• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घाँटी किन खसखस गर्छ ?


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसकारण घाँटी खसखस गर्न थाल्छ ।

    Advertisement

    एलर्जी हुँदा घाँटी खसखस गर्दै, चिलाए जस्तो हुने हुँदै लगातार खोकी समेत आउन सक्छ । जसले घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ । प्रदूषणले सीओपीडी, दम तथा मुटु भएकोमा स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।

    यो समस्या आफैंमा रोग होइन

    घाँटी खसखस गर्नु कुनै रोग भने होइन । तर धेरै रोगको सुरुवाती लक्षण भने हुन सक्छ । प्रदूषणले गराउने एलर्जी बाहेक घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । यो सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको संकेत पनि हुन सक्छ ।

    जाँडरक्सी, चुरोट, चिसो खानेकुरा र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुन सक्छ । घाँटीको किलकिलेको पछाडिको भागमा सुन्निने र त्यसको वरिपरि टन्सिलाइटिस हुँदा पनि खसखस हुन्छ । क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुन सक्छ ।

    पाचनप्रणालीमा समस्या हुँदा मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकको समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाहीं कुनै शारीरिक समस्या नभएका तर मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ ।

    उच्च रक्तचापको औषधि लामो समयसम्म खाने व्यक्तिमा पनि घाँटी खसखस गर्न सक्छ । पिनास, खानानलीमा ट्युमर हुँदा, घाँटीमा क्यान्सर हुँदा घाँटी खसखस गर्छ ।

    परीक्षण

    घाँटी खसखस गर्ने एउटा मात्र कारण नहुने भएकाले लक्षण अनुसार परीक्षण गरेर मात्र रोगको एकिन गर्न सकिन्छ । खसखस हुनुको कारण थाहा पाउन इण्डोस्कोपी गरेर हेरिन्छ । कसैमा एलर्जी हुँदै पिनास हुन सक्छ, त्यसको पनि जाँच गरिन्छ । कतिपय अवस्थामा फङ्गस इन्फेक्सनको कारण पनि घाँटी खसखस गर्ने हुँदा त्यो पत्ता लगाउन सिटीस्क्यान गरेर हेर्ने गरिन्छ । परीक्षण गर्दा कुनै पनि कारण पत्ता नलागेको खण्डमा मनोपरार्शदातासँग परामर्श लिनुपर्छ ।

    उपचार

    कहिलेकाहीं घाँटी खसखस गरेको एक–दुई दिनमा आफैं ठीक हुन्छ, तर लामो समयसम्म घाँटी खसखस गरेर दुखिरहेको छ भने चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।

    ग्यास्ट्रिकको कारणले घाँटी खसखस गरेको भए ग्यास्ट्रिककै उपचार आवश्यक हुन्छ । एलर्जीको कारणले हो भने त्यसैको उपचार गर्नुपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने क्षणिक रुपमा खाइने औषधिले शरीरमा रोग निम्त्याउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जथाभावी रुपमा औषधि किनेर खानु हुँदैन ।

    सुरुवाती अवस्थामै यसको उपचार नगरेको खण्डमा दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोमा समस्या देखिन सक्छ ।

    बच्ने उपाय

    घाँटी खसखस गर्ने समस्याबाट बच्न वरपरको वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, बस्नुपर्ने अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । घाँटी खसखस गर्दा मनतातो पानीले कुल्ला गर्दा अलि कम हुन सक्छ ।

    भाइरल संक्रमण भएका व्यक्तिको वरपर नजाने, धुम्रपान र मदिरा नगर्ने, चिल्लो, पिरो धेरै नखाने, फ्रिजमा राखिएको फलफूल वा जुस कम खाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।

    एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिकसम्बन्धी विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।(अनलाईन खबर)

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer