• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लोक सेवा विशेष विषयगत प्रश्नोत्तर


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • लोक सेवा विशेष विषयगत प्रश्नोत्तर

    Advertisement

    १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् ।

     अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसदबाट अनुमोदन भई जारी हुन्छ ।

    अर्थतन्त्रमा वाञ्छित प्रभाव पारी मुलुकको अर्थतन्त्रको स्वास्थ्यलाई सन्तुलनमा राख्न केन्द्रीय बैङ्कले जारी गर्ने नीति मौद्रिक नीति हो । मौद्रिक नीतिले मूल्य स्थिरता, बाह्य स्थिरता, ब्याजदर स्थिरता कायम गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग गर्दछ । यसका लागि मुद्रा आपूर्ति, बैङ्क कर्जा र ब्याजदरको वाञ्छित नियन्त्रण गर्ने नीतिगत उपाय अवलम्बन गरिन्छ । केन्द्रीय बैङ्कको सञ्चालक समितिबाट यो नीति पारित गरी जारी गरिन्छ । मौद्रिक नीति तथ्यमा आधारित नीति पनि हो । यस सन्दर्भमा केन्द्रीय बैङ्कको स्वायत्तताको पनि उत्तिकै चर्चा हुने गर्दछ ।

    वित्त नीति र मौद्रिक नीतिबीचको समन्वयको आवश्यकता

    – सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न,

    – रोजगारी सिर्जना गर्न,

    – मुद्रास्फीति नियन्त्रण गर्न,

    – स्रोतसाधनको समन्यायिक विनियोजन गर्न,

    – आर्थिक मन्दीको अवस्थाबाट मुक्त हुन,

    – सरकार र सरकारका नीतिप्रति उद्योगी, व्यवसायी तथा लगानीकर्ताको विश्वास बचाइराख्न,

    – अर्थतन्त्रमा देखा पर्न सक्ने जोखिम र आर्थिक झड्काको सही व्यवस्थापन गर्न,

    – समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ।

    अतः उल्लिखित उद्देश्य हासिल गरी अर्थतन्त्रलाई चलायमान बनाउँदै सन्तुलनमा राख्न वित्त नीति र मौद्रिक नीतिबिच समन्वयको आवश्यकता पर्दछ ।

     

    २. नेपालमा आयोजनाको तहगत वर्गीकरण के कसरी गरिएको छ ? आयोजना वर्गीकरणका मार्गदर्शक आधार प्रस्तुत गर्नुहोस् ।

     आयोजनाको तहगत वर्गीकरणले सङ्घ, प्रदेश र स्थानीय तहमध्ये कुन तहको सरकारले के कस्ता प्रकृतिका आयोजना सञ्चालन गर्ने भन्ने विषय निक्र्योल गरी तयार गरिएको वर्गीकरणलाई बुझाउँछ । यसले आयोजना पहिचान, छनोट र कार्यान्वयनका सम्बन्धमा तहगत सरकारको जिम्मेवारीलाई प्रस्ट पार्दछ । साथै आयोजना तर्जुमा, कार्यान्वयन र प्रतिफल सुनिश्चित गर्ने सम्बन्धमा तहगत जवाफदेहिता खोजी गर्न सहयोग गर्दछ । आयोजना वर्गीकरण आधार तथा मापदण्ड, २०८० बमोजिम आयोजनाको तहगत वर्गीकरण देहायबमोजिम गरिएको छ ः

    क) सङ्घीय आयोजना

    – नेपालको संविधानको अनुसूची–५ बमोजिम सङ्घको एकल अधिकारका सूचीमा रहेका विषयको आयोजना,

    – कार्य विस्तृतीकरण प्रतिवेदन अनुसार सङ्घको कार्यक्षेत्रमा पर्ने विषयको आयोजना,

    – साझा अधिकारको सूची अन्तर्गतका विषयक्षेत्रका आयोजनामध्ये राष्ट्रिय सुरक्षा वा रणनीतिक आधारबाट महत्वपूर्ण देखिएको आयोजना,

    – साझा अधिकारका अन्य विषयमा तोकिएका क्षेत्र र सीमासम्मका आयोजना,

    – साझा अधिकारको विषयक्षेत्रका आयोजनामध्ये एकभन्दा बढी प्रदेश समेटिने आयोजना,

    – प्राकृतिक विपत् सृजित आपत्कालीन अवस्थामा प्रदेश तथा स्थानीय तहको समन्वयमा स्थानीय तह वा प्रदेशको क्षेत्राधिकारमा पर्ने आयोजनासमेत,

    ख) प्रादेशिक आयोजना

    – नेपालको संविधानको अनुसूची–६ बमोजिम प्रदेशको एकल अधिकारका सूचीमा रहेका विषयको आयोजना,

    – कार्य विस्तृतीकरण प्रतिवेदन अनुसार प्रदेशको कार्यक्षेत्रमा पर्ने विषयको आयोजना,

    – साझा अधिकारको सूची अन्तर्गतका विषयक्षेत्रका आयोजनामध्ये सम्बन्धित प्रदेश अन्तर्गतका एकभन्दा बढी स्थानीय तह र एक प्रदेश मात्र समेटिने आयोजना सम्बन्धित प्रदेशले,

    – साझा अधिकारका अन्य विषयमा तोकिएका क्षेत्र र सीमासम्मका आयोजना,

    – सङ्घले तर्जुमा गरी कार्यान्वयन गर्न प्रदेशमा हस्तान्तरण गरेका आयोजना,

    – नेपाल सरकारको ससर्त, समपूरक वा विशेष अनुदानबाट प्रदेशले सञ्चालन गर्ने आयोजना,

    ग) स्थानीय आयोजना

    – नेपालको संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका विषयको आयोजना,

    – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्ने विषयको आयोजना,

    – कार्य विस्तृतीकरण प्रतिवेदन अनुसार स्थानीय तहको कार्यक्षेत्रमा पर्ने विषयको आयोजना,

    – साझा अधिकारको सूची अन्तर्गतका विषयक्षेत्रका आयोजनामध्ये एक स्थानीय तह मात्र समेटिने आयोजना,

    – साझा अधिकारका अन्य विषयमा तोकिएका क्षेत्र र सीमासम्मका आयोजना,

    – सङ्घ वा प्रदेशले तर्जुमा गरी कार्यान्वयन गर्न प्रदेशमा हस्तान्तरण गरेका आयोजना,

    – नेपाल सरकार तथा प्रदेश सरकारको ससर्त, समपूरक वा विशेष अनुदानबाट प्रदेशले सञ्चालन गर्ने आयोजना,

    अन्त्यमा आयोजनाको तहगत वर्गीकरणले आयोजनामा तहगत जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गरी आयोजना सुशासन कायम गर्न मद्दत गर्दछ । कार्य जिम्मेवारी प्रस्ट नहुँदा स्रोतसाधन विनियोजनमा देखिने गरेको दोहोरोपना न्यूनीकरण गरी विनियोजन दक्षता अभिवृद्धि गर्नसमेत सहयोग गर्दछ । अतः तीनै तहका सरकारले आयोजनाको तहगत वर्गीकरण प्रतिकूल नहुने गरी आयोजना पहिचान र छनोट गरी कार्यान्वयन गर्न जरुरी छ ।

     

    ३. आयोजना अनुगमन भन्नाले के बुझिन्छ ? स्थानीय तहको आयोजना अनुगमन तथा मूल्याङ्कनमा के कस्ता समस्या देखा पर्ने गरेका छन् ? समस्याहरू पहिचान गर्नुहोस् ।

     आयोजनामा लगानी तथा साधनको प्रवाह उचित ढङ्गले भए/नभएको वा अपेक्षित नतिजा हासिल भए/नभएको तथा कार्यान्वयनमा बाधा व्यवधान भए÷नभएको सम्बन्धमा निरन्तर तथा आवधिक रूपमा गरिने निगरानी, सूचना सङ्कलन, विश्लेषण तथा सुधारात्मक कार्यलाई अनुगमन भनिन्छ । आयोजना कार्यान्वयन गर्ने निकाय वा कानुनबमोजिम अख्तियार प्राप्त निकायले तोकेको व्यक्ति वा संस्थाबाट आयोजना अनुगमन गरिन्छ । आयोजना अनुगमनमा देहायका विषयमा सूचना सङ्कलन तथा विश्लेषण गरिन्छ ।

    – स्वीकृत वार्षिक कार्यक्रम वा समय तालिकाबमोजिम स्रोतसाधनको प्राप्ति र प्रयोग भएको छ/छैन,

    – तोकिएका क्रियाकलाप सञ्चालनमा छन्/छैनन्,

    – कार्यप्रगति कस्तो छ,

    – अपेक्षित प्रतिफल समयमै र लागत–प्रभावी रूपमा हासिल भएका छन्/छैनन्,

    – कार्यान्वयनका समस्या र बाधा व्यवधान के के छन्,

    – कार्यान्वयनका बाधा अडचन हटाउन के कस्ता उपाय अवलम्बन गर्नु पर्छ ?

    स्थानीय तहमा आयोजना अनुगमन तथा मूल्याङ्नसम्बन्धी समस्या

    – पालिका र वडा समितिबाट हुने अनुगमनको अधिकार क्षेत्रबारे प्रस्ट व्यवस्था नगरिनु,

    – अनुगमनमा जिल्ला समन्वय समितिको भूमिका प्रस्ट नहुनु,

    – अनुगमनलाई उपप्रमुख वा उपाध्यक्षको मात्र जिम्मेवारी ठान्ने प्रवृत्ति रहनु,

    – अनुगमनलाई केवल अवलोकनको अर्थमा हलुका तवरले लिनु,

    – नतिजामूलक अनुगमन हुन नसक्नु,

    – अनुगमनमा संलग्न कर्मचारी र पदाधिकारीको क्षमता विकास हुन नसक्नु,

    – अनुगमनमा संलग्न पदाधिकारी दबाब र प्रभावमा पर्ने जोखिम रहनु,

    – अनुगमनमा संलग्न पदाधिकारी सेवासुविधा केन्द्रित हुनु,

    – आयोजनास्तरीय अनुगमन समिति र सोको काम कागजमा मात्र सीमित रहनु,

    – अनुगमन र मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषण र सिकाइलाई संस्थागत गर्न नसक्नु,

    – ससाना आयोजनाको सङ्ख्या धेरै हुँदा आयोजनाको निरन्तर अनुगमन गर्न समय र स्रोतसाधनको अभाव हुनु,

    – तेस्रो पक्षबाट हुने अनुगमनलाई संस्थागत गर्न नसक्नु,

    – आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने अभ्यासको कमी हुनु ।

    अन्त्यमा स्थानीय तहमा आयोजना अनुगमन तथा मूल्याङ्कनका लागि गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनबाट मात्र आयोजनालाई तोकिएको लागत, समय र गुणस्तरमा सम्पन्न गरी प्रतिफल सुनिश्चित गर्न सकिन्छ । यसका लागि कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज, मिडियालगायत सरोकारवाला सबैको सक्रियता जरुरी छ ।

     

    ४. स्थानीय स्वायत्त शासनको परिचय दिँदै स्थानीय स्वायत्त शासनको महत्वबारे चर्चा गर्नुहोस् । साथै नेपालमा स्थानीय स्वायत्त शासनलाई कसरी सबल बनाउन सकिएला ? सुझावहरू प्रस्तुत गर्नुहोस् ।

     स्थानीय निकायलाई अधिकार र स्रोतसाधन सम्पन्न बनाई स्थानीय मामिलाको व्यवस्थापन जनताबाट निर्वाचित जनताको निकटको स्वायत्त निकायबाट गर्ने शासकीय प्रबन्ध स्थानीय स्वायत्त शासन हो । स्थानीय सेवा प्रवाह, विकास निर्माण तथा नियमनसम्बन्धी कार्य स्थानीय जननिर्वाचित निकायबाट हुँदा कुशल र प्रभावकारी ढङ्गले सम्पादन हुने मान्यता अनुरूप स्थानीय स्वायत्त शासनको अभ्यास हुने गरेको पाइन्छ । स्थानीय स्वायत्त शासनको अभ्यासले नागरिकलाई तल्लो तहदेखि नै शासन प्रक्रियामा सहभागी गराई स्थानीय सरकारलाई जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । स्थानीय स्वायत्त शासनको अभ्यास एकात्मक वा सङ्घात्मक जुनसुकै व्यवस्थामा पनि गर्न सकिन्छ । नेपालको सङ्घीय शासन प्रणालीमा स्थानीय तहमार्फत स्थानीय स्वायत्त शासनको अभ्यास गर्न संवैधानिक निक्षेपणद्वारा अधिकार र स्रोतसाधनको व्यवस्था गरिएको छ ।

    स्थानीय स्वायत्त शासनको महत्व

    – क) जनताको निकटमा सरकार रहने हुँदा स्थानीय आवश्यकता र प्राथमिकता सम्बोधन भई शासकीय प्रभावकारिता अभिवृद्धि हुने,

    – ख) स्थानीय निर्वाचनको माध्यमबाट स्थानीय शासनमा जनसहभागिता र समावेशिता अभिवृद्धि हुने,

    – ग) सेवा प्रवाह र स्थानीय विकास निर्माणमा नागरिक संलग्नता वृद्धि भई प्रभावकारिता अभिवृद्धि हुने,

    – घ) सरकारका कामकारबाही पारदर्शी र जवाफदेही हुने,

    – ङ) स्थानीय शासन र प्रशासनको माध्यमबाट स्थानीय विविधताको बढ्ता सम्बोधन हुने,

    – च) स्थानीय नेतृत्व विकास र जराधार तहदेखि नै लोकतन्त्रको विकासका लागि सुनौलो अवसरका

    रूपमा रहने,

    – छ) स्थानीय विवाद मेलमिलापको माध्यमबाट समाधान गर्ने अवसर प्राप्त भई शान्त र सौहार्द समाज निर्माणमा सहयोग पुग्ने,

    – ज) न्यून लागतमा नवीन नीति तथा कार्यक्रमको नमुना परीक्षण गरी सोको विस्तार वा अन्त्य गर्न सकिने अवसरसँगै नीतिगत नवप्रवर्तन र प्रयोगको सम्भावना रहने,

    – झ) स्थानीय भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवर्धन र प्रवर्धनमा सहयोग पुग्ने ।

    नेपालमा स्थानीय स्वायत्त शासनलाई सबल बनाउने उपायहरू

    स्थानीय स्वायत्त शासनलाई सबल बनाउन नीतिगत, प्रशासनिक र वित्तीय पक्षमा सुधार गर्नु पर्दछ । त्यसका लागि निम्नानुसारका उपाय अवलम्बन गर्नु पर्दछ ः

    – सन्निकटताको सिद्धान्तलाई प्रमुख आधार मान्दै विगतका केही वर्षको अनुभवका आधारमा कार्य विस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने,

    – तहगत क्षेत्राधिकारमा प्रस्टता ल्याई समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउने,

    – सङ्घ र प्रदेशले साझा अधिकारका विषयमा कानुन बनाउँदा स्थानीय तहको एकल अधिकारमा अतिक्रमण नगर्ने,

    – वित्तीय अन्तरको वस्तुनिष्ठ अध्ययन गरी स्रोत हस्तान्तरणमा समन्यायिकता कायम गर्ने,

    – स्थानीय तहहरूको राजस्व क्षेत्राधिकारलाई प्रस्ट पार्ने,

    – आन्तरिक राजस्व अभिवृद्धि गर्न राजस्व सुधार योजना तर्जुमा गरी लागु गर्ने,

    – सङ्घ र प्रदेशको बजेट वृद्धिको अनुपातमा वित्तीय हस्तान्तरणलाई बढाउँदै लैजाने,

    – ससर्त अनुदानलाई कम गरी वित्तीय समानीकरण अनुदानमा बढोत्तरी गर्दै जाने,

    – योजनाबद्ध विकास अवलम्बन गरी विनियोजन दक्षता बढाउने,

    – आयोजनाको तहगत वर्गीकरणलाई इमानदारीका साथ पालना गर्ने,

    – स्थानीय तहमा जनशक्तिको समयमै पूर्ति गरी कर्मचारी अभाव हुन नदिने,

    – स्थानीय तहमा प्रशासनिक र राजनीतिक नेतृत्वबिचको अन्तरसम्बन्धलाई सुमधुर बनाउने,

    – स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिको क्षमता विकासका कार्यव्रmम लागु गर्ने,

    – जवाफदेहिता अनुपालन संयन्त्रको उपयोग गरी स्थानीय शासनलाई जवाफदेही, पारदर्शी र जनउत्तरदायी बनाई जनविश्वास आर्जन गर्ने,

    – स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि हुने क्षेत्र पहिचान गरी लागु गर्ने,

    – स्थानीय तहको क्षमता विकासमा सङ्घ र प्रदेशले अभिभावकीय भूमिका निर्वाह गर्ने,

    – स्थानीय शासनमा संस्थागत संरचनालाई समावेशी बनाउने,

    – नागरिक सशक्तीकरण र क्षमता विकासका लागि नागरिक समाजसँग सहकार्य गर्ने,

    – स्थानीय निर्वाचनबाट क्षमतावान् र नैतिकवान् नेतृत्व चयन गर्ने,

    नेपालको स्थानीय स्वायत्त शासनको केन्द्र भागमा स्थानीय तहहरू रहेका छन् । शासन प्रक्रियामा नागरिकको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न, नागरिक सशक्तीकरण गर्न, स्थानीयस्तरदेखि नै लोकतन्त्रलाई सुदृढ पार्न, स्थानीयस्तरमा सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन तथा जनताका आवश्यकता र प्राथमिकताको कुशलतापूर्वक सम्बोधन गरी जनतालाई शासनको सुखद अनुभूति गराउन स्थानीय स्वायत्त शासनको महŒव रहन्छ । तसर्थ माथि उल्लेख गरिएका उपाय अवलम्बन गरी स्थानीय स्वायत्त शासनलाई मजबुत बनाउन जरुरी छ ।

     

    ५. राष्ट्रिय सुरक्षा परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा विद्यमान कानुनमा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।

     नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा, नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकारलाई सहयोग गर्न नेपाल सरकारको सहयोगी अङ्गका रूपमा राष्ट्रिय सुरक्षा परिषद् रहेको छ । राष्ट्रिय सुरक्षा परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा नेपालको संविधानको धारा २६६ र सैनिक ऐन, २०६३ मा व्यवस्था गरिएको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

    राष्ट्रिय सुरक्षा परिषद्को गठन

    क) प्रधानमन्त्री – अध्यक्ष

    ख) नेपाल सरकारको रक्षामन्त्री – सदस्य

    ग) नेपाल सरकारको गृहमन्त्री – सदस्य

    घ) नेपाल सरकारको परराष्ट्रमन्त्री – सदस्य

    ङ) नेपाल सरकारको अर्थमन्त्री – सदस्य

    च) नेपाल सरकारको मुख्य सचिव – सदस्य

    छ) प्रधान सेनापति, नेपाली सेना – सदस्य

    ज) रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसचिव भई काम गर्ने,

    राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार

    – नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने,

    – नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्न नेपाल सरकार, मन्त्रीपरिषद्लाई सिफारिस गर्ने,

    – नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोगसम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारसमक्ष पेस गर्ने,

    – नेपाली सेनाको सङ्ख्या र सङ्गठनात्मक संरचना सम्बन्धमा नेपाल सरकारलाई सुझाव पेस गर्ने,

    – नेपाली सेनाको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,

    – नेपाली सेनाको हतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,

    – वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेस गर्न लगाउने,

    – तोकिएबमोजिमका अन्य काम गर्ने ।

    – राष्ट्रिय सुरक्षा परिषद्को कामकारबाही सञ्चालन गर्नका लागि रक्षा मन्त्रालय अन्तर्गत एक सचिवालय रहने र राष्ट्रिय सुरक्षा परिषद्को बैठकसम्बन्धी कार्यविधि राष्ट्रिय सुरक्षा परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने व्यवस्था सैनिक ऐनमा रहेको छ ।(गोरखापत्र)

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer