• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

होलि पर्वको मौलिकता एवं महत्व


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • नेपाल विभिन्न धर्म,संस्कृति,चालचलनले भरिपूर्ण देश हो। यहाँ हरेक जातजातिका आफ्नाआफ्ना चालचलन पर्वहरु छन्।अनेक प्रकारका जातजाति भएरपनि सहिष्णु भाव कायम गर्नु र एकअर्काकाे चालचलनप्रति सहभाव राख्नु नेपालीको विशेषता हो। हिन्दूका चाडपर्व सारैमास र चान्द्रमासलाइ आधार मानेर मनाउने गरिन्छ।मकरसङ्क्रान्ति सौरमासमाआधारित पर्व हो ।होलि अर्थात् फागुपूर्णिमा चान्द्रमासमा आधार मानेर मनाईन्छ। चन्द्रमालाई आधार मानेर शुक्लपक्ष र कृष्णपक्ष शास्त्रअनुसार विभाजन गरिन्छ ।जस अन्तर्गत शुक्लपक्षमा हिन्दूका अधिकांश चाडपर्वहरु पर्दछन्। कृष्णपक्ष औंशीबाट सुरु भएर प्रतिपदामा सकिन्छ ।त्यस्तै शुक्लपक्ष प्रतिपदाबाट सुरु भएर पूर्णिमामा सकिन्छ । होलीको दिनमा शुक्लपक्ष अन्त्य भएर कृष्णपक्ष सुरु हुन्छ। वसन्त ऋतुजस्तो हर्ष उल्लास,उमङ्ग सबैलाई प्राप्त होस्।सुख,शान्ति प्राप्त होस् भनेर पनि यो पर्व मनाईन्छ। धेरैले प्रश्न गर्ने गरेको पाइन्छ फागु पूर्णिमा किन चैतमा परेको हो ? भनेर चान्द्रमास अनुसार फागुन शुक्लपूर्णिमा अर्थात् फागुन महिना नै भएकाले फागु पूर्णिमा चैत्र महिनामा परेको हो। होलि मूलतः अहिले खुसी साटासाट भन्दापनि विकृतिको रुपमा बढि प्रयोग हुन थालेको छ। यो हाम्रो परम्परागत चाडपर्व हो।
    होलिमा विभिन्न रङ् लगाउनुको अभिप्राय असत्यमाथि सत्यको विजय पछिको खुसियालीमा मनाइएको उत्सव भन्ने अर्थमा छ। होलिको पौराणिक महत्त्व हिरण्यकशिपकी बहिनी होलिकासँग जोडिएको छ। त्रेता युगका श्रीकृष्णका भक्त प्रह्लादको बारेमा त हामी सबैलाई थाहा छ।उनी सत्यवान् ,निष्ठावान् ,श्रद्धावान् थिए। उनी भगवान् श्रीविष्णुका परमभक्त थिए । होलिकाले भक्त प्रह्लादलाई आफ्नो काखमा राखेर जलाउन खोज्दा भक्त प्रह्लाद धर्मनिष्ठ र भगवानको परमभक्त भएकाले उनलाई केहीपनि भएन साथै होलिकाले आफूमा भएको अग्नि सिद्धिको गलत प्रयोग गरेकाले अग्निले जलायो। अन्तमा होलिका स्वयम् अग्निमा दहन हुनुपरेको कथा प्रशस्तिमा रहेको पाईन्छ। त्यसैदिनदेखि होलि मनाउन सुरु गरिएको हो। होलि नेपाल र भारतमा मात्रै नभएर सनातन धर्मावलम्बी सबैले मनाउने गर्छन्।यो पर्व फागुनको शुक्लपूर्णिमामा पर्छ। होलिको अघिल्लो दिन होलिका दहन गर्ने प्रचलन रहेको छ।
    यश पर्वमा बालबालिका,युवायुवती, वृद्धवृद्धा सबैले रङको माध्यमबाट खुसी साटासाट गर्ने गर्छन्। वर्तमान समयमा भने पहाडमा र तराईमा छुट्टाछुट्टै होलि मनाउने गरेको पाईन्छ। कसैकसैले होलिलाई आयातीत पर्व भन्ने गरेको पाईएता पनि पुराणमा यसको उल्लेख प्रष्ट रुपले भएको छ। कतै कतै बालकरुपधारी श्रीकृष्णलाई पुतनाले होलिका दिनमा स्तनपान गराउन आएकी र भगवान् श्रीकृष्णले होलिका दिनमा पुतनाको वध गरेको खुसीयालीमा पनि होलि मनाउने गरेको कुरा उल्लेख गरेको पाईन्छ। अन्त्यमा वर्तमान समाजमा रहेका पुतना र होलिका प्रवृत्तिको अन्त्य अर्थात् काम,क्रोध, लोभ मोहको अन्त्य देशमा पुतना र होलिका जस्ता प्रवृत्ति भएका व्यक्तिको पराजय र कृष्ण र प्रह्लाद जस्ता निष्ठावान्, सत्यवादीको जित होस् भन्ने अर्थमा देशमा रहेका बेथिति र स्वेच्छाचारी व्यक्ति र प्रवृत्तिको अन्त्य देशमा सुख, शान्ति, समृद्धि सत्यको जित र असत्यको पराजय भएको अर्थमा त्रेतायुगबाट प्रचलनमा आएको होलि पर्व अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। होलिमा विभिन्न रङ्हरु प्रयोग गरिन्छ । ती रङको आफ्नै महत्त्व र विशेषता छ यो ब्रह्माण्डमा सबै वस्तुको आफ्नो आफ्नो विशेषताले गर्दा नै अरुभन्दा भिन्न भएका हुन्। होलिमा लगाउने रङको वैज्ञानिक र मनोवैज्ञानिक महत्त्व रहेको पाईन्छ। मानव मनमा उत्पन्न हुने विभिन्न संवेग र भावनामा रङ्ले पनि महत्त्वपूर्ण भूमिका निर्वा गरेको हुन्छ। यसमध्ये रातो रङ्ले मनलाई र शरीरलाई प्रसन्न पार्छ। रातो रङ् विजयको पनि प्रतीक मानिन्छ। हिन्दूधर्ममा रातो रङ्लाई विजय,पराक्रम,धन,ऐश्वर्य, उमङ्गको प्रतिनिधित्व रातो रङ्ले गर्छ। त्यस्तै पहेंलो रङ्ले सुख,शान्ति,विद्या, योग्यता,शालीनता यस रङ्ले व्यक्त गर्दछ। नीलो रङ्ले बल,पुरुषार्थ,वीरता,शक्तिको प्रतिनिधित्व यसले गर्छ। हरियो रङ् यो सारा विश्वब्रह्मण्डमा व्याप्त छ यसले सौम्यताको प्रतिनिधित्व गर्छ। सेतो रङ्ले विद्याको प्रतिनिधित्व गर्दछ। विद्याकि देवी सरस्वतीले पनि सेतो रङ् धारण गर्नुहुन्छ। सेतो रङ्लाई सबै रङको सम्मिलित रङ् मानिन्छ । श्वेत रङ् धारण गर्नाले मानिसले शीघ्ररुपमा विद्यार्जन गर्न सक्दछ।

    Advertisement

    सन्तोष बञ्जाडे
    परमानन्द संस्कृत गुरुकुल विद्यापीठ
    देवघाट५तनहुँ नेपाल

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer