• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पवित्रधाम गलेश्वरमा पन्ध्र करोड लागनीमा सुविधासम्पन्न होटल


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी कोरिडोरमा खुलेका नयाँ सुविधासम्पन्न होटलले पर्यटकलाई सुविधा पुगेको बताउनुभएको छ ।

    Advertisement

    म्याग्दीको बेनी नगरपालिका –९ स्थित धार्मिक पर्यटकीयस्थल गलेश्वरमा निर्माण भएको होटल याकको उद्घाटन गर्नुहुँदै अध्यक्ष ढकालले कालिगण्डकी कोरिडोरमा नयाँ सुविधासम्पन्न होटल खुल्ने क्रम बढेकाले मुक्तिनाथ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि राम्रो सुविधा पुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘कालिगण्डकी कोरिडोरमा सुविधासम्पन्न नयाँ होटलले यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्छ । कोभिड महामारीपछि अहिले नेपालमा पर्यटक आगमन उत्साहपूर्ण छ । निजी क्षेत्रले होटल पूर्वाधारमा लगानी बढाएर पर्यटन प्रवर्धनमा टेवा दिनेछ ।’’

    राम्रो सेवा सुविधा र स्वागत सत्कारका कारण पछिल्लो समय जोमसोम र मुक्तिनाथ भ्रमण गर्ने पर्यटकको आगमन वृद्धि भएको उहाँले बताउनुभयो । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा दुई रोपनी क्षेत्रफलमा करिब १५ करोड रुपियाँको लगानीमा आफ्नै भवनलगायतका पूर्वाधार बनाएर सेवा सुरु गरेको हो ।

    छोटो समयमै पूर्वाधार निर्माण गरेर होटल सञ्चालनमा ल्याउन सफल भएको भन्दै काम गर्ने स्प्रिट प्रदर्शन गरेकोमा अध्यक्ष ढकालले होटल सञ्चालक बाबुराम आचार्यलाई बधाई दिनुभयो ।

    होटलमा ४० वटा सुविधासम्पन्न कोठा छन् । बेनीमा विगत १६ वर्षदेखि भाडाको घरबाट होटल सञ्चालन गर्दैआएका थियौं, होटलका सञ्चालक बाबुराम आचार्यले भन्नुभयो, ‘‘गलेश्वरमा जग्गा खरिद गरी करिब १५ करोड रुपियाँ लगानीमा होटल पूर्वाधार निर्माण गरेर गलेश्वरमा आफ्नै भवन बनाएर होटल स्थानान्तरण गरेका हौं । म्याग्दी, मुस्ताङ घुम्न आउने पाहुना र पर्यटकलाई राम्रो सुविधा प्रदान गरेका छौं ।’’

    होटलमा चार–चार वटा स्विट र डिलक्स कोठा रहेको होटलका सबै कोठामा एट्याच बाथरुमसहितका छन् । तातो चिसो पानी, टिभी, इन्टरनेटको सुविधा भएको होटलका संरचनालाई अपाङ्गमैत्री बनाइएको सञ्चालक आचार्यले बताउनुभयो ।

    एक दिनमा १५० जना बास बस्न सक्ने क्षमता छ । होटलको पाहुना बस्ने घर, किचन र डाइनिङ हल फरक–फरक छन् । १०० जना क्षमताको सभाहल निर्माण गरिएको छ । सभाहलको छेउमा बैठक कक्षका लागि दुई वटा कोठा राखिएको छ । पार्किङको पनि सुविधा छ ।

    होटल सञ्चालनका लागि दुई रोपनी क्षेत्रफल जग्गामा भवन बनाइएको छ । यसअघि ९ वर्षसम्म बेनीको अस्पतालचोकमा भाडाको घरमा याक होटल सञ्चालन भएको थियो । करिब पाँच वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि वि.सं. २०६४ मा बेनीमा नमस्ते होटल स्थापना गर्नुभएको थियो ।

    बेनी बजारदेखि तीन किलोमिटर उत्तरतर्फ रहेको गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेश बिन्दु हो । होटलको कोठाबाटै गलेश्वर मन्दिर अवलोकन गर्न सकिन्छ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer