• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धुर्कोटको विचित्र गुफामा विदेशी पर्यटकको भिड


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • गुल्मी । पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ ।

    Advertisement

    धुर्कोट गाउँपालिका-५ बस्तुस्थित विचित्र गुफाको अवलोकनका लागि विदेशी पर्यटकसमेत आउन लागेका छन् ।

    गुफामा पछिल्लो १५ दिनमा विभिन्न देशका करिब ३० जना पर्यटकले गुफा अवलोकन गरेको तथ्यांक छ ।

    केही दिनअघि १७ जनाको फ्रान्सेली नागरिकहरु त्यस विचित्र गुफाको अवलोकन गरेका थिए । त्यसपछि बेल्जियम, स्पेन र फ्रान्सका १२ जना पर्यटक गुफा हेर्न पुगेका थिए ।

    गुफा अवलोकनका लागि आएका विदेशी पर्यटकलाई वडाध्यक्ष केशवराज भण्डारी र विचित्र गुफा संरक्षण तथा विकास समितका अध्यक्ष सन्तोष गौतम सुनारले स्वागत गरेका थिए ।

    विदेशी पर्यटकलाई गुल्मीकै सिर्सेनीमा रहेको अरविन्दा आश्रमका स्वामी रामचन्द्रदासले अवलोकन गराउन सहयोग गरेका छन् ।

    गुफा अवलोकन पछि वेल्जियमकी सुर्यामा र फ्रान्सका पियरले गुफा राम्रो लागेको प्रतिक्रिया दिए । उनीहरुले गुफा एउटा शान्ता ठाउँ रहेकाले घुम्नका लागि उपयुक्त स्थान रहेको बताएका थिए ।
    यस्ता गुफा आफ्ना देशहरुका रहेपनि प्राकृृतिक रुपमा रहेका आकृतिहरु अत्यन्तै राम्रो लागेको उनीहको प्रतिक्रिया थियो ।

    गुफामा यसअघि फाटफुट रुपमा विदेशी नागरिकहरु गुफा अवलोकन भ्रमणमा आए पनि ठूलो समहूमा आउन थालेको यो पहिलो पटक हो ।

    विचित्र गुफाको भौतिक विकासले पर्यटन विकास बढ्दै जान थालेको गुफा विकास समितिका अध्यक्ष सुनारले बताए ।

    पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण कार्य पनि हुँदै आएको बताए ।

    गुफाभित्र विदेश पर्यटक
    यस गुफालाई पर्यटन उद्योगको रुपमा विकास गर्न थालिएको सुनारले बताए । २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा पत्ता लागेको त्यस गुफा महत्वपूर्ण राष्ट्रिय सम्पदाका रुपमा स्थापित हुन पुगेको स्थानीय शिक्षक कृष्णप्रसाद भण्डारीले बताए ।

    पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केही रेखदेख र संरक्षण गर्दै आएको बताए । गुफासम्म पुग्ने मोटरबाटो स्तरीय नहुँदा गाह्रो पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् ।

    हाल गुफा क्षेत्रमा कच्ची बाटो, नजिकै पिननिक खानेहरुको लागी प्रतिक्षालयसँगै शौचालयहरु निर्माण गरिएको धुर्कोट गाउँपालिका वडानम्बर ५ का अध्यक्ष केशव भण्डारीले बताए ।

    गुफा अवलोकनका लागि अहिले दैनिक १०० जनासम्म र कहिलेकाही विभिन्न समूहमा घुम्न जाने गरेको भण्डारीले बताए ।

    अहिले गुफा नजिकै सूचना केन्द्र भवन निर्माण भइरहेको छ । जसबाट विचित्र गुफाको सम्पूर्ण जानकारी दिने सूचना केन्द्रको भवन, गुफा नजिकै छल्दिदेखि गुफासम्म जाने पैदल मार्ग, बीचबीचमा प्रतिक्षालय, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

    विचित्र गुफा जाने बाटो ।
    गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको छ ।

    गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र रहेको अध्यक्ष पोखरेलले बताए ।

    विचित्र गुफा कुल १८५ मिटर रहेको छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थुन र निकै कलिला चट्टानहरु रहेका छन् ।

    अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो गुफा हुन सक्ने यसको अझै धेरै कुरा पत्ता लागिनसकेको दाबी गरिएको छ ।

    गुफाभित्र सानाठुला गरी ११ वटा धार्मिक ग्रन्थमा आधारित कक्षहरु छन् । गुफाभित्रको उचाइ पनि कतै निहुरिएर पस्नु पर्ने त कतै सभाहल नै बन्नेखालको छ ।

    हिन्दु धर्ममा आधारित विभिन्न प्राकृतिक संरचना रहेको त्यस गुफा नाम जस्तै विचित्रको छ ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer