• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

होलीमा रङ कसरी खेल्ने, कति समय खेल्ने ?


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • काठमाडौं । रङहरूको पर्व होलीको महत्वबारे फरक–फरक ब्याख्या गरेको पाइन्छ । पछिल्ला वर्षमा होलीमा चलनचल्तीका रङमात्र नभइ छालामा विभिन्न मिश्रणयुक्त सामग्रीहरू पनि लगाउने गरेको देखिन्छ ।

    Advertisement

    होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीमा प्रयोग गर्ने रङको शारीरिक र मानसिक स्वास्थ्यसँग कसरी जोडिएको छ ?

    प्रकृति विज्ञान भन्छ– होलीमा प्रयोग हुने रङहरूले सूर्यका सात रङहरूलाई प्रतिनिधित्व गर्छन् । रातो रङले व्यक्तिमा शाहसिक र शुद्धताका निम्ति उर्जा प्रदान गर्छ । हरियो रङले प्रकृतिप्रतिको सम्मान झल्काउँछ । पहेँलोले आत्मियताका निम्ति उर्जा, निलोले धैर्यता र शान्तिका निम्ति उर्जा दिन्छ । तर, रङहरूको प्रभाव कति सफा र प्राकृतिक रूपमा गर्ने भन्नेमा निर्भर रहन्छ ।

    वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराई भन्छिन् “होलीमा रङ खेल्दा प्राकृतिक स्रोतबाट बनेका रङहरूको प्रयोग गर्नुपर्छ । यसरी बनेका रङहरू केही महंगो पर्छ । तर छालालाई असर गर्दैन ।”

    अध्यात्म विज्ञानले रङको प्रयोगलाई मानसिक स्वास्थ्यसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको ‘स्प्रिचुअल साइन्स रिसर्च फाउन्डेसन’ नामक संस्थाले गरेको एक अध्ययनको रिपोर्टमा रङको प्रयोग र यसले व्यक्तिमा पार्ने प्रभावबारे उल्लेख छ ।

    जसअनुसार गुलाबी, निलो, आकासे, पहेँलो रङलाई मानसिक स्वास्थ्यका हिसाबले फाइदाजनक भनिएको छ । यी रङले व्यक्तिमा सकारात्मक उर्जा र सहयोगी भाव उत्पन्न गर्ने रिपोर्टमा उल्लेख छ ।

    सुन्तले, हल्का हरियो रङले पनि व्यक्तिमा सहयोगी भाव उत्पन्न गराउँछ । रातो रङलाई रज वर्गमा राखिएको छ । यसले जस्तोसुकै गुण भएको व्यक्तिलाई पनि उत्तेजित गराउनसक्ने उर्जा प्रदान गर्छ । यसलाई उल्लास र वीरताको प्रतीक पनि मानिन्छ ।

    कालो रङलाई अध्यात्मले नकारात्मक उर्जाको स्रोतको रूपमा मान्छ । यसको प्रयोगले व्यक्तिमा अन्य बाहिरी उर्जा समेत प्रवेश गर्न नदिने र धेरै नकारात्मक भावहरू सोस्नसक्ने भएकाले यसको प्रयोग हानिकारक भनिएको छ ।

    विभिन्न विज्ञानले फरक–फरक व्याख्या गरे पनि रङको प्रयोग कसरी र कति गर्ने भन्नेले स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ । विशेषगरी छाला स्वास्थ्यमा रङहरूको गलत प्रयोगले जटिलता निम्त्याउने चिकित्सकहरू बताउँछन् ।

    होलीमा सप्तरङीसँगै चमकयुक्त रङको प्रयोग र फेस पेन्टको प्रचलन पनि बढ्दो छ । स्वस्थ छाला भएका व्यक्ति हुन् वा छालाको समस्या भएका बिरामीहरूका लागि रङको अधिक प्रयोग हानिकारक हुन्छ । रङहरूको जथाभावी प्रयोगले छालामात्रै नभइ आँखा तथा भित्री अंगहरूमा पनि गम्भीर असर पुर्याउनसक्ने विशेषज्ञहरू बताउँछन् ।

    होलीमा रङहरूको प्रयोग कसरी प्रयोग गर्ने ?
    छालारोग विशेषज्ञ डा. विकास पौडेल भन्छन्– रङसँग एलर्जी भएका कसैले पनि रङको सम्पर्कमा आउनु हुँदैन । ओइली छाला भएका, डन्डिफोर वा यस्तैखाले समस्याको उपचार गराइरहेका व्यक्तिका लागि थप एलर्जी भएर छालाको धेरै भागमा फैलिँदै जानसक्छ । त्यसैले यस्ता व्यक्तिले रङसँग होली नखेलेकै राम्रो हुन्छ । कपर सल्फेक्ट, मर्करीजस्ता रसायन प्रयोग भएका रङहरूले छालालाई भित्रैसम्म एलर्जी गराउन सक्छन् । त्यसैले निलो, हरियो, कालो, खैरो रङहरू छालाको लागि हानिकारक हुन्छन् ।

    यस्ता रङले छालामात्र नभइ मिर्गौलामा पनि असर पुर्याउने उनको भनाइ छ । क्यान्सरसम्म पनि गराउन सक्ने उनी बताउँछन् । छाला सुख्खा हुने र एलर्जी हुने पनि हुन सक्छ ।

    आँखा र कपाल जोगाएर खेलौँ होली

    जुनसुकै रङ भए पनि आँखामा परेमा हानिकारक हुने उनले बताए । विशेषगरी निलो, सिल्भर, कालो रङहरू आँखामा परेमा सुन्निने, एलर्जी मात्र नभइ दृष्टि नै गुम्नसक्ने सम्भावना हुनेको उनको भनाइ छ । कपालमा रङको असरले कपालको प्राकृतिक रङ जाने, पछिसम्मै कपाल झर्ने, टाउकोको छालामा एलर्जी निम्त्याउन सक्ने उनले बताए ।

    सकेसम्म रङ थोरैबेर राखौँ
    रङ लगाएरै होली खोल्ने हो भने प्राकृतिक रङ तथा अबिर, केसरीहरू प्रयोग गर्न सकिन्छ । सामान्यतः कडा रसायन प्रयोग भएको रङ नभए आधादेखि एक घण्टासम्म राख्दा रङले छालामा त्यति असर नगर्ने उनको भनाइ छ । लामो समयसम्म छाला चिलाउने, छालाको पत्रहरू निस्कने, किटाणुको संक्रमण हुनेजस्ता धेरै असर देखिनसक्ने भन्दै उनले सचेत गराए ।

    बालबालिका र वृद्धवृद्धाको छालामा रङ नलगाऔँ
    बालबालिका र वृद्धवृद्धाको छालामा मोइस्चर कम हुने भएकाले यी व्यक्तिमा रङको घातक असर हुनसक्छ । त्यस्तै गर्भवती अवस्थामा प्रयोग गरिएको रसायनयुक्त रङले पेटभित्रको शिशुलाई समेत असर पुर्याउने डा. सविना भट्टराई बताउँछिन् ।

    छालामा लगाइएको रङ कसरी सफा गर्ने ?
    डा. भट्टराईका अनुसार पहिले नै छालासम्बन्धी समस्या भएकाहरूले रङको प्रयोग गर्दै नगर्नु उपयुक्त हुन्छ । सामान्य छाला भएकाहरूले पनि रङ लगाएमा बढीमा १५ देखि २० मिनेटभन्दा धेरैबेर राख्नु हुँदैन । अनुहारमा भएको असर त्यही दिन मात्रै नभइ एक साताभित्रसम्म पनि देखिनसक्छ ।

    “यदि, अनुहार वा अन्य छालामा रङ कडा भएर बसेको छ भने त्यसलाई बेस्सरी माडेर धुनु हुँदैन । कडा साबुन, फेस वास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जानसक्ने सम्भावना हुन्छ,” उनले भने, “त्यसैले अनुहारको रङ सफा गर्न बच्चाको सबुन, स्याम्पु, कोमल खालको फेसवास प्रयोग गर्नुपछ । बरु एकपटकमा नगए पटक–पटक धुनु राम्रो हुन्छ ।”

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer