• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुणस्तरीय औषधी उत्पादनमा जोड


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    सचिव डा. देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी नेपाली उद्योगले उत्पादन गरेको औषधी खरिद गर्नुपर्ने बताउनुभयो । त्यसका लागि औषधी व्यवस्था विभागसँग समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले आमसर्वसाधारणले स्वास्थ्य भन्नेबित्तिकै औषधीलाई नै पहिलो नम्बरमा राख्ने गरेको भन्दै औषधीमा आत्मनिर्भरताका लागि उत्पादन, आयात, गुणस्तर, नियमन र स्थिरता हुनुपर्ने बताउनुभयो ।

    औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीमा आत्मनिर्भर हुन सरकारले सहयोग गर्ने बताउनुभयो । कतिपय विषय आफूले चाहेर पनि नहुने भन्दै उहाँले सरकारले नेपाली औषधी उद्योगको प्रवर्धनका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले औषधीको प्रयोगशालामा परीक्षण गरेकै आधारमा मात्रै कुनै पनि औषधीको गुणस्तर कायम नहुने बताउनुभयो ।

    उहाँले प्रयोगशाला परीक्षणमा ठिक भए पनि बिरामीलाई प्रयोग गर्दा काम गरेन भने त्यसको गुणस्तर कायम हुन नसक्ने बताउनुभयो । औषधीको गुणस्तर कायम राख्न उत्पादनमा मात्रै नभएर ढुवानी र भण्डारणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । औषधी उत्पादक सङ्घ (एपोन) का अध्यक्ष महेश प्रधानले औषधी उद्योगले धेरै कठिनाइ झेल्नु परेको बताउनुभयो ।

    उहाँले औषधी उद्योग टिक्नका लागि लगानीको दुई/तीन गुणासम्म व्यापार हुनुपर्नेमा अहिले लगानीको आधा पनि व्यापार हुन नसकेको बताउनुभयो । उहाँले समय अनुसार औषधीको मूल्य समायोजन हुन नसक्दा उद्योगीहरू समस्यामा पर्ने गरेको बताउनुभयो । नेपाल आयुर्वेद औषधी उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेयले आयुर्वेदिक औषधी उद्योगका लागि कानुनी समस्या रहेको बताउनुभयो । उहाँले सबै प्रदेशमा जडीबुडी सङ्कलन र प्रशोधन केन्द्र राख्नुपर्ने सुझाव दिनुभयो । आयुर्वेद क्षेत्रमा जनशक्ति अभाव रहेको र नेपालमा सीमितबाहेक आयुर्वेदको पढाइ नरहेको पाण्डेयको भनाइ छ ।

    नेपाल औषधी आयातकर्ता सङ्घका महासचिव पवन आचार्यले नीति निर्माण तहमा रहेका व्यक्तिलाई औषधीको बारेमा बुझ्न नचाहेको बताउनुभयो । स्वास्थ्यमन्त्रीका सचिवालयमा स्वास्थ्य र औषधी नै नबुझेका व्यक्ति रहने गरेको उहाँको गुनासो थियो । नयाँ बन्ने औषधी ऐनमा औषधी उधारो दिन नमिल्ने प्रावधान राख्न आचार्यले माग गर्नुभयो ।

    नेपाल फार्मेसी परिषद्का महासचिव सञ्जीव कट्टेलले औषधीको गुणस्तर परीक्षण गरेको रिपोर्ट आउन एक वर्षसम्म लाग्ने अवस्था रहेकाले विभागको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले औषधीको गुणस्तर परीक्षणका लागि सात वटै प्रदेशमा औषधी व्यवस्था विभागको संरचना र प्रयोगशाला रहनुपर्ने बताउनुभयो ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer