• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

‘बाघ’ हेर्न मन छ भने भरतपुर जानुहोस्


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ गरी सर्वसाधारणका लागि बाघ देखाइने छ । भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो ।

    Advertisement

    निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन् । ती सबै बाघ उद्धार गरी ल्याइएको हो । जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो । तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो ।

    भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारण्लाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो । महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै उहाँले अब चाहना राख्ने सबैले देख्न पाउने बताउनुभयो । निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ ।” यसबाट पर्यटकले हेर्न पाउने र उनीहरुले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उहाँको राय छ । महानगरपालिकाले यसको व्यवस्थापनका लागि रु एक करोड खर्च गरेको छ । खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रुपमा विकास हुने उहाँले बताउनुभयो ।रासस

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer