• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्दै पाकिस्तान


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • इस्लामाबाद । पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको पाकिस्तानी पत्रिका ‘डन’ ले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएको छ ।

    Advertisement

    अफगान सिटिजन कार्ड (एसीसी) धारी शरणार्थीको प्रमाणीकरण द्रुत बनाउन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन जारी गरिएको एक अधिकारीले बताएका छन् ।

    अहिलेसम्म कुनै मिति भने घोषणा नगरिएको यद्यपि अधिकारीले पाकिस्तानको सङ्घीय सरकारबाट अनुमति प्राप्त भएपछि कागजात प्राप्त अफगानहरूलाई फिर्ता गर्ने अभियान गर्मी यामको सुरुदेखि मध्यसम्म सुरु हुनसक्ने ती अधिकारीले बताए ।

    डन पत्रिकासँग कुरा गर्दै खैबर पख्तुनख्वाका अतिरिक्त मुख्य सचिव आबिद मजीदले प्रमाणीकरण प्रक्रिया सुरु गरिसकेको बताउँदै रमजान पछि यसले गति लिने तथा अप्रिल ३० अघि सर्वेक्षण पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानमा वैधरूपमा २१ लाख ८० हजार अफगान शरणार्थीहरू छन् । योमध्ये २००६७ मा गरिएको जनगणना अनुसार १३ लाख शरणार्थीहरूको दर्ता प्रमाण (पीओआर) कार्डहरू छन् भने थप ८८ हजार शरणार्थीहरूले २०१७ पछि नागरिकता पेस गरेका छन् ।

    अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानहरू सुरक्षाको खोजीमा पाकिस्तान आइपुगेका थिए । अधिकारीहरूका अनुसार पाकिस्तान पुगेका अफगानहरूको सङ्ख्या छदेखि आठ लाखको बिचमा थियो । योमध्ये केहीसँग वैध यात्रा कागजातहरू रहेको जनाइएको छ ।

    यसअघि नोभेम्बरमा, पाकिस्तानले ‘कागजात विहीन विदेशीहरू’ भनेर वर्णन गरेको पहिलो चरणको स्वदेश फिर्ती सुरु गरेको थियो । पाकिस्तानी अधिकारीहरूले नोभेम्बर २०२३ देखि अनुमानित १७ लाख कागजात विहीन अफगानीमध्ये कतिजना पाकिस्तान छोडेर गएका छन् भन्नेबारेमा कुनै आधिकारिक तथ्याङ्क जारी गरेका छैनन् ।

    पाकिस्तानको स्वदेश फिर्ती अभियानको पहिलो चरणमा खैबर पख्तुनख्वा र बलुचिस्तान हुँदै अफगानिस्तान फर्केका कागजात विहीन अफगानहरूको कुल सङ्ख्या करिब पाँच लाख पुगेको डनले जनाएको छ ।

    आठ लाख ८० हजार नागरिकता धारी अफगानी शरणार्थीमध्ये कतिजना पाकिस्तानमा छन् वा तीमध्ये कति जनाले स्वेच्छाले अफगानिस्तान फर्कने निर्णय गरेका छन् भन्ने थाहा छैन ।

    तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पहिले कागजात विहीन अफगानहरूको फिर्तीलाई ‘अस्वीकार्य’ भन्नु भएको थियो भने हाल पाकिस्तानबाट उदारताका साथ थप शरणार्थी स्वीकार गर्नुभएको छ । रासस/एएनआई

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer