• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन विश्वविद्यालय पदाधिकारीविहीन


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन ।

    Advertisement

    विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले राष्ट्रिय सभाका सांसद छनोटका लागि पद रिक्त हुनुअघि जसरी पनि चुनाव गराउन सक्ने सरकारले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त हुनुअघि नै अर्को छनोट गर्न किन सक्दैन ? भन्दै थप्नुभयो, “सरकारले उपकुलपति नियुक्ति प्रक्रियालाई हल्का रूपमा लिएका कारण यस्तो अवस्था आएको हो ।”

    सरकार परिवर्तन भएकाले अब यो विषय केही दिनका लागि ओझेलमा पर्ने निश्चित छ । यसअघि त्रिभुवन विश्वविद्यालयले रिक्त भएको ११२ दिनपछि नयाँ उपकुलपति पाएको थियो । त्रिविका पूर्वउपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गते रिक्त भएकोमा फागुन १० गते प्राडा केशरजङ्ग बराल नियुक्त हुनुभएको थियो ।

    आइतबारदेखि पूर्वाञ्चल विश्वविद्यालयका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिम विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंहको कार्यकाल सकिएको छ । उहाँहरू २०७६ साल फागुन १९ गते उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।

    पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि भने निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले माघ अन्तिम साता आवेदन आह्वान गरेको थियो । त्यसका लागि १८ जनाले विश्वविद्यालय सुधारको सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाउनुभएको थियो । अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गर्ने तयारी भइरहेको थियो । एक्कासि राजनीतिमा आएको उथलपुथलका कारण छनोट समितिका संयोजक नै मन्त्री पदबाट मुक्त हुनुभएपछि समितिको हैसियतमाथि प्रश्न उठ्नुका साथै अन्योल अवस्था सिर्जना भएको छ ।

    शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले उपकुलपति नियुक्तिमा सरकारले विगतमा जस्तै झेली गर्न खोजेको आरोप लगाउनुभयो । “यो प्रक्रिया अघिदेखि नै थाल्नुपथ्र्याे,” उहाँले भन्नुभयो ।अघिल्लो सरकारले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोट तथा सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सदस्य रहेको समिति गठन गरेको थियो ।

    समितिले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि माघ अन्तिम साता सार्वजनिक आवेदन आह्वान गरेको थियो । केही आवेदन आइसकेपछि सिफारिस समितिले केही दिनअघि नै प्रक्रिया स्थगित गरिसकेको थियो । प्रक्रिया स्थगित गर्नुका कारणबारे समितिले केही पनि खुलाएको छैन । समितिका संयोजक अधिकारीले भन्नुभयो, “मापदण्डसँग सम्बन्धित केही विषयमा छलफल गर्नुपर्ने छ । दुई वटै विविमा उपकुलपति प्रक्रिया केही दिनमै सुरु गर्छौँ ।”

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer