात गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार मासु आयात गर्नुअघि नेपालमा मासुको स्वच्छता, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा स्पष्ट पार्न पत्र पठाएको छ ।

    कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका अनुसार चीनले व्यावसायिक सुनिश्चितताका लागि राखेका सबै जिज्ञासाको जवाफ विभागले पठाइसकेको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालबाट मासु आयात गर्ने विषयमा त्यसको स्वच्छता, व्यवसायको अवस्थालगायतका विषयमा चीनले राखेको जिज्ञासाको जवाफ पठाइसकेको बताउनुभयो ।

    नेपालमा भैँसी कहाँ कहाँ उत्पादन हुन्छन्, भैँसीको सङ्ख्या कति छन्, वध (भैसी काट्ने) गर्ने ठाउँ कस्तो छ, लम्पी स्किन तथा खरोतलगायत रोगको अवस्था कस्तो छ, निरोगी छ भने विश्वासिलो आधार के छ, मासुको व्यापार कस्तो छ, अरू कहाँ कहाँ निर्यात हुन्छ, नेपालमा भैँसीको मासुको माग र खपत कस्तो छ ? लगायतका जिज्ञासा चीनले राखेको छ ।

    त्यसको जवाफमा पशु सेवा विभागले खोरेत, लम्पी स्किनलगायतका रोग नियन्त्रणमा रहेको जानकारी चीनलाई गराएको छ । खोरेत रोग नियन्त्रणका लागि राष्ट्रिय खोरेत नियन्त्रण कार्यक्रम नै सञ्चालन गरेको जानकारीसमेत पठाएको छ । भैँसीको सङ्ख्या, उत्पादन, खपतको अवस्था, आयात निर्यातको अवस्था, स्वस्थ्य मासु उत्पादन गर्ने आधारलगायतका बारेमा विवरण पठाइसकेको उहाँले बताउनुभयो ।

    चीनले मासु आयात गर्न तयार भए निश्चित पकेट क्षेत्र निर्धारण गरी मासु उत्पादन गरेर त्यसलाई दिन सकिने कुरा उल्लेखसमेत पठाएको विभागका महानिर्देशक दाहालले बताउनुभयो । मधेश प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेर चीनलाई मासु दिन सकिने कुराको सुनिश्चितता गरेर पठाएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले नेपालमा कुनै पनि रोग महामारीका रूपमा छैन, फाटफुट रूपमा देखिएको छ, त्यसलाई पनि पूर्ण रूपमा नियन्त्रण गर्ने प्रयास भइरहेको र चाँडै नै त्यो नियन्त्रण हुन्छ तर चीनलाई तत्कालै मासु चाहियो भने हामीले पकेट क्षेत्र निर्धारण गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मासु दिन सकिन्छ ।” चीनलाई कति मासु चाहिन्छ भनी कतै उल्लेख छैन तर आवश्यकता अनुसार मासु दिन सकिने भनी सुनिश्चितता गरेको

    उहाँले बताउनुभयो । खोरेत रोग नियन्त्रणका लागि सन् २०१५ देखि नियमित रूपमा काम गरिरहेको र सन् २०३० सम्ममा पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य रहेको कुराको समेत चीनलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा भैँसीको मासुको अवस्थाका बारेमा हरेक कुराको जानकारी पठाइसकेका छौँ उताबाट अहिले कुनै जानकारी आएको छैन ।” चीनले खोजेको जस्तो गुणस्तरीय मासु दिन नेपाल सरकार पूर्ण रूपमा तयार रहेको उहाँले बताउनुभयो ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer