• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तनहुमा आठ महिनामा एक चौथाइभन्दा कम विकास खर्च


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • तनहुँ । चालु आर्थिक वर्षको आठ महिनामा तनहुँमा विनियोजित बजेटमध्ये एक चौथाइभन्दा कम विकास खर्च भएको छ ।

    Advertisement

    जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि सङ्घ सरकारबाट प्राप्त तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ मा २३ दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पुँजीगततर्फ सङ्घीय सरकारमार्फत रु. तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा फागुन मसान्त सम्ममा रु. ८८ करोड ९९ लाख ७८ हजार नौ सय ३६ खर्च भएको छ ।

    त्यस्तै चालूतर्फ ५८ दशमलव ६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु आठ अर्ब ८४ करोड ७५ लाख ३० हजार एक सय ८८ विनियोजन भएकोमा रु पाँच अर्ब १३ करोड ६९ लाख ९५हजार तीन सय १५ खर्च भएको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा चार प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ २७ दशमलव ७३ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु. दुई अर्ब ६२ करोड ५२ लाख १३ हजार विनियोजन भएकामा रु. ७२ करोड ८० लाख ४९ हजार छ सय ३८ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशमा चालूतर्फ रु. ८६ करोड एक लाख १३ हजार नौ सय ८० विनियोजन भएकामा रु. ३३ करोड १२ लाख २६ हजार पाँच सय ३५ अर्थात् ३८ दशमल ३३ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउने लगायतले विकास बजेटको खर्च न्यून हुन पुगेको प्रमुख कोष नियन्त्रक भट्टराई बताउनुहुन्छ ।

    कार्यालयका अनुसार आठ महिनामा सङ्घ र प्रदेशको गरी २५ दशमलव तीन प्रतिशत विकास अर्थात् पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट रु. छ अर्ब ४६ करोड ४२ लाख तीन हजार आठ सय २९ मा रु. एक अर्ब ६१ करोड ८० लाख २८ हजार छ सय सात खर्च भएको छ । यस्तै चालुतर्फ भने ५६ दशमलव ३३ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु. नौ अर्ब ७० करोड ७६ लाख ४४ हजार एक सय ६८ विनियोजन भएकोमा पाँच अर्ब ४६ करोड ८२ लाख २१ हजार आठ सय १५ अर्थात् ५६ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

    तनहुँमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सङ्घ सरकार तर्फ रु. सात अर्ब ६६ करोड ४३ लाख २५ हजार तीन सय ७० रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेशतर्फ १६ करोड ६८ लाख ९३ हजार चार सय ९५ रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लामा भित्रिएका कुल खाद्यान्न सामग्री, निर्यातित सामग्री, सरकारी सेवा–सुविधासहित १० स्थानीय तहले गरेको वित्तीय प्रगतिमा उक्त राजस्व सङ्कलन भएको हो ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer