• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यार्थीको पढाइ शुल्क गाउँपालिकाले तिरिदिने


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङले गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।

    Advertisement

    फक्ताङ्लुङ गाउँपालिकाले जिल्लास्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पालिकाभित्रका विद्यार्थीको पढाइ शुल्क बेहोरिदिने भएको हो । स्नातक तह अध्ययनरत विद्यार्थीको पढाइ शुल्क बेहोर्नेगरी गाउँपालिका र पाथीभरा क्याम्पसबिच सम्झौता भएको छ ।

    गाउँपालिकाभरिका स्नातक तहमा अध्ययनरत विद्यार्थीको सबै शुल्क पालिकाले बेहोर्नेगरी मङ्गलबार सम्झौता भएको पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेलले बताउनुभयो । क्याम्पस प्रमुख पौडेलका अनुसार हाल पाथीभरा क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १२८ रहेका छन् ।

    सो सङ्ख्यामा रहेका विद्यार्थीले क्याम्पसलाई बुझाउनुपर्ने अध्ययन शुल्क गाउँपालिकाले बेहोर्ने भएको पौडेलको भनाइ छ । उहाँकाअनुसार स्नातकोत्तर तह अध्ययनका लागिसमेत विद्यार्थीको क्याम्पस शुल्क गाउँपालिकाले नै बेहोर्नेगरी प्रक्रिया अगाडि बढाइने भएको बताइएको छ ।

    यसरी कक्षा १२ भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले बुझाउनुपर्ने शुल्क स्थानीय सरकार अर्थात् पालिकाले बेहोर्नेगरी भएको कार्यादेशमा पहिलो पटक भएको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।

    यता दुर्गम क्षेत्र तथा वर्गीय परिवारका विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्कका कारण उच्च शिक्षा अध्ययनमा बाधा नपुगोस् भन्ने उद्देश्य राखेर पालिकाले स्नातक तह अध्ययनरत विद्यार्थीको शुल्क तिरिदिने भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।

    अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाको शिक्षा नीति बनाएर स्नातक तहमा अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीको शुल्क पालिकाले बेहोर्ने भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये फक्ताङ्लुङ गाउँपालिका सबैभन्दा दुर्गम र बिकट भौगोलिक बनावट भएको पालिका हो ।

    पढाइ खर्च (शुल्क) व्यवस्थापन गर्न नसक्ने परिवारका विद्यार्थीले माध्यमिक तहभन्दा माथिको अध्ययन छोड्नुपर्ने अवस्था रहेको थियो । यसैगरी फक्ताङ्लुङ गाउँपालिकाले पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय व्यवस्थापनका लागि एक–एक थान कम्प्युटर र प्रिन्टरसमेत उपलब्ध गराउने भएको छ ।

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer