• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एमालेले थाल्यो गण्डकी सरकार गठनको पहल


  •   आइतबार, फागुन २७, २०८० मा प्रकाशित
  • कास्की । नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।

    Advertisement

    अनौपचारिक रूपमा सरकार परिवर्तनको पहल भए पनि आइतबारबाट एमालेले औपचारिक रूपमा सरकार गठनको पहल आरम्भ गरेको जनाएको छ । गण्डकी प्रदेशसभा संसदीय दलको आइतबार भएको बैठकले गण्डकी प्रदेशमा सरकार निर्माणको प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि वातावरण निर्माण गर्न सबैलाई आह्वान गरेको छ ।

    बैठकले संसदीय दलका नेता खगराज अधिकारीलाई परिवर्तित परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्ने जिम्मासमेत दिएको छ । एमालेले गण्डकी प्रदेश सरकार कामचलाउ बनिसकेकाले दीर्घकालीन महत्वका निर्णय नगर्न भनेको छ । बैठकको निर्णयमा भनिएको छ, “सरकार कामचलाउ भएको अवस्थामा दीर्घकालीन असर पर्नेखालका कुनै पनि निर्णय नगर्न साथै त्यस्ता कुनै पनि काम, कारबाही अगाडि नबढाउन सरकारलाई सचेत गराउँदछौ ।”

    एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सत्ता गठबन्धनको ठुलो दल भएकाले एमालेले सरकार गठनको अगुवाइ र पहल गर्नु स्वाभाविक हुने बताउनुभयो । “बाहिर मध्यावधि हुने भन्ने हल्ला सुनिन्छ, हामी त्यो परिकल्पनै गर्दैनौँ । सहज र स्वाभाविक रूपमा सरकार गठन हुन्छ” उहाँले भन्नुभयो ।

    सरकारको नेतृत्व र विपक्षमा जो रहे पनि प्रदेश सरकारको स्थायित्व पहिलो कुरा भएको उहाँको भनाइ छ । सङ्घकै गठबन्धनअनुसार प्रदेशमा सरकार बन्ने उहाँको भनाइ छ ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२ सांसद छन् । गठबन्धनमा रहेको माओवादी केन्द्रका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन् । सबै मिल्दा पनि सरकार गठनका लागि एमाले, माओवादीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ आवश्यक पर्छ ।

    सङ्घमा २१ गते सत्ता गठबन्धनमा बदलाव आएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २२ गते माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । आफ्ना मन्त्री बर्खास्त भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    गण्डकीमा माओवादी केन्द्रले समेत मुख्यमन्त्रीमा दाबी गरेको छ । केन्द्रमा आन्दोलनमा रहेको राप्रपाले सरकारमा जाने नजाने केही निर्णय लिएको छैन । सरकारको समीकरणमा गडबडी भएपछि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।

    आइतबार, फागुन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer