• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेका भनी आरोप लगाइएका विवादित व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    Advertisement

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र विरेन्द्र बहादुर माझीको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको आधारमा व्यापारी नरेश अग्रवालविरुद्ध ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो ।

    अग्रवालको साथबाट बरामद भएको रकम १ करोड ९९ हजार र अमेरिकी डलर १ हजार ९९४ को हुन आउने नेपाली रकम तथा नरेश अग्रवालले दिवस कार्कीको नाममा बैंक खाता खोली गरेको कारोबारको ६ करोड ९० लाख ५७ हजार रुपैयाँ कारोबार गरेको तथा अन्य व्यक्तिसँग बरामद भई नरेश अग्रवालले दिएको रकम भनी पोल बयान गरेका समेतका आधारमा अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।

    नरेश अग्रवालसँगै प्रतिवादी बनाइएको दिवस कार्कीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने क्रममा आफ्नो नाममा रहेका विभिन्न बैंक खाताहरू नरेश अग्रवालले नै चलाउने गरेको र निजले भने अनुसारको रकम विभिन्न व्यक्तिहरूलाई दिने गरेको भनी बयान गरेका थिए ।

    व्यापारी नरेश अग्रवालसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हुण्डीको रकमसहित पक्राउ परेका दिवस कार्कीको हकमा पनि ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । दिवस कार्कीले बयानको क्रममा आफूले हुण्डीको कारोबार गरेको र केही प्रति एक लाखमा ११० रुपैयाँसम्म कमिसन आउने भएकाले भरियाको मात्रै काम गरेको बयान दिएका छन् ।

    नरेश अग्रवालले प्रयोग गर्ने गरी बैंक खाताबाट कारोबार भएको ६ करोड ८८ लाख ६८ हजार ५३ रुपैयाँ, पक्राउ पर्दाका बखत कार्कीको साथबाट बरामद भएको २१ लाख ६३ हजार, २९० रुपैयाँ, बैंक खातामा मौज्दात रहेको १ लाख ८८ हजार ९४८ रुपैयाँ गरी कुल ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो कायम गरिएको छ ।

    त्यसैगरी अर्का प्रतिवादी दीपक शाह ठकुरीका हकमा ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । विभागले मुद्दा दायर गर्दा पक्राउ पर्दा बरामद भएको ३३ लाख ३१ हजार ५२५ रुपैयाँ, सिटिजन्स बैंक, कुमारी बैंक र प्राइम बैंकको खातामार्फत् कारोबार भएको ३ करोड ८ लाख ३ हजार १९४ रुपैयाँ, लुसिफर नाम सेभ गरी चुनु भन्ने भारतीय नागरिकसँग ह्वाट्सएपमा भएको कुराकानीका आधारमा भएको कारोबार रकम ५ करोड ३९ लाख ९८ हजार ६४५ रुपैयाँ, बैंक खातामा मौज्दात रहेको स्रोत नखुलेको १ लाख ६ हजार २ सय रुपैयाँसहित कुल ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको हो । उनीसँग बिगोको दोब्बर जरिवानाको मागदाबी समेत लिइएको छ ।

    त्यसैगरी अर्का प्रतिवादी मनमोहन साह कलवारका हकमा ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर जरिवाना समेतको मागदाबी लिइएको छ । साहसँग बिगो कायम गर्दा पक्राउ पर्दाका बखत जफत भएको ७५ लाख २ हजार रुपैयाँ, कुमारी, सिद्धार्थ, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंक र सानिमा बैंकमा जम्मा भई खर्च गरेको २ करोड ९७ लाख ६३ हजार ६९६ रुपैयाँ, बैंकमा मौज्दात रहेको २ लाख ६४ हजार ११८ रुपैयाँ समेत गरी कुल ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो कायम गरिएको हो ।

    यसरी विदेशी विनिमय, अवैध क्रिप्टोकरेन्सी, हुण्डी आदि कारोबारमा आरोपित रहेका नरेश अग्रवालसहित पक्राउ परेकाहरूबाट कुल २८ करोड ३२ लाख ७४ हजार ८२४ रुपैयाँ ८१ पैसाको बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदावी लिई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

    मुद्दा दायर भएकामध्ये नरेश अग्रवाल विदेशी विनिमयको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा छुटेका कारण उनी विभागको नियन्त्रणमा छन् भने अन्य प्रतिवादीहरू धरौटी नबुझाई थुनामै रहेका छन् ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer