• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ०२, २०८३
☰
शनिबार, जेठ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चौबिस घण्टामा आगलागीका ५५ घटना, मारमा जनता, बेखबर सरकार


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । मौषम फेरबदलका कारण यो समय देशभर ज्यादै सुख्खा हुने गरेको छ । यतिबेला गाउघर र बनजंगलमा आगलागीका घटना ज्यादै बढ्ने गर्छ । यता, नागरिकको जिउ धन कसरी सुरक्षित गर्ने भन्ने चिन्ता सरकारमा रत्तिभर देखिदैन । डढेलो र आगलागी घटना दिनदिनै बढेको-बढ्यै छ ।

    Advertisement

    फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।

    विगत १२ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आगलागीकै कारणले ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको अकालमै ज्यान गएको छ ।

    मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एक दशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।

    फागुनयता जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले १४ वटा जङ्गलमा आगो निभाएको जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी गोर्खबहादुर दर्लामी मगरले ग्यास चुहिएर, विद्युत् ‘सर्ट’ भएर उपत्यकामा आगलागीका घटना हुने गरेको बताउनुभयो । तर फागुन महिनामा भने खुला ठाउँमै आगो धेरै लागेको उहाँले जानकारी दिनुभयो । आगलागीबाट जोगिन घरधनीले नियमित रूपमा विद्युतीय वायरिङ मर्मतसम्भार गर्नुपर्ने सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले विगत ४४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै आगलागीका १९ घटना भएकाले सजग रहन अनुरोध गर्नुभएको छ ।

    त्यसका लागि ११६ जना प्रहरी परिचालन गर्नुपरेको र १२ लाखभन्दा धेरैको आर्थिक क्षति भएको जानकारी दिनुभयो । आगलागीको जोखिम सबैभन्दा बढी हिउँद महिनामै हुने गरेकाले त्यसमा ध्यान पु¥याउन आवश्यक देखिएको बताउनुभयो ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले यो वर्ष वनको डढेलो जोखिम उच्च हुने अनुमानका साथ रोकथामका लागि पनि तयारी रहनुपर्ने जनाएको छ । यो वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुक्ने र आगलागीको जोखिम उच्च हुने भएकाले ध्यान पु¥याउन अनुरोध गरेको छ ।

    लाङटाङ राष्ट्रिय निकुञ्जमा दस दिनदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्रको जङ्गलमा आगलागी भएको हो । नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छ । जटिल भूबनोटका कारण आगो नियन्त्रणमा आउन सकेको छैन ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ४.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: जेठ, २०८३

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer