• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सास फेर्ने पनि तरिका थाहा छ ?


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • स्वस्थ रहन धेरै पानी पिउने, सन्तुलित खाना खाने, सरसफाइ गर्ने जस्ता विभिन्न पक्षमा हामी ध्यान दिन्छौं । तर जीवित रहने एक मात्र माध्यम सासलाई भने त्यति चासो दिंदैनौं । कारण श्वास स्वत: आउँछ, यसको लागि कुनै मेहनत गर्नुपर्दैन ।

    Advertisement

    यद्यपि सहजै आउने सास लिने पनि तरिका हुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई हेक्का हुँदैन । सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तवमै श्वासलाई सही ढंगले ग्रहण गर्न सकेमा दीर्घ जीवन पाउन सकिन्छ ।

    सामान्यतः स्वतःस्फूर्त सास लिने र छाड्ने क्रिया हामी गरिरहेका हुन्छौं । तर यो साधारण श्वास फेराइले शरीरलाई पर्याीत अक्सिजन नपुग्न सक्छ । त्यसैले श्वास फेर्नुको पनि खास नियम छ, गहिरिएर सास लिने र छाड्ने । यो प्रक्रिया अपनाएर शरीरलाई पर्याप्त मात्रामा अक्सिजन परिपूर्ति हुन्छ ।

    बालबालिकाले फोक्सोको माध्यमबाट त्यसको तलको भागमा हुने डायफ्रामलाई फैलाएर सास फेर्छन्, जुन स्वस्थ हुन पर्याप्त हुन्छ । उनीहरु गहिरो निद्रामा जाने, सानो कुराले एकैछिनमा खुसी हुने, कोहीसँग रिस उठे पनि केही क्षणमै भुल्न सक्ने कारण पनि उनीहरुमा हुने सही तरिकाको श्वासको कारण हो ।

    तर उमेर बढेसँगै सास फेर्ने तरिकाको सन्तुलन बिग्रिंदै जान्छ । जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति धेरै व्यक्तिको संगत, विभिन्न नाता, सम्बन्धबीच उथलपुथल हुन्छ । त्यो उथलपुथलको भावना सासको माध्यमबाट व्यक्तिले प्रकट गरिरहेको हुन्छ, जसले सासलाई असर गर्छ ।

    श्वासप्रश्वास राम्रोसँग नहुँदा छिटो-छिटो सास लिने क्रिया बढ्न सक्छ जसले अक्सिजन मात्र कम हुने मात्र नभई आयु पनि घटाइदिन्छ । जस्तै, कसैसँग केही कुरामा चित्त नबुझेर कोही व्यक्तिलाई रिस उठ्यो भने उसले नाकबाट छिटो-छिटो सास फेर्छ, जसले उसको स्वास्थ्यमा पनि असर पारिरहेको हुन्छ । शरीर अस्वस्थ हुनु भनेको आयु घट्नु पनि हो ।

    सही तरिकाले सास फेर्ने तरिका

    सास सही ढंगले फेर्ने पूर्ण योगिक श्वसनदेखि कपालभाँती, भास्त्रिका प्राणायाम, नाडीसोधन प्राणायाम, उज्ज्यी प्राणायाम जस्ता विभिन्न प्राणायाम गर्न सकिन्छ । यी विभिन्न प्राणायाम विभिन्न तरिकाले श्वास फेरिन्छ ।

    पूर्ण योगिक श्वसनमा आरामसँग बस्ने, सास लिंदा पेट, फोक्सो फुलाउनुपर्छ । सास फेर्ने अवधि जतिसक्दो लामो र गहिरो बनाउने प्रयास गर्ने, श्वास आउँदा पेटको भित्री भागबाट आउँदै गरेको महसुस हुनुपर्छ । यसले दिमागलाई शान्त बनाउनेदेखि मानिसलाई स्वस्थ र निरोगी बनाउँछ । त्यस्तै, सुर्दशन क्रिया लयबद्ध रुपले श्वास फेरिन्छ ।

    उज्ज्यी प्राणायामलाई विजयी सास फेर्ने प्राणायाम भनिन्छ । यसले ध्यान केन्द्रित गराउने, विभिन्न रोग निवारण गर्ने, दिमागलाई शान्त राख्न मद्दत गर्ने लगायत थुप्रै फाइदा छन् । भास्त्रिका प्राणायाममा दबाबपूर्ण रुपमा सास लिएर छाड्नुपर्छ । कपालभाँती प्राणायाम गर्दा भित्रको सास बाहिर छाड्ने प्रक्रिया हो । यसो गर्दा नाइटोको वरपर क्षेत्रलाई हल्लाउँदै श्वास तान्नुपर्छ । सुदर्शन क्रिया एक सहज लयबद्ध शक्तिशाली प्राणायाम हो । जो विशिष्ट प्राकृतिक सास लिने प्रक्रियाबाट शरीर, मन र भावनालाई एक लयमा ल्याउँछ । सुदर्शन क्रियाले एक विशिष्ट गहिराइ प्रदान गर्छ । यसले गहिरो निद्रा लगाउने, शरीरमा ऊर्जा दिनुका साथै प्रसन्नता र शान्ति दिन्छ ।

    यी प्राणायाम बिहानको समय गर्नु निकै राम्रो मानिन्छ । तर फुर्सद छ भने दिउँसो र साँझ पनि गर्न सकिन्छ । प्राणायाम प्रशिक्षकको सहयोगमा मात्र गर्नु राम्रो हुन्छ ।

    सास फेर्ने तरिका अपनाउनुका धेरै फाइदा छन् । भावना र आवेगलाई नियन्त्रण गर्न क्षमता विकास गरी रिस, क्रोधबाट टाढा राख्न सकिन्छ ।

    जीवनमा घट्ने विभिन्न घटनालाई आधार मानेर दिमागमा बन्ने प्रभाव जस्तै तनाव, दुविधा, बेचैनी, इष्र्यालाई नियन्त्रण गर्न श्वासप्रश्वासको भूमिका हुन्छ । जसले व्यक्तिको आयुलाई बढावा दिन्छ ।

    सही तरिकाको सास फेराइले पढाइलेखाइमा एकाग्रता बढाउने, शरीरबाट विकार हटाउने, सकारात्मक सोचको विकास गराउने कार्य गर्छ ।

    सबै मान्छेले उही गतिमा उत्तिनै मात्रामा सास लिइरहेका हुन्छन् ?

    कुनै व्यक्तिले उही गतिमा उत्तिनै मात्रामा सास लिन सक्दैनन् । यो व्यक्तिको अवस्था र समयअनुसार गति फरक-फरक हुन्छ । प्रायः व्यक्ति सुतिरहेको अवस्थामा लामो श्वास लिने र फाल्ने गर्छन् । तर भयावह सपना देखिरहेको व्यक्ति छिटो-छिटो श्वास फेरिरहेका हुन्छन् । दिनमा व्यक्ति रिसमा छ भने छिटो सास फेर्छ भने दुःखी हुँदा सास छिटो लिने र फाल्ने गति सुस्त हुन्छ ।

    खुसी हुँदा सास छिटो लिने र छोड्ने प्रक्रियामा ढिलो हुन्छ । त्यसैले व्यक्तिकै पलपलमा सासको गति फरक हुन्छ, जसकारण सबै व्यक्तिको सास लिने क्रिया एकनासको हुन सक्दैन ।(अनलाईन खबर)

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer