• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख २८, २०८३
☰
सोमबार, बैशाख २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं उठाएर सञ्चालक फरार


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ ।

    Advertisement

    हेटौंडा-२, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा-८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान्-श्रीमती हुन् ।

    उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् ।

    कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । त्यही भीडका एक सदस्य हेटौंडा-२, वनसखण्डी बस्ने अम्बिका गोतामेले आफ्नो ८ लाख बचत रकम जोखिममा परेको बताइन् ।

    सिलाइकटाइको काम गदै आएकी उनले दुई छोरी, बाबु र आफ्नो नाममा ५ वटा पास बुक बनाएर बचत गर्दै आएकी थिइन् । ७ वर्ष अघिदेखि रकम बचत गर्दै आएको बताउने गोतामेले भनिन्, ‘म पढेको मान्छे हैन । सञ्चालकलाई पनि चिन्दिनँ । काम गर्ने केटीहरु आएर राम्रो हुन्छ भनेपछि सधैं बचत गरेकी हुँ । अहिले यस्तो हुँदा मलाई मर्नु र बाँच्नु भएको छ । ६ दिनदेखि रातभर निदाउन सकेको छैन ।’

    सहाराले ऋण प्रवाह नगर्ने र बचत रकम संकलन मात्रै गर्ने बताएकाले आफूले पैसा जम्मा गरेको उनी बताउँछिन् । ‘म जस्तै ६ सय जना जतिको बचत रहेछ । कसैको २० लाख, कसैको १० लाख पनि रहेछ । सबैको कुरा सुन्दा पैसा त करोड नै रहेछ,’ उनले सुनाइन् ।

    विगत ४ वर्षदेखि बचत गर्दै आएकी रुबिका अधिकारीले पनि एक लाख रकम बचत गर्ने धेरैजना रहेको बताइन् । आफ्नो भने ५८ हजार रुपैयाँ बचत रहेको अधिकारीले उल्लेख गरिन् ।

    हेटौंडा उपमहानगरपालिका कार्यालयले साहारा किस्ताबन्दी कार्यक्रम संस्थामा नगर क्षेत्रका स्थानीयले २० लाखदेखि ५० हजार रुपैयाँसम्म बचत गरेको खुलेको जनाएको छ ।

    बचतकर्ताहरुले दिएको जानकारीअनुसार एक करोडभन्दा माथि रकम हिनामिना भएको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । ‘सोधपुछ गर्दा २०, १०, ५ लाखसम्म बचत रहेको थाहा पायौं । ६ सय जनाको धेरथोर गर्दा पनि एक करोडमाथि बचत हुन आउने देखिन्छ । त्यो बचत रकम ४-५ करोड पनि पुग्न सक्छ । ठ्याक्कै यति रकम जोखिममा रहेको भनेर खुलिसकेको छैन,’ पौडेलले भने ।

    दर्ताविना सञ्चालन

    ०५८ सालेखि खुलेको संस्थाको व्यवसाय दर्ता उपमहानगरपालिकामा नरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता भेटिएको छैन । संस्था भागेपछि मात्रै बचत भइरहेको थाहा पाएको पौडेल बताउँछन् । ‘भागेपछि मात्रै खुल्यो । त्यहाँ बचत गरिरहेको कुरा बचतकर्ताहरुले सूचना पनि गरेनन् । हामीले त्यसरी बचत गरेकालाई खोजीखोजी राखेका थियौं । साहारा भनेपछि अन्य प्रयोजन होला भन्ठानेको त्यसरी बदमास गरेको रहेछ,’ उनले भने ।

    कर्मचारीलाई बोलाएर सोधपुछ गर्दासमेत संस्थाको दर्तालगायतका कागजातबारे नखुलेको उनले बताए ।

    पौडेलले सहारा किस्ताबन्दी कार्यक्रममा सुरुवातमा गैरसरकारी संस्थाको रुपमा खुलेको र पछिल्ला वर्षमा बचतलगायतका कार्य गर्न थालेको हुन सक्ने सोधपुछबाट खुलेको जनाए । सहारा किस्ताबन्दी कार्यक्रमले पछिल्ला वर्ष बचतकर्ताको रकम संकलन गर्ने र घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको थियो ।

    रकम संकलन गर्ने, किस्ताबन्दीमा घरायसी सामान दिने

    बचत संकलक कर्मचारी अनिता महतकाअनुसार करिब ६ सय जनाले नियमित बचत गर्दै आएका थिए । सञ्चालक थापाले हरेक ३० प्रतिशत अगि्रम भुक्तानी लिएर ७० प्रतिशत रकम किस्ताबन्दीमा घरायसी सामान उपलब्ध गराउँदै आएका थिए । किस्तामा सामान दिए वापत थापाले निश्चित मुनाफा राख्ने गरेको महत बताउँछिन् ।

    संस्थाको नाममा चार जनाले घर वा पसलहरुमा पुगेर नियमित रकम संकलन गर्दै आएका थिए । बचत रकमको हरहिसाब थापा दम्पतीले नै राख्ने गरेको महतले बताइन् । ‘आइतबार अफिस बन्द भएपछि उहाँहरुको खोजी गरेको हो । अहिलेसम्म कहाँ हुनुहुन्छ भनेर थाहा पाएका छैनौं । सरोज र बिनाले छोरीलाई घरमै छोडेर छोरो लिएर हिँडेको थाहा पायौं,’ कर्मचारी महतले भनिन्, ‘घरमा गएर कुरा गर्दा बुबाले घरमा पनि नरहेको बताउनु भयो । दुवै जनाको मोबाइल अफ छ । घरमा पनि उहाँहरुको राम्रो व्यवहार नभएको थाहा पायौं ।’

    विगत १५ वर्षदेखि संस्थामा जागिर खाएको बताउँदै महतले आफू निर्दोष रहेको बताइन् । उनले भनिन्, ‘यति लामो समयसम्म काम गर्दा उहाँहरुको गलत काम सुनेका थिएनौं । अहिले एक्कासी सोच्दै नसोचेको घटना भयो । दोष हामीमाथि लगाइएको छ । हाम्रो कुनै दोष छैन । हामीले बचत ल्याइदिने काम मात्रै गरेको हो ।’

    महतसहित कर्मचारी सिता पौडेल, गंगा अधिकारी, अनिता तामाङ श्रेष्ठ र केवल थापाले ३० फागुनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सञ्चालक थापा दम्पती खोजी गरिदिन माग गर्दै निवेदन दिएका छन् । सञ्चालक सम्पर्कविहीन भएको र कार्यालय पनि नखुलेकाले बचतकर्ताहरुबाट अप्ठेरो परिस्थति परेको भन्दै उनीहरुले निवेदन दिएका हुन् ।

    प्रशासनले ३० फागुनमै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सञ्चालक थापा दम्पती खोजी गरी उपस्थित गराउन पत्र काटेको छ । बचतकर्ताहरुले भने आइतबारसम्म सम्बन्धित निकायमा उजुरी दर्ता गराएका छैनन् ।

     

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer