• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वासको मत लिन सकस


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाको नयाँ गठबन्धन बनेसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रचण्डले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।

    Advertisement

    २०७९ पुस २६ र चैत्र ६ गते दुईपटक विश्वासको मत लिएका प्रचण्डले तेस्रोपटक संसद्‌मा विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

    विश्वासको मत जित्न प्रतिनिधि सभामा १३८ सांसदको मत आवश्यक पर्छ ।

    सोमवार नयाँ गठबन्धन बनाउने सहमतिमा हस्ताक्षर गरेका चार दल मिल्दा प्रतिनिधि सभामा मुस्किलको बहुमत पुग्छ । अर्थात् मुस्किलले बहुमत जुट्छ । ‘कम्फरटेबल’ बहुमत पुर्‍याउन प्रचण्डले संसद्‌मा १० सिट रहेको नेकपा एस र अन्य साना दललाई समेत सरकारमा ल्याउने प्रयास गरिरहेका छन् ।

    संसद्‌मा एमालेका ७६, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ र जसपाका १२ गर्दा १४१ सांसद पुग्छन् । एमालेले गत निर्वाचनमा ७९ सिट जिते पनि टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा छ, देवराज घिमिरे सभामुख छन् । त्यस्तै इलाम २ बाट जितेका सुवास नेम्वाङको निधन भएपछि एमालेका ७६ मात्रै सांसद छन् ।

    जनता समाजवादीका १२ सांसद छन् ।

    यसैले मुस्किलको बहुमतबाट सहज बनाउन १० सिटको नेकपा एस, ६ सिटको जनमत र ४/४ सिटको लोसपा र नागरिक उन्मुक्तिलाई पनि मिलाउनुपर्ने हुन्छ ।

    आफूलाई भाउ नदिएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीले नेपाललाई मनाउने प्रयास गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले माधव नेपाल पनि सरकारमा आउने विश्वास गरे । ‘दुवै अध्यक्ष (प्रचण्ड र ओली)ले फोन गर्नु भएको छ, माधव नेपाल सरकारमा आउनु हुन्छ हाम्रो विश्वास छ’ आचार्यले लोकान्तरसँग भने ।

    सोमवार ८ बुँदे सहमति गरेका ४ दलसँग (७६, ३२, २१ र १२) १४१ सिट छ । यसका अलावा प्रचण्डले साना दलको समर्थन पाउने विश्वास राखेका छन् । उनले साना दलसँग संवाद गरिरहेका छन् ।

    ४ सिट रहेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने निश्चित भएको छ । यसअघि पनि नागरिक उन्मुक्ति सरकारमा थियो ।

    ६ सिट रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा जाने सम्भावना छ । जनमत यसअघि पनि सरकारमा थियो ।

    प्रतिनिधि सभामा ४ सीट रहेको लोसपा अहिले अनिर्णित छ ।

    कांग्रेससँगको गठबन्धन गर्दा प्रचण्ड सरकारमा सहभागी भएको लोसपा अहिले पर्ख र हेरको रणनीतिमा छ । प्रचण्डले मंगलवार बिहान लोसपा अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरे पनि कुनै सहमति भने भएको छैन ।

    स्वतन्त्र चुनाव जितेका प्रभु साह र डा. अमरेशकुमार सिंहले समेत प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिँदा प्रचण्डको पक्षमा १५० सीट पुग्छ ।

    ‘नेपाली कांग्रेस र राप्रपा बाहेक संसद्‌का सबै दलले विश्वासको मत दिन्छन् भन्ने हाम्रो विश्वास छ’ माओवादीका एक नेताले भने ।

    प्रतिनिधि सभामा कांग्रेसका ८८ र राप्रपाका १४ सांसद छन् ।

    १/१ सांसद रहेका नेपाल मजदुर किसान पार्टीले विपक्षमा उभिने संकेत गरेको छ भने राष्ट्रिय जनमोर्चाले अहिलेसम्म धारणा बनाएको छैन ।​

    गतवर्ष एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा जनमोर्चाले विपक्षमा मतदान गरेको थियो भने कांग्रेससँग मिल्दा पक्षमा मतदान गरेको थियो ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer