काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव मात्र रहेकाले वर्षा हुने कुनै लक्षण देखिएको छैन।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।




