• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कैलालीका किसान आलु खेतीतर्फ आकर्षित


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • कैलाली । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको अकर्षण बढ्न थालेको हो ।

    Advertisement

    माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले विकासेभन्दा स्थानीय जातको आलुको माग बढि भइरहेकाले यसलाई व्यावसायिकरूपमा गर्न थालिएको बताए ।

    उनले यस वर्ष सात कठ्ठामा आलुखेती गरेको बताए । “मैले पहिले टिपीएस, कार्डिनललगायतका आलु पनि लगाउँथे । यस वर्ष थारुआलु मात्रै लगाएको छु”, चौधरीले भने, “थारुआलुको माग पनि बढेको छ । खान पनि स्वादिलो हुन्छ, त्यसैले यसको उत्पादनमा जोड दिएको छु ।” उन्नत जातका आलु हाल बजारमा प्रतिकिलो २५ देखि ३० मा बिक्री हुने भन्दै थारुआलु प्रतिकिलो ५० मा बिक्री हुने गरेको उनले जानकारी दिए ।

    यस वर्ष २५ क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उनले भने, “यस वर्ष १५ क्विन्टल जति बिक्री गर्छु । अरु आफूलाई खान र बीउका लागि राख्छौँ । असारसम्म बिक्री गर्छौँ । त्यो बेला मूल्य अझ बढी हुन्छ । प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुन्छ ।” धनगढीमा रहेको हाटबजारमा सहजै बिक्री हुने भन्दै काठमाडौँबाट पनि माग आइरहेको बताए ।

    “आलु खनेर निकालेपछि यो सिजनमा फल्ने तरकारी लगाउँछु । तरकारी खेतीबाटै चार जनाको परिवारको खर्च, छोराछोरीको पढाइलेखाइ सबै चलाएको छु”, चौधरीले भने । उनका अनुसार सबै खर्च कटाएर थारुआलु तथा अन्य तरकारीबाट वार्षिक तीन लाखसम्म बचत भइरहेको छ ।

    खानमा स्वादिलो, कम बिग्रिने, भण्डारण गर्न सजिलो हुने भएकाले पछिल्लो समय किसानले रैथाने (थारु) आलु लगाउन थालेका स्थानीय पदीराम चौधरीले बताए ।

    उनले आठ कठ्ठा आलुखेती गरेको बताउँदै करिब २५–२६ क्विन्टल उत्पादन भएको बताए । “अहिले बिक्री सुरु गरेका छौँ । १२ देखि १५ क्विन्टलसम्म यस वर्ष बिक्री गर्छौँ”, उनले भने, “बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”

    थारु आलु घरमै लामो समय भण्डारण गरेर राख्दा नबिग्रिने उनले पदीरामले बताए । गोबरमलको प्रयोग हुने भएकाले स्वास्थ्यका लागि थारुआलु राम्रो हुने भन्दै बजारमा यसको माग बढ्न थालेको उनको भनाइ छ ।

    सोही ठाउँका स्थानीय फूलीराम चौधरीले यस वर्ष तीन कठ्ठामा आलुखेती गरेको बताए । उनले भने, “यस वर्ष १० क्विन्टल जति उत्पादन भएको थियो । पाँच क्विन्टल आलु हाटबजारमा लगेर बिक्री गरिसकेँ, बाँकी आफ्नो परिवारका लागि तरकारी र बीउका लागि राखेका छौँ ।” बीउका लागि कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित शीतभण्डारमा लगेर राख्ने गरेको उनले बताए ।

    सोही ठाउँका वीरेन्द्र चौधरीले पनि पाँच कठ्ठामा आलुखेती गर्दै आएको बताए । “पहिले विकासे जातको आलु पनि लगाउँथ्यौँ । अहिले थारुआलुलाई जोड दिएका छौँ । यस वर्ष १५ क्विन्टल उत्पादन भएको छ”, उनले भने, “पुर्खौँदेखि लगाउँदै आइएको रैथाने आलु लगाउन छोडिँदै गएको थियो । यसको मागसँगै मूल्य पनि बढी भएकाले फेरि किसानले लगाउन थालिएका छन् ।”

    शान्तिटोलका करिब ५० किसानले थारुआलु खेती गर्दै आएका स्थानीयको भनाइ छ । थारुआलु संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गरिने धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागिराम चौधरीले बताए ।

    “रोग कम लाग्ने, थोरै जग्गामा लगाउँदा उत्पादन धेरै हुने, खानमा स्वादिलो, लामो समयसम्म राख्दा नबिग्रिने थारुआलु संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ”, उनले भने, “उन्नत जातको आलुको तुलनामा यसले कम मेहनतमा बढी उत्पाद दिन्छ ।” यसको प्रवर्द्धन, खेती विस्तार गर्न आवश्यक भएको स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ ।

    आलु प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँका किसानलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको जिल्लास्थित केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार केन्द्रले चालु आवमा जिल्लाका विभिन्न ठाउँमा ४२ हेक्टर जग्गामा थारुआलु खेतीका लागि ७१ किसानलाई अनुदान, बीउबिजन, विषादि, स्प्रे, सिँचाइलगायतमा अनुदान दिएको छ ।

    सो क्षेत्रबाट १० हजार क्विन्टल बढी थारुआलु उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ । रासस

     

     

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer