• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सात महिनामा दस अर्बको आइरन स्टिल निर्यात


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ ।

    Advertisement

    भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो । गत वर्ष सो अवधिमा भने जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । स्वदेशी अधिकांश वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

    सात महिनामा मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको कुल सामान निर्यात भएको हुँदा सबैभन्दा धेरै निर्यात आइरन स्टिलको भएको हो । निर्यातमा आइरन र स्टिलको हिस्सा ११ प्रतिशत रहेको छ ।

    सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ । गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रुपियाँ बराबरको भएको थियो ।

    चालु वर्षको आइरन र स्टिलको निर्यातमा सबैभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा सबैभन्दा धेरै सात अर्ब रुपियाँ बराबरको जस्तापाता निर्यात भएको छ । जस्तापाता, जिआई पाइप, किचन सामग्रीलगायतका आइरन र स्टिलमा केन्द्रित सामानहरू नेपालबाट भारत निर्यात हुने गरेका छन् । व्यवसायीले आइरन स्टिलको कच्चा पदार्थ आयात भारतबाट गरेर पुनः सामान उत्पादन गरेर निर्यात गर्ने गरेका छन् ।

    नेपालको सबैभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार हुने वस्तुमध्ये आइरन स्टिल पर्छ । चालु आवको सात महिनामा सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको छ । सात महिनाको अवधिमा सिमेन्ट तथा क्लिङ्करको निर्यात दुई अर्ब छ करोड रुपियाँ बराबरको भएको छ । गत वर्ष सात महिनाको अवधिमा १६ करोड ७० लाख रुपियाँ बराबरको निर्यात भएको थियो ।

    सात महिनामा एक अर्ब ७७ करोड रुपियाँको सिमेन्ट निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३५ करोड ८९ लाख ५१ हजार सिमेन्ट निर्यात भएको थियो । सात महिनामा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४२ करोड ३५ लाख रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer