• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हातै नभएका क्रिकेटर


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • काठमाडौं । भनिन्छ जिन्दगीमा कहिल्यै हिम्मत हार्नु हुँदैन । हिम्मत नै सफलता हो । दुबै हात नभएको मान्छेले क्रिकेट खेलेको सुन्दा तपाईं पत्याउनु हुन्छ ?

    Advertisement

    पक्कै हुँदैन । धेरैलाई सुन्दा अचम्म र विश्वास नलाग्न सक्छ । तर जम्मु कश्मिरका आमिर हुसेन एलोनको दुबै हात नभएपनि क्रिकेट खेल्दै आएका छन् । जस्तो सुकै अवस्थामा पनि जिन्दगीमा कहिल्यै हिम्मत हार्नु हुदैन भन्ने उनी विश्वकै एक प्रेरणादायी खेलाडी हुन् ।

    बलिङ खुट्टाको बुढी औंलामा च्यापेर स्पिन गर्दछन् । खुट्टाको सहायताले काँधमा ब्याट राख्छन् र ब्याटिङमा उत्रिन्छन् । ब्याटिङ स्टान्स विश्वका सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरसँग मिल्दो जुल्दोछ । उनले सचिनको क्रिकेट देखेर नै खेलेका हुन् । सचिनलाई उनी आफ्नो आइडल नै मान्छन् ।

    महाराष्ट्रमा भारतीय पूर्व खेलाडी र सेलिब्रेटीहरु सम्मिलित इन्डियन स्ट्रीट प्रिमियर लिगमा माष्टर–११ बाट उनले प्रतिनिधित्व गरेका छन् । टेनिस बलको टी–१० खेल सचिनसँगै खेलेका छन् ।

    आमिर हुसेनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभाव छाड्दै आएका छन् । दौडिएर खुट्टाले बल रोक्दा होस्, वा ब्याटिङ र बलिङ गर्दा । दुवै हात बिना क्रिकेट खेल्न कति गाह्रो हुन्छ ? हामी कल्पना मात्रै गर्न सकिन्छ । तर बंगलादेश, युएई र पाकिस्तानमा गएर खेलिसकेका उनी पारा क्रिकेट खेल्न नेपाल पनि आएका छन् ।

    इन्डियन स्ट्रीट प्रिमियर लिगमा सचिन आमिरको नामको जर्सी लगाएर मैदान उत्रिए । आमिर सचिनको नाम भएको जर्सीमा मैदान उत्रिए ।

    सचिनको सपना उक्त प्रतियोगितामा पहिलो बल नै आमिरसँग खेल्नु थियो । रोविन उथप्पाको बलमा तेस्रो ओभरमा उनी ३ रनमा क्याच आउट हुन पुगे ।

    ‘बाधाहरुलाई बेवास्ता गर्दै हरेक डेलिभरी (बल) मा आमिर रियल लेग स्पिनरको रुपमा उभिएका छन् । तिमी सबैको लागि प्रेरणा हौं’, सचिनले उनीसँग खेलेपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

    ८ वर्षमा दुबै हात गुमाएका आमिर

    आमिरको जन्म जम्मु कश्मिरको वाघमा गाउँमा सन् १९९० मा भएको हो । उनको बुबाको काठको एउटा मिल थियो । उनका ठूलो दाइ त्यहाँ काम गर्थे । आमिर स्कुल जान्थे र आउँथे । उनको काम दाइलाई खाना छोड्दिने हुन्थ्यो । एकदिन आमाले खाना छाड्दिन भनिन् ।

    उनलाई क्रिकेट खेल्न जान हतार हुँदा सुरुमा अस्वीकार गरे । तर ८ वर्षीय उनले आमाको बचनलाई पुन काट्न सकेनन् । मिलमा पुगेपछि त्यहाँ खेलेर भुल्न लागे ।

    खेल्नेक्रममा उनी गल्तीले आरामा परे । दुवै हात काटिए । गाउँका मान्छे आएर त्यो अवस्था देखे । तर हात छिनेर रगतमा लतपतिएका उनलाई कसैले सहयोग गरेनन् ।

    गाउँलेले सेनालाई बोलाइदिए । सेनाले आफ्नो गाडीमा राखेर अस्पतालमा लगेर उपचार गर्‍यो ।

    भाग्यले उनी बाँचे । तर दुर्भाग्य दुबै हात गुमाए । तीन वर्ष उपचारपछि घर फर्किए । गाउँमा देख्नेले उनलाई भन्थे दुवै हात नभएपछि यो केही कामको लायक नै छैन । बाँच्न भन्दा मर्न ठिक छ । कतिपयले त आमा बुबालाई खानामा बिष हालेर मार्नसम्म कठोर सुझाव दिएका थिए रे ।

    तर हजुरआमाले जिउन र समाजलाई लायक नभए पनि मेरो लागि विशेष भएको बताउँदै नराम्रो टिकाटिप्पणी गर्नेको विरोध गर्थिन् । निरन्तर हात नभए पनि केहि गर्न सकिन्छ भनेर हौसला दिन्थिन् ।

    स्कुल पढ्न जान थाले । तर हात नहुँदा घरमै बस्न भनियो । हजुर आमाले सम्झाउँदे भनेकी थिइन् । आमिर कसैको भनाइ नसुन्नु । आफ्नो पढाइमा मात्रै ध्यान दिनु । मेडमलाई मैले पढ्नु छ मात्रै भनेर जवाफ दिनु ।

    घरमा टिभी थिएन । छिमेकीकोमा हेर्न गए । तर छिमेकीले टिभी अफ गरेर त्यहाँबाट उनलाई निस्किन भने । उनी निस्के लगत्तै टिभी अन गरेर हेर्न थाले । बच्चापनको उमेर न त हो । आमिर पछाडि झ्यालबाट लुकेर फेरि हेर्न आए । त्यहाँ एउटा प्वाल थियो । एउटा आँखा बन्द गरेर उनले टिभी देखे । त्यहाँ सचिनले क्रिकेट खेल्दै थिए ।

    सचिनको खेलबाट निकै प्रभावित भए । उनलाई पनि क्रिकेट खेल्न मन लाग्यो । हजुर आमालाई आफूलाई बलिङ गर्न भने । नातीको कुरा सुनेर उनी खुसीले हासिन् । कसरी खेल्ने भनेर समेत सोधिनन् । हजुर आमालाई बलिङ गर्न आउने थिएन । तर पनि नातीको खुसी नमर्न बल फाल्न थालिन् ।

    उनको पनि सपना क्रिकेटर बन्ने थियो । तर त्यो दुवै हात काटिँदा टुटेको थियो । फेरि उनमा खेलाडी बन्ने आशा जाग्यो । विस्तारै विस्तारै काँघमा ब्याट राख्न सिके । अनि खुट्टाबाट बल फाल्न ।

    लगातार मिहिनेतपछि त उनी पारा क्रिकेटर नै बने । धेरै संघर्ष र कठिनाई भोगे । कहिल्यै हार मानेनन् । जिन्दगीमा सधैं अघिको मात्रै सोचि रहे । बरु आफ्नो काम सबै आफै गर्न थाले ।

    २०१३ मा उनले पारा क्रिकेट दिल्लीमा गएर खेले । भारतका हरेक सहरमा हुने पारा क्रिकेट खेल्न थाले । २०१८ मा बंगलादेशमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेले उनी जहाँ गएर खेल्थे त्यहाँ सबैले माया र सम्मान दिन्थे । जसले उनको हौसला झन् बढ्दै गयो ।

    उनले अहिलेसम्म सरकारबाट कुनै पनि आर्थिक सहयोग पाएका छैनन् । जम्मु कश्मिर सरकारले उनलाई अनुदान पाउन निवेदन लेख्न लगायो । तीन चार वर्षसम्म लगातार दिएन । जुत्ता फाट्यो । सरकारले कुनै पनि सहयोग नगर्दा उनी केहि निराश छन् ।

    २०१६ को अप्रिलमा भारतीय क्रिकेटर विराट कोहलीले आमिरबाट प्रभावित हुँदै सामाजिक सञ्जालमा लेखेका थिए, ‘जिन्दगीमा कहिल्यै आशा नमार्नु, जिन्दगी कहिल्यै अन्त्य हुँदैन । यो केवल सुरु हुन्छ । सलाम छ यी युवालाई ।’

    त्यो ट्वीटले पनि आफूलाई धेरै प्रेरणा मिलेको उनी बताउँछन् । २०१६ को टी–२० विश्वकप सेमिफाइनल वेस्टइन्डिजविरुद्ध खेल हेर्न वानखडे स्टेडियम मुम्बइमा आशिष नेहराले उनलाई निमन्त्रणा गर्दै टिकट मिलाई दिएका थिए ।

    सचिनले पूरा गरे बाचा

    सचिन खेलको मात्रै होइन मनका पनि महान् छन् । सचिनले २०१६ मा उनलाई ब्याट गिफ्ट पठाएका थिए । समय मिल्दा एक दिन भेट्न जम्मु कश्मिर आउने बाचा गरेका थिए ।

    दुई साता अघि त्यो बाचा पूरा गर्दै सचिन उनलाई भेट्न कश्मिर नै पुगे । सचिनले कश्मिरको बाटोमा स्थानीयबासिन्दासँग खेलेको क्रिकेटले भारतमा राम्रो चर्चा पाएको थियो ।

    ‘तपाईं आउने थाहा भएपछि आज म यति धेरै खुसी छु । जिन्दगीमा कहिल्यै आशा मारिनँ । मेरो जुन रुची छ त्यो पूरा गर्नु छ भनेर अघि बढी रहेँ । आज म जहाँ छु त्यो तपाईंको कारण हो । मेरो प्रेरणा सबैभन्दा बढी तपाईं नै रहनु भयो’, सचिनसँग कश्मिरमा भेटेपछि आमिरले भनेका छन् ।

     

    कसैले गर्न नसक्ने काम आमिरले गरेको सचिन बताउँछन् । ‘तिमीले जुन काम गरेर देखायौं त्यो कसैले गर्न सक्दैन । ८ वर्षको बच्चादेखि यति ठूलो चुनौती मानिसक रुपमा कम गर्न । जिन्दगीमा दोस्रोको लागि प्रेरणा बन्न यो निकै ठूलो उपलब्धि हो । सायद तिमीलाई थाहा छैन तिमीले केसम्म गरेका छौं’, सचिनले आमिरलाई भेटेपछि भने ।

    सचिनको उक्त कुरापछि आमिर झनै भावुक हुन्छन् । सचिनले जुरुक्क उठेर उनलाई ब्याटमा हस्ताक्षर गर्दै गिफ्ट दिन्छन् । उक्त ब्याटमा सचिनले लेखेलेका हुन्छन्, ‘आमिर द रियल हिरो किप इन्सपायर ।’

    – भारतीय सञ्चार माध्यम र एजेन्सीहरुको सहयोगमा ।

     

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer