• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डोटी जोरायलको बासमती चामलको माग बढ्दै


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • डोटी । डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो ।

    Advertisement

    बासमती धान विक्री गर्नका लागि बजारको समस्या छैन । उत्पादित भएको धान सबै बिक्री हुन्छ । बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन् ।

    स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन् ।

    जोरायल –४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा रु ३० देखि ३५ लाखको कारोबार गर्छ । विसं २०६९ मा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिए ।

    किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उनले भने, “हामी किसानबाट बासमती धान प्रतिकिलो रु ६५ देखि ७० मा खरिद गर्छौँ र चामल प्रतिकिलो रु एक सय २५ देखि एक सय ३० मा बिक्री गर्छौँ”, व्यवसायी मडैले भने ।

    मडैजस्तै बासमती चामलको व्यापार गर्दै आउनुभएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब रु १० लाखबराबरको कारोबार गर्छन् । उनी दुई वर्षयता जोरायली बासमती चामलको व्यापार गरिरहेका छन्। यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए। उनले भने, “चामलको माग धेरै हुन्छ, ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो माग भएमा ५० किलो उपलब्ध गराउँछौँ ।”

    मडै र बोहराजस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन् । व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन् । जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार हुन् । मिलमा प्याकिङ भएको चामल प्रायः थोकमा बिक्री हुन्छ ।

    यो धान वर्षमा रु एक करोडभन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ । गाउँपालिकाले ‘जोरायली बासमती धान’लाई अग्र्यानिक ब्राण्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तारजस्ता काम गरिरहेको गाउँपालिका अब अग्र्यानिक ब्राण्ड बनाउन लागेको उनले बताए । अध्यक्ष ओझाले भने “बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अग्र्यानिक ब्राण्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ, सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ ।”

    जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्यालालगायतका ठाउँमा यो धानको खेती गरिन्छ । पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसान बीउ संरक्षणमा लागेका छन् ।(डिसी नेपाल)

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer