• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १२, २०८३
☰
शुक्रबार, भदौ १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मुख्यसचिव जोगाउन सरकारलाई हम्मे-हम्मे, एक्सन लिँदै अख्तियार


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल सरकारले जोगाउन नसक्ने स्थितिमा पुगेका छन् । भ्रष्टाचारका काण्डमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने लगभग पक्का भएको छ । मात्र यति हो, उनी राजीनामा दिएर घर गएमा पूर्वमुख्यसचिवलाई मुद्दा दायर हुनेछ अटेरी गरेमा मुख्यसचिवको हैसियतमा उनििवरुद्ध चार्ज चल्ने भएको छ ।

    Advertisement

    मुख्यसचिव अर्याल नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिमा भएको भ्रष्टाचारमा तानिएका हुन् । उनले अख्तियारमा पुगेर बयान दिइसकेका छन्।

    टेरामक्स प्रकरणमा विकल पौडेल र सुनील पौडेल अख्तियारको हिरासतमा छन्। सुनीलविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसका उपकरण खरिदमा ६९ करोडको बिगो छ भने सुनील राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे)को २३ करोड २७ लाख घोटालामा जोडिएका छन्।

    उनीहरुविरुद्ध अकुत सम्पत्तिसम्बन्धी अनुसन्धान पनि जारी छ ।

    सञ्चार सचिव छँदा अर्यालले उनीहरुसँग शंकास्पद कारोबार गरेको पाइको छ । मुख्यसचिव अर्यालले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसँग दुई पटकमा गरी १४ लाख रुपैयाँ तेस्रो व्यक्तिको बैंक खातामार्फत बुझेको पाइएको थियो । सेक्युरिटी प्रिन्टिङ सेन्टर’ प्रकरणमा पहिलो चरणको मुद्दा दायर भइसकेको छ । डेढ अर्ब नोक्सान हुने गरी ठेक्का लगाइको थियो ।

    ०७८ साउन २५ मा प्रधानमन्त्री कार्यालयबाट सञ्चार सचिवमा सरुवा भएका अर्यालले सञ्चारमा रहँदा विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरी सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि बाटो खोलेका थिए । टेरामक्समा ग्रामीण दूरसञ्चार कोषको रकम पनि दुरुपयोग भएको छ । उनले नेपाल दूरसञ्चार प्राधिकरणमा चालु आवमा बजेट विनियोजन नभएको हुँदा पूरक बजेटको व्यवस्था गरी इन्टरनेसनल कल मनिटरिङ र कल फ्रडसम्म्बन्धी व्यवस्था गर्न सहमति दिने निर्णयका लागि पेस गरेका थिए ।

    केही दिन अघि मात्र प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको बैठकमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिट्टै टुंगोमा पुग्ने जानकारी दिएका थिए । ‘टेरामिक्समा अनुसन्धान सकिएको छ। हामी छिट्टै विशेष अदालतमा संलग्न देखिएकाहरुलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गर्छौं,’ प्रमुख आयुक्त राईले भनेका थिए। अब अख्तियारले चाँडोभन्दा चाँडो मुद्दा चलाउने तयारी गरेको छ। अख्तियारकाे सन्देश पाएका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले अर्याललाई राजीनामा दिन भनेका छन् । तर, अर्यालले मानेका छैनन् ।

    यी सबै प्रकरणमा अर्याल सञ्चार सचिव छँदा जोडिएका हुन्। तर, ३२ जेठमा मात्र उनी अचानक मुख्यसचिव बनेका थिए । अचानक किन भने २ दिनपछि सचिवको पाँच वर्षे कार्यकालबाट अनिवार्य अवकाश पाउन लागेका उनले मुख्यसचिवको कल्पना समेत गरेका थिएनन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्याललाई मुख्यसचिव बनाउनकै लागि तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई राजीनामा दिन लगाएका थिए । कार्यकालको ४ महिना बाँकी छँदै बैरागीलाई राजीनामा दिन लगाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer