• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडेका यु-टुवका बेतुकका कुरा, शालीनको दुखमाथी सनसनी हेडलाइन बनाउने होड, तर गाठी कुरा यस्तो


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • काठमाडौं । विद्यालयको होस्टेलमा १३ वर्षीया बालिका शालीन पोखरेलको दुखद मृत्युले सिंगो देशलाई मर्माहत बनाइरहेको छ । तर, यो संवेदनशील घटनालाई तोडमोड र अतिरञ्जित गरेर प्रहरी अनुसन्धानलाई नै प्रभावित पार्ने चिन्ताजनक प्रयासहरू भइरहेका छन् ।

    Advertisement

    गत फागुन १२ गते शनिवार होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा शालीनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्कापछि प्रहरीले पहिलो दृष्टिमै यसलाई आत्महत्या ठह¥यायो । प्रहरीले तत्काल शालीनका बुवालाई फोन गरेर जानकारी गराएको थियो । तर, बुवालगायत परिवारजनले आत्महत्या मान्न तयार भएनन् । प्रहरीलाई निकै दबाब दिएर उनीहरूले विद्यालयका प्रिन्सिपलसहित तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

    प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानमा घटनालाई शङ्कास्पद मान्ने आधारहरू देखिएका छैनन् । तर, सामाजिक सञ्जालमा ‘बलात्कारपछि हत्या’ को जबरजस्त भाष्य निर्माण भइरहेको छ । कतिपयले ‘अर्को निर्मला पन्त’ को संज्ञा समेत दिएका छन् । विद्यार्थी संगठनले ‘हत्यारालाई कारबाही गर’, ‘गृहमन्त्री राजीनामा देऊ’ भन्दै काठमाडौंका सडकमा नारा जुलुस गरिरहेका छन् ।

    घटनापछि प्रहरीले परिवारका सदस्यलाई उजुरी दिएर अनुसन्धानमा सघाउन भनेको थियो । परिवारले भने स्कुलका तीन जनालाई आरोपित गर्दै किटानी जाहेरी नै दिन खोजे । तर, किटानी जाहेरीका लागि ठोस आधार नभएको भन्दै प्रहरीले आनाकानी गर्यो । अन्ततः दबाब बढेपछि प्रहरीले जाहेरी लिएर तीन जनालाई हिरासतमा राखेको हो ।

    शवको पोस्टमार्टम पनि चितवनकै अस्पतालमा गर्ने तयारी थियो । तर, परिवारले भरतपुर अस्पताललाई समेत विश्वास गरेनन् । शवलाई त्यहाँबाट निकालेर प्रहरीको रोहबरमा परिवारले नै काठमाडौं ल्यायो । टिचिङ अस्पतालमा शवको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टममा बलात्कार भएको देखिएन । झुन्डिएकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

    यता शालीनका पिता दीपेन्द्र पोखरेल भने विभिन्न मिडियाहरूमा अन्तरवार्ता दिँदै ‘बलात्कारपछि हत्या भएको’ ठोकुवा गरिरहेका छन् । उनले पेश गरेका तर्कहरू भने बलिया छैनन् । विभिन्न अन्तरवार्ताहरूमा उनले मुख्य तीन–चार वटा प्रश्नहरू उठाएको पाइन्छ । पहिलो– म आई नपुग्दै कोठाको ढोका किन फुटाइयो ? दोस्रो– आत्महत्या गर्दा शवको खुट्टा भुईँमा कसरी लत्रिन सक्छ, चस्मा किन भुईँमा खसेन ? तेस्रो– शालीनले जुत्ता र कपडाहरू किन धोएर राखिन् ? यस्तै यस्तै । प्रहरी तथा विज्ञको भनाइमा यी प्रश्नहरू फितला हुन् ।

    विद्यालय स्रोतले कोठाभित्र गडबडीको संकेत भएपछि ढोका फुटाउनुको विकल्प नभएको बताएको छ । छात्रावासमा नेपाल प्रेस प्रतिनिधि पुग्दा त्यहाँका कर्मचारीले दिएको विवरण यस्तो थियो ।

    ‘तीनजना बालिकाहरू नियमित समयमा खाना खान एकैपटक तल्लो तलामा झरेका थिए । तर, झरेको दुई मिनेटमा नै शालीन फेरि माथि उक्लिइन् । निकैबेर नआएपछि शिक्षकले होस्टलमै बस्ने सानो कक्षाका एक बालकलाई बोलाउन पठाए । छात्राहरु बस्नेतिर च्यानल गेट भएकाले बालक पस्न सक्दैनन् । उनले च्यानल गेटबाटै शालीनलाई ‘दिदी खाना खान आउनुस्’ भनेर बोलाए । शालीनले भित्रैबाट ‘तिमी जाऊ म एक छिनमा आउँछु’ भनेर जवाफ दिएकी थिइन् ।

    तर, तल सबैले खाना खाइसक्दा पनि शालीन आइनन् । शालीनभन्दा सिनियर एक छात्रा खाना खाइसकेर माथि आउँदा ढोका भित्रबाट बन्द थियो । शालीनलाई बोलाउँदा उनी बोलिनन् । त्यसपछि उनले हल्लाखल्ला गरिन् । सबैजना जम्मा भए । धेरैबेर ढकढक गर्दा पनि ढोका नखुलेपछि शंका लागेर ढोका फोडिएको थियो । भित्र शालीन झुण्डिएको अवस्थामा थिइन् । त्यसपछि शवलाई त्यत्तिकै अवस्थामा राखेर प्रहरीलाई खबर गरियो ।’

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘धेरै बेरसम्म ढोका नखुलेपछि उद्धारका लागि पनि ढोका फोड्नु स्वभाविक हो । यसलाई अतिरञ्जित गर्न खोजियो ।’

    शालीनका बुवाले उठाएको दोस्रो सवालले उनको ज्ञानको कमी दर्साउँछ । झुण्डिएर आत्महत्या गरेको घटनामा खुट्टा लत्रिनु असामान्य होइन ।

    लामो समय टिचिङ अस्पतालमा पोर्टमार्टम विभागको नेतृत्व गरेका डा. हरिहर वस्ति झुण्डिएर आत्महत्या गर्दा खुट्टा भुईँमाथि नै हुनुपर्छ भन्ने जरुरी नभएको बताउँछन् ।

    उनले भने, ‘आधा शरीर खाटमै सुतेर आत्महत्या गरेका केस पनि हामीले पोस्टमार्टम गरेका छौँ । घाँटीमा पासोले अँठ्याएपछि दिमागले काम गर्दैन, खुट्टा टेकिनुसँग मतलब नै हुन्न ।’

    यो पनि पढ्नुहोस्– शालिनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, ‘सुसाइड नोट’मा के छ ?

    पाँच केजीजतिको प्रेसर घाँटीमा प¥यो भने दिमाग बेहोस हुने उनले बताए ।

    ‘बसीबसी झुण्डिएका धेरै केसहरू मैले गरेको छु,’ उनले भने, ‘घाँटीमा चाप परेर बेहोस भएपछि अरूले देख्दा ढिला भइसक्छ ।’

    आत्महत्या गर्ने सोच भएको भए शालीनले किन लुगा जुत्ता धोइवरी राखिन् भन्ने दीपेन्द्रको तेस्रो प्रश्न पनि कमजोर छ । मनोविदहरुका अनुसार आत्महत्याको सोच आउन कसैलाई लामो समय लाग्छ त कसैलाई एक्कासि र अपर्झट पनि आउँछ । क्षणिक आवेशमा आत्महत्या गरेका घटना धेरै हुन्छन् ।

    शालीनको यौनाङ्मा चोट देखिएको अपुष्ट दाबी पनि दीपेन्द्रले गरिरहेका थिए, जुन पोस्टमार्टम रिपोर्टबाट झूट ठहरिएको छ । प्रहरीलाई टिचिङ अस्पतालले दिएको रिपोर्टमा शारीरिक चोटको निशाना नरहेको र झुण्डिएर नै मृत्यु भएको स्पष्ट उल्लेख छ ।

    बुवाले पोस्टमार्टम रिपोर्ट प्रहरीलाई भन्दा अगाडि आफूलाई दिनुपर्ने माग गरेका थिए । तर, सरकारका कुनै पनि जिम्मेवार निकायहरू भावुकतामा भन्दा विधिसम्मत रूपमा चल्नुपर्छ । अस्पतालले पोस्टमार्टम रिपोर्ट प्रहरीलाई नै दिने हो, परिवारलाई होइन । प्रहरीले चाहेमा परिवारलाई देखाउन सक्छ र मिडियालाई पनि दिन सक्छ । एकैचोटि अदालतमा गएर खोल्न पनि सक्छ ।

    दीपेन्द्रको अर्को गुनासो आफू नआउँदासम्म घटनास्थल जस्ताको तस्तै राख्न आफूले गरेको आग्रह प्रहरीले नमानेको भन्ने छ । यो पनि बेतुकको कुरा हो । प्रहरी राज्यको सुरक्षा निकाय हो । कुनै पनि अपराधका घटनामा परिवारका सदस्यभन्दा पनि पहिले प्रहरीले हात हाल्न सक्छ । खासमा सबैभन्दा पहिले घटनास्थलको मुचुल्का गर्ने नै प्रहरीले हो । बरु प्रहरीले चाहेमा परिवारका सदस्यलाई घटनास्थलमा रोक्न सक्छ ।

    नाबालिग छोरीको अप्रत्याशित निधनले बुवाआमालाई परेको चोट महसुस गर्न सकिन्छ । तर, कम्तीमा प्रहरी अनुसन्धानमाथि भर पर्नुबाहेक विकल्प उनीहरूसँग पनि छैन । पोस्टमार्टमको पनि प्रतीक्षा नगरीकन छोरीको बलात्कारपछि हत्या भएकै हो भनेर बाबुले मिडियामा एकपछि अर्को अन्तरवार्ता दिँदै हिँड्नु शोभनीय देखिएन ।

    शालीनको ‘सुसाइड नोट’ पनि प्रहरीले घटनास्थलबाट प्राप्त गरेको थियो । उक्त ‘सुसाइड नोट’मा शालीनले ‘सरी एभ्रिबडी, सरी ड्याडी मम्मी’ भनेर लेखेकी छन् । नोटका अक्षरहरू फरेन्सीक टेस्टका लागि पठाइएको छ, जसको रिपोर्ट आइसकेको छैन । यद्यपि, प्रहरीले शालीनको कापीका अक्षरहरूसँग दाँज्दा मिलेको पाइएको छ ।

    यदि आत्महत्या नै हो भने पनि प्रहरी अनुसन्धान भने रोकिनु हुँदैन । एउटा अबोध बालिकाले यति डरलाग्दो निर्णय किन र कसरी लिइन् ? यसमा विद्यालय प्रशासन मात्र होइन, बाबु आमा र आफन्त पनि अनुसन्धानको दायरामा तानिन सक्छन् । वास्तवमा शालीन आफ्नो बुवा र आमाको काखबाट वञ्चित थिइन् । १० वर्षअघि नै बुवा र आमा अलग बस्न थालेका थिए । दुई वर्षअघि उनीहरूको औपचारिक डिभोर्स भएको थियो । डिभोर्सपछि उनीहरू आआफ्नो घरजम गरेर बसिरहेका छन् र शालीनलाई छात्रावासमा थन्क्याइदिएका छन् । यसरी बुवा–आमाको सामिप्यता गुमाएका बच्चाहरू कस्तो मनोदशामा हुर्किरहेका हुन्छन् भन्ने यो घटनाबाट उजागर भएको अर्को संवेदनशील पक्ष हो ।

    भौतिकरुपमा टाढिएका बुवाआमाले जीवित हुँदासम्म छोरीप्रतिको दायित्व कत्तिको निर्वाह गरिरहेका थिए भन्ने पनि खोजीनिती आवश्यक छ । बुझिएअनुसार बालिग हुँदासम्म शालीनको संरक्षकत्वको अधिकार आमा सगुनले पाएकी छन् । छोरीको पढाइ खर्च उनले नै व्यहोर्थिन । तर, पाकिस्तानी पुरुषसँग विवाह गरेकी सगुन हाल दुबईमा बस्छिन् । बाबु पनि दक्षिण अफ्रिका बस्थे । दुई–तीन महिनाअघि मात्रै नेपाल आएका हुन् । शालीनलाई मामाघरकी हजुरआमा भेट्न आइराख्थिन् । कहिलेकाहीँ घरमा लैजान्थिन् । तर, बुवा अहिलेसम्म एक पटक मात्र आएका थिए भने आमा अहिलेसम्म आएकी थिइनन् ।

    शिशु निकेतन चितवनको नाम चलेको विद्यालय हो । यहाँ १२ सय विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयको प्रतिष्ठा गिराउने हेतु एउटा तत्त्वले भ्रामक प्रचारप्रसार गरिरहेको एक प्रहरी अधिकृतले दावी गरे ।साथै, ‘क्षतिपूर्ति रकम’ को ध्येयसमेत हो कि भन्ने पनि केही प्रहरी अधिकारीहरूको आशंका छ ।

    राज्यसंयन्त्रप्रति विश्वास उडेको देशमा अफवाहको खेति गर्न सजिलो हुन्छ । मानिसहरु ‘कन्सपिरेसी थ्यौरी’ मा विश्वास गर्छन् । तर, यसरी फैलाइने अफवाहको असर दुरगामी हुन्छन् । तटस्थ अनुसन्धान प्रभावित हुन सक्छ । प्रहरी र अदालत भिडको फैसलाबाट लतारिनसक्ने खतरा पैदा हुन्छ । आज भ्यूजको लोभमा सनसनीखेज हेडलाइन बनाउने युट्यूव च्यानलदेखि सस्तो लोकप्रियताको पछि कुद्ने नेता र अभियन्तासम्मले सोच्नुपर्ने विषय हो यो । अकालमा मरेका हरेक बालिका/युवतीलाई ‘बलात्कृत’ वा अर्को निर्मला पन्तको ट्याग लगाइहाल्न हतार नगरौं । (nepalpress)

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer