• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारलाई दुग्ध किसानको खबरदारी, ६४ जिल्लाबाट


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौं । बिहीबार देशभरि दुग्ध किसानले आन्दोलन गरेका छन् । दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् ।

    Advertisement

    केन्द्रीय संघका अनुसार ६४ जिल्लामा सहकारी संघ आह्वानमा आन्दोलन भए पनि देशभरि दूध किसानको समस्या भएकाले अन्य जिल्ला राजमार्गमा प्रदर्शन गरेर आन्दोलन गरेका हुन् ।

    केन्द्रीय संघले ७ फागुनमा घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् ।

    केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरका अनुसार बिहान १० बजेदेखि १२ देशका राजमार्गमा चक्काजाम भएको थियो ।

    ‘हामीले सबै जिल्ला दुग्ध उत्पादक सहकारी संघ/संस्थामार्फत आन्दोलन गर्दै सरकारलाई दबाब दिएका हौं । किसानका समस्या समाधान गर्न सरकारले नसुनेपछि आन्दोलन गर्नुपरेको हो,’ अध्यक्ष कुँवरले अनलाइनखबरसँग भने ।

    ७ अर्ब भुक्तानी बाँकी

    दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय अध्यक्ष कुँवरका अनुसार देशभरि गरेर १ हजार ८ सय ५७ दुग्ध उत्पादन सहकारी छन् ।

    ‘सहकारीले किसानको दूध किनेर डीडीसी, डेरी उद्योगहरूलाई दिएको हुन्छ तर त्यसरी दिएको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । करिब ७ अर्ब रुपैयाँ भुक्तानी हुन सकेको छैन,’ कुँवरले भने, ‘किसानले घरमा पालेको गाईभैंसीलाई ढुटो, चोकर, घाँस खुवाउन नसक्ने अवस्था आइसकेको छ । त्यही भएर आन्दोलन भइरहेको हो ।’

    किन भएन भुक्तानी ?

    नेपाल डेरी एसोसिएनले दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको र नभोगेको समस्या उत्पन्न भएको जनाएको छ ।

    ‘दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोपल्ट यति ठूलो समस्याका रूपमा देखिएको हो,’ एसोसिएन अध्यक्ष प्रह्लाद घिमिरे भन्छन्, ‘हाल ५ अर्बभन्दा धेरैको सामान स्टक रहेका कारण डेरीले किसानलाई पैसा दिन नसकेको हो ।’

    के हो मुख्य माग ?

    ७ फागुनदेखि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका किसानले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने मुख्य माग राखेका छन् ।

    किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध पदार्थ खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग पनि संघको छ । त्यस्तै भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न माग गरेको छ ।

    खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरूले बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई ‘मिल्क होलिडे’ हुनबाट सरकारले रोक्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    त्यस्तै नेपाली सेना, नेपाल प्रहरी लगायत निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने, खेलाडीको डाइटमा दूध समावेश गर्नुपर्ने लगायत माग छ ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer