• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महरा पक्राउपछि नेता लेखनाथ न्यौपाने लेख्छन्,”तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान्”


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । पूर्वअर्थमन्त्री, सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परे । ३ वर्ष अघि सभामुख हुँदा जवर्जस्ती करणी अभियोगमा पक्राउ परेपछि उनी सभामुखबाट वर्खास्त भएका थिए ।

    Advertisement

    त्यतिबेला उनले आफ्नै कार्यकर्ता एक महिलालाई जर्वजस्ती गरेर भोलि पल्ट त्यो घटना विर्सन अनुरोध गर्दै पठाएको ‘फर्गेट एस्टडे’ भन्ने सन्देशले नेपाली राजनीतिमा एउटा मिथक नै बनाएको छ । पहिले केपी ओली प्रधानमन्त्री हुँदा पक्राउ परेका उनी अहिले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पक्राउ परेका छन् । माओवादी उपाध्यक्ष महरा पक्राउ प्रकरणलाई कतिपयले प्रचण्ड र गृहमन्त्री लामिछानेको ठूला माछा समात्ने घोषणाको कार्यान्वयन गरेको भन्दै प्रशंसा गरिरहेका छन् । तर, के साँच्चै महरा पक्राउ प्रकरण प्रचण्ड सरकारको, स्वंय प्रचण्डको वा माओवादीको भ्रष्टाचार विरोधी अभियानको अंग हो ? निश्चय पनि महरा पक्राउ पर्नु नेपालको भ्रष्टाचार र आर्थिक अनियमितता नियन्त्रणको लागि एउटा कडी हो । तर, अहिले सत्ता दाउपेचका कारण उनी पक्राउ परेपनि यथार्थमा प्रधानमन्त्री प्रचण्ड उनीमाथि कारवाही गर्ने पक्षमा थिएनन् र उनलाई जोगाउन हदैसम्म प्रयासरत थिए भन्ने स्पष्ट हुन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने प्रचण्डले महरामाथि प्रश्न उठ्ने वित्तिकै छानविन गरेर कारवाही गर्ने थिए ।

    सुन तस्करी प्रकरणमा महराको संलग्नता केही महिना अघि नै खुलेको हो, तर पनि प्रचण्डले महरामाथि कारवाही गरेनन् । अनेक ढंगले कारवाही प्रकृयालाई पर धकेल्ने, अरुलाई कारवाही गरेर महरालाई उम्काउन खोज्ने प्रयत्न गरिरहे । प्रधानमन्त्रीले घोषणा गरेझैं साँच्चै नै भ्रष्टाचार र आर्थिक घोटाला प्रति सून्य सहनशिलता अपनाएको भए महरालाई पार्टी उपाध्यक्षबाट हटाएर पहिले नै कारवाही गरिसक्थे । तर, संचारमाध्यमको निरन्तरको खबरदारीको कारण सुन प्रकरणमा महराको संलग्नता रहेको कुरा सेलाउन पाएन, बरु निरन्तररुपमा संचारमाध्यम र सर्वसाधारणले महरालगायतलाई लक्षित गर्दै ठूला माछालाई जोगाउन खोजेको भन्दै खबरदारी गरिरहे । त्यही खबरदारीको बीचमा सत्ता परिवर्तन भएपछि आफ्ना सबैभन्दा भरपर्दा सहयोगी महरामाथिको कारवाहीलाई प्रधानमन्त्री प्रचण्डले समेत रोक्न सकेनन् । यो कुरालाई माओवादी केन्द्रिय नेताहरु नै खुलेआम स्वीकार गरेका छन् । महरा पक्राउ लगत्तै सोमबार दिउँसो माओवादी केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले माओवादीमा पद र पैसाको लागि मरिहत्ते गर्नेहरुको बोलवाला रहेको र त्यसलाई स्वंय प्रचण्डले संरक्षण गरिरहेको दावी गरेका छन् ।

    फेसबुकमा न्यौपानेले लेखेका छन्-‘विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस् चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जो जो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झ्याङ्गिएको त्यहीँ छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र वलिदानबाट आएको माओवादी पनि उहीँ ड्याङको मूला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको छ । जिल्लाहरु जान नदिने गरी अवरोध गर्ने र कुनै कार्यक्रममा जादा कसले बोलायो यसलाई ? भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु, जसले आफुलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् ? दुःख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हो ।’

    युवा नेता न्यौपानेले भनेझैं माओवादी पार्टी भित्र शासन चलाइरहेका ‘प्रचण्डका खास मान्छेहरु’ भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त छन् । स्वंय प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालमाथि सबैभन्दा प्रश्न उठिरहेको छ । पार्टी उपमहासचिव रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माका काण्डहरुको बारेमा त चर्चा गर्ने निकै लामो फेहरिस्त बन्छ । त्यस्तै अभियोगहरु लागेका माओवादीका खास गरि प्रचण्ड पक्षीय नेता कार्यकर्ताहरुको संख्या निकै लामो छ । तर, प्रचण्ड आफै तिनीहरुको संरक्षण गरिरहेका छन् । प्रचण्ड र हरेक पार्टीका मुख्य नेतृत्वले हदैसम्मको निर्मम नभएसम्म महरा वा अरु एक केही व्यक्तिहरु पक्राउ परे पनि आर्थिक र राजनीतिक क्षेत्रको वेथिति नियन्त्रण हुने संभावना देखिदैन ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer